7 years ago
April 2, 2018
दिपक बोहोरा
पाँचथर– अर्को साता सुरु हुने दोस्रो पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । चैत २५ गते सुरु हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ ।
प्रतियोगिताका लागि अस्थाइ प्यारापिटको निर्माण सम्पन्न भइसकेको छ । अस्थाई प्यारापिट ५ हजार दर्शक क्षमता रहेको आयोजक पाँचथर क्लबले जनाएको छ । प्रतियोगिता नजिकिदै गर्दा फिदिमलाई फिदिमलाइ सिंगार्न आयोजक व्यस्त छन् । फिदिम प्रवेश गर्ने ठाँउमा गेट निर्माण गरिएको छ । क्लबका अनुराग केप्छाकी मगरले मैदान व्यवस्थापन, आर्थिक संकलन र प्रचार प्रचारमा व्यस्त रहेको बताए ।
नाइन ए साइड फुटबल प्रतियोगितामा आयोजक सहित ए डिभिजन टोली जाउलाखेल युथ क्लब, विजय युथ क्लब हेटौडा ,मिसन युनाडटेड ताप्लेजुङ , साविक विजेता विर्ता युनाइटेट झापा , सुनसरी ११ ,डिएफसि मोरङ, रेडहर्स इलामले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । उपाधिकोलागी प्रतिस्पर्धा गर्ने छन ।
प्रतियोगिताको विजेताले उपाधिसहति ३ लाख ५ हजार ५ सय ५५ र दोस्रो हुने टोलीले १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगितामा झन्डै २८ लाख रुपैयाँ खर्च हुने अध्यक्ष मगरले बताए ।
February 9, 2025
पोखरा (हाम्रो खेलकुद)- २४ औं आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो क्वाटरफाइनलमा आज सहिद स्मारक ए डिभिजन लिगका दुई टोली थ्री स्टार क्लबले र मच्छिन्द्र एफसीबिच प्रतिस्पर्धा हुँदैछ। पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ।५ पटकको आहा रारा विजेता थ्री स्टारले यसपटक सिधै क्वाटरफाइनलमा प्रवेश पाएको थियो। मच्छिन्द्रले भने पहिलो खेलमा पूर्व विजेता […]
February 9, 2025
एजेन्सी- एफए कपमा म्यानचेस्टर सिटीले पुनरागमन जित निकाल्दा अर्को खेलमा चेल्सी पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। केभिन डि ब्रुएनाको निर्णायक गोलमा सिटीले लेटन ओरिएन्टलाई २-१ ले हरायो। सिटीका अब्दुकोदिर खुसानोभ बराबरी गोल गरेका हुन्। खेलको १६औं मिनेटमा स्टेफन ओर्टेगाको आत्मघाती गोलवाट लेटनले अग्रता लियो । ५६औं मिनेटमा खुसानोभले सिटीका लागि बराबरी गोल फर्काए । डि […]
February 9, 2025
एजेन्सी – किलियन एमबाप्पेको गोलमा रियल मड्रिड स्पेनिस ला लिगामा हारबाट जोगिएको छ । रियलले शनिवार सिटी डर्बीमा एट्लेटिको मड्रिडसँग १-१ को बराबरी खेल्यो । घरेलु मैदानमा भएको खेलमा रियलका लागि एमबाप्पे तथा एट्लेटिकोको लागि जुलियन अल्भारेजले गोल गरे । खेलमा अग्रता एट्लेटिकोले लियो । ३५औं मिनेटमा पेनाल्टीमार्फत अल्भारेजले एट्लेटिकोको लागि गोल गरे । एमबाप्पेले […]