7 years ago
April 2, 2018
काठमाडौं (हाम्रो खेलकुद)– आयोजकले बुटवलमा जारी मदन भण्डारी गोल्डकप फुटबल प्रतियोगिताको फाइनल आज नै हुने दाबी गरिरहँदा उपाधिका लागि भिड्नु पर्ने रुस्लान थ्री स्टार क्लबका प्रशिक्षक मेघराज केसीले कुनै हालतमा नखेल्ने बताएको छ ।
आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीलाई आइतबार १–० ले हराउँदै थ्री स्टार फाइनल पुगेको थियो । फिफा नियम विपरित २४ घन्टा पनि नवित्दै आफुहरु फाइनल नखेल्ने प्रशिक्षक केसीले बताएका छन् । ‘शुक्रबार तय सेमिफाइनल हावाहुरीका कारण स्थगित भएको थियो । त्यसैले हिजो सेमिफाइनल खेल्यौं । त्यति बेला २० गते फाइनल खेलाउने सहमतिमा हामी खेलेका हौं,’ केसीले भने, ‘तर, यहाँ आज फाइनल भनेर माइकिङ गरिएको छ । यो सरासर चिटिङ हो । ‘
प्रशिक्षकले फिफाको नियमभन्दा कुनै प्रतियोगिता ठूलो हुन न नसक्ने बताए । ‘म र खेलाडी खेल्न कुनै हालतमा तयार छैनौं । खेल्न बाध्य बनाइन्छ भने हामीले छोड्नुको विकल्प छैन ,’ यो सिजन टोलीलाई तीन उपाधि दिलाइसकेका केसीले थपे, ‘दबाब भने आइरहेको छ, त्यसमा गल्ने वाला छैनौं । फाइनलमा अर्को टोली लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब रहेको छ ।’
आयोजक एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठले फाइनल आजै हुने बताएका छन् । थ्री स्टारले खेल्दिन भन्दैछ भन्ने प्रश्नमा श्रेष्ठको जवाफ थियो, ‘आयोजकको काम खेलाउने हो । क्लबको काम खेल्ने हो । जो खेल्छ उही जित्छ । खेल हुन्छ ।’ श्रेष्ठले रामनगरस्थित मानव ज्ञान माविको मैदानमा फाइनल दिउँसो २ बजे सुरु हुने बताए । प्रधानमन्त्री कपी ओली आज फाइनलमा प्रमुख अतिथिका रुपमा सहभागी हुने यसअघि नै तय भएकोले आयोजकले फाइनल सार्न नचाहेको बताइएको छ ।
आज थ्री स्टारले बाध्यतावश खेल्नु पर्यो भने त्यो नेपाली खेलकुदको हार हुने थ्री स्टारका प्रशिक्षक केसीले बताए । उनले भने, ‘दबाबमा फुटबल हुन्छ भने त्यो भन्दा लाजमर्दो अर्को कुरा हुन सक्दैन ।’ शनिबार राती केसीले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेका थिए, ‘फुटबल फिफाको रुलमा हुन्छ । तर, मदन भण्डारी गोल्डकप मा पावर र एमालेको रुल फलो गर्न सक्दिन ।’
मोसफलको सर्वाधिक पुरस्कार राशी फाइनल आइपुग्दा भने अन्यौलमा परेको छ । थ्री स्टार र मनाङ वर्षको चौथो पटक एकअर्काको सामना गर्दैछन् । यसअघिका तीन खेलमा थ्री स्टार विजयी भएको थियो । पछिल्लो पटक चैत १ गते यी दुई टोलीले तिलोत्तमा गोल्ड कपको सेमिफाइनल खेलेका थिए । फाइनलमा नेपाल पुलिस क्लबलाई हराउँदै थ्री स्टारले तिलोत्तमा गोल्ड कपको उपाधि जितेको थियो ।
त्यसअघि थ्री स्टारले मदन भण्डारी इटहरी गोल्डकप र बुढासुब्बा गोल्ड कपको उपाधि जितेको थियो । थ्री स्टारले इटहरीमा मनाङलाई नै हराएको थियो । फागुन १७ मा चितवनको टुबोर्ग विकास रनिङ शिल्डको सेमिफाइनलमा पनि मनाङ थ्री स्टारसँग पराजित भएको थियो । मनाङले यो सिजन जेसिज कप र दुहवी गोल्ड कपको उपाधि जितेको थियो । मदन भण्डारी गोल्डकपको विजेताले १५ लाख र दोस्रो हुने टोलीले ७ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
March 24, 2025
एजेन्सी – नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा ५-४ ले हराउँदै साविकक विजेता स्पेनले लगातार तेस्रो पटक युइएफए नेसन्स लिगको सेमिफाइनलमा पुगेको छ । दोस्रो लेग आइतवार ३-३ को रोमाञ्चक बराबरीमा सकिएको थियो । पहिलो लेगमा पनि २-२ को बराबरी थियो। समग्रमा ५-५ को बराबरीपछिको पेनाल्टीमा स्पेन भाग्यमानी रह्यो । पाहुना टोली नेदरल्याण्ड्सका लागि मेम्फिस डेपे, इयान मास्टेन […]
March 24, 2025
एजेन्सी – फ्रान्सले युइएफए नेसन्स लिगको क्वार्टरफाइनलमा क्रोएसियामाथि पुनरागमन जित हासिल गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । सोमवार बिहान भएको क्वार्टरफाइनलको दोस्रो लेगको सडन डेथमा ५-४ को जित सहित फ्रान्सले सेमिफाइनलमा स्थान बनाएको हो । दोस्रो लेगको निर्धारित समयमा फ्रान्सले २–० को अग्रता बनायाे । शुक्रवार क्रोएसियाको घरेलु मैदानमा भएको खेलमा फ्रान्स २-० ले पराजित […]
March 24, 2025
एजेन्सी – डेनमार्कलाई क्वाटरफाइनलमा पराजित गर्दै पोर्चुगल युइएफए नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनलको दोस्रो लेगमा आइतवार ५-२ को जित निकालेको पोर्चुगल समग्रमा ५-३ अग्रतासहित अघि बढ्यो । पहिलो लेगमा डेनमार्क १-० ले विजयी भएको थियो । पोर्चुगललाई घरेलु मैदानमा जित दिलाउन फ्रान्सिस्को ट्रिन्काओले २ , क्रिस्टियानो रोनाल्डो र गोन्सालो रामोसले समान १ […]