7 years ago
April 2, 2018
काठमाडौं (हाम्रो खेलकुद)– आयोजक माफी मागेपछि बुटवलमा जारी मदन भण्डारी गोल्डकप फुटबल प्रतियोगिताको फाइनल आजै खेल्न रुस्लान थ्री स्टार क्लब तयार भएको छ । आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीलाई आइतबार १–० ले हराउँदै थ्री स्टार फाइनल पुगेको थियो । फिफा नियम विपरित २४ घन्टा पनि नवित्दै आफुहरु फाइनल नखेल्ने प्रशिक्षक मेघराज केसीले सोमबार बिहान बनाएका थिए ।
‘शुक्रबार तय सेमिफाइनल हावाहुरीका कारण स्थगित भएको थियो । त्यसैले हिजो सेमिफाइनल खेल्यौं । त्यति बेला २० गते फाइनल खेलाउने सहमतिमा हामी खेलेका हौं,’ केसीले भनेका थिए ‘तर, यहाँ आज फाइनल भनेर माइकिङ गरिएको छ । यो सरासर चिटिङ हो । ‘
आयोजकले सबै तयारी भइसकेकोले फाइनल खेलिदिन पटक पटक आग्रह गरेपछि थ्री स्टार खेल्न राजी भएको बताइएको छ । फाइनलमा अर्को टोली लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब रहेको छ ।
आयोजक एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठले फाइनल आजै हुने बताएका थिए । फाइनल रामनगरस्थित मानव ज्ञान माविको मैदानमा हुनेछ । प्रधानमन्त्री कपी ओली आज फाइनलमा प्रमुख अतिथिका रुपमा सहभागी हुने यसअघि नै तय भएकोले आयोजकले फाइनल सार्न नचाहेको बताइएको छ ।
मोसफलको सर्वाधिक पुरस्कार राशी फाइनल आइपुग्दा भने अन्यौलमा परेको छ । थ्री स्टार र मनाङ वर्षको चौथो पटक एकअर्काको सामना गर्दैछन् । यसअघिका तीन खेलमा थ्री स्टार विजयी भएको थियो । पछिल्लो पटक चैत १ गते यी दुई टोलीले तिलोत्तमा गोल्ड कपको सेमिफाइनल खेलेका थिए । फाइनलमा नेपाल पुलिस क्लबलाई हराउँदै थ्री स्टारले तिलोत्तमा गोल्ड कपको उपाधि जितेको थियो ।
त्यसअघि थ्री स्टारले मदन भण्डारी इटहरी गोल्डकप र बुढासुब्बा गोल्ड कपको उपाधि जितेको थियो । थ्री स्टारले इटहरीमा मनाङलाई नै हराएको थियो । फागुन १७ मा चितवनको टुबोर्ग विकास रनिङ शिल्डको सेमिफाइनलमा पनि मनाङ थ्री स्टारसँग पराजित भएको थियो । मनाङले यो सिजन जेसिज कप र दुहवी गोल्ड कपको उपाधि जितेको थियो । मदन भण्डारी गोल्डकपको विजेताले १५ लाख र दोस्रो हुने टोलीले ७ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
March 24, 2025
एजेन्सी – नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा ५-४ ले हराउँदै साविकक विजेता स्पेनले लगातार तेस्रो पटक युइएफए नेसन्स लिगको सेमिफाइनलमा पुगेको छ । दोस्रो लेग आइतवार ३-३ को रोमाञ्चक बराबरीमा सकिएको थियो । पहिलो लेगमा पनि २-२ को बराबरी थियो। समग्रमा ५-५ को बराबरीपछिको पेनाल्टीमा स्पेन भाग्यमानी रह्यो । पाहुना टोली नेदरल्याण्ड्सका लागि मेम्फिस डेपे, इयान मास्टेन […]
March 24, 2025
एजेन्सी – फ्रान्सले युइएफए नेसन्स लिगको क्वार्टरफाइनलमा क्रोएसियामाथि पुनरागमन जित हासिल गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । सोमवार बिहान भएको क्वार्टरफाइनलको दोस्रो लेगको सडन डेथमा ५-४ को जित सहित फ्रान्सले सेमिफाइनलमा स्थान बनाएको हो । दोस्रो लेगको निर्धारित समयमा फ्रान्सले २–० को अग्रता बनायाे । शुक्रवार क्रोएसियाको घरेलु मैदानमा भएको खेलमा फ्रान्स २-० ले पराजित […]
March 24, 2025
एजेन्सी – डेनमार्कलाई क्वाटरफाइनलमा पराजित गर्दै पोर्चुगल युइएफए नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनलको दोस्रो लेगमा आइतवार ५-२ को जित निकालेको पोर्चुगल समग्रमा ५-३ अग्रतासहित अघि बढ्यो । पहिलो लेगमा डेनमार्क १-० ले विजयी भएको थियो । पोर्चुगललाई घरेलु मैदानमा जित दिलाउन फ्रान्सिस्को ट्रिन्काओले २ , क्रिस्टियानो रोनाल्डो र गोन्सालो रामोसले समान १ […]