7 years ago
April 1, 2018
काठमाडौं (हाम्रो खेलकुद)– सुदूरपश्चिम ११ ले राजर्षी जनक कप फुटबल प्रतियोगिता उपाधि प्राप्त गरेको छ । स्थगित फाइनल खेलका लागि त्रिभुवन आर्मी क्लब उपस्थित नभएपनि आइतबार आयोजक बागमती युवा क्लबले सुदूरपश्चिमलाई विजेता घोषित गर्दै उपाधि प्रदान गरेको थियो ।
अघिल्लो दिन शनिबार विवादपछि आर्मीले बाँकी खेल खेल्न नमानेपछि फाइनल स्थगित गरिएको थियो । स्थगित हुनुअघि खेलमा सुदूरपश्चिम २–१ ले अग्रता लिएको थियो । अन्तिम २४ मिनेटमा खेल्नका लागि आयोजकले आज बोलाएपनि आर्मीले खेल बहिष्कार गरेको थियो । उपाधिसहित सुदूरपश्चिमले ५ लाख रुपैयाँ प्राप्त गरेको छ । आर्मीले दोस्रो पुरस्कार पाएन उल्टो ३० हजार रुपैयाँ जरिवाना तिर्नुपरेको छ ।
शनिबार खेल अन्तिम २४ मिनेट बाँकी रहँदा खेल स्थगित भएको थियो । पहिलो हाफमा १–१ को बराबरीमा टुंगिएको खेलमा सुदूरपश्चिमले दोस्रो हाफमा अर्को गोल थपेको थियो । माधव भण्डारीको गोलमा सुदूरपश्चिमले अग्रता लिएको भने महेश चन्दको आत्मघाती गोलमा खेल बराबरीमा पुगेको थियो । पछि विनोद केसीको गोलमा सुदूरपश्चिमले पुनः अग्रता लिएको थियो ।
सुदूरपश्चिमका अध्यक्ष सुरेश हमालले आर्मी हार्ने अवस्थामा आएपछि आफ्नो खेलाडीलाई कुटपिट गरेको आरोप लगाएका थिए । ‘छ जना राष्ट्रिय खेलाडी भएको विभागिय टोलीको अनुशासन यस्तो छ, हमालले भनेका थिए ,आरोन (विदेशी) लाई कुटपिट गरेपछि स्थिति तनाबग्रस्त बनेको थियो । पछि आर्मीले खेल्न मानेन र खेल स्थगित भएको हो । आरोनले रातो कार्ड पाएको केहि समयमै स्थिति तनाबग्रस्त बनेको थियो ।
उता आर्मीका प्रशिक्षक नवीन न्यौपानेले सुरक्षाका कारण खेल्न नसक्ने भएपनि खेल त्याग्नु परेको बताएका थिए । ‘आरोनले रातो कार्ड पाएपछि नजिक रहेका हाम्रो खेलाडी दीनेश हेम्जनलाई उनले टाउकोले हानेपछि हाम्रा खेलाडीले पनि उनी माथि हात हालेका हुन् । त्यसपछि दर्शक मैदानमा छिरेर जर्ज प्रिन्स कार्की, बालकृष्णलाई हात हाले । स्थिति तनाबग्रस्त भयो,’उनले भनेका थिए,’ त्यसपछि मैदानमा प्रवेश गरेपछि रेफ्री सुदीश पाण्डेले हाम्रा तीन खेलाडी गोलकिपर विकेश कुथु, विकास तामाङ र दीपक गुरुङलाई रातो कार्ड दिएका थिए । ‘
रातो कार्डका विषयमा कप्तान भरत खवासले रेफ्री पाण्डेसँग सोध्ने क्रममा पुनः दर्शक मैदानमा प्रवेश गरेपछि खेल्न सुरक्षित नदेखिएपछि खेल छाडेको प्रशिक्षक न्यौपानेले बताएका थिए । आयोजकले भने भरतसँग विवाद आरोप लगाएको थियो । झगडाका दौरान प्रहरीले लाठ्ठी चार्ज समेत गरेको थियो । सुदूरपश्चिमका अध्यक्ष हमाले आफुहरुलाई विजेता घोषित गर्नुपर्ने बताएका थिए । प्रशिक्षक न्यौपानेले यसअघि नै फाइनल बहिष्कार गर्ने संकेत गरेका थिए ।
फुटबलमा अनुशासित टोलीको छवि बनाएको आर्मीका खेलाडी पछिल्लो समय भने विवादमा पर्न थालेका छन् । गत महिना आयोजक झापाविरुद्ध झापा गोल्ड कपको फाइनलमा पनि विवाद भएपछि खेलको बीचमै कप्तान भरत खवासले खेलाडीलाई खेल छाड्न लगाएका थिए । केहि मिनेटपछि पुनः आर्मीका खेलाडी मैदान प्रवेश गरेपछि फाइनल सम्पन्न भएको थियो, जसमा आर्मी नै च्याम्पियन बनेको थियो ।
March 24, 2025
एजेन्सी – नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा ५-४ ले हराउँदै साविकक विजेता स्पेनले लगातार तेस्रो पटक युइएफए नेसन्स लिगको सेमिफाइनलमा पुगेको छ । दोस्रो लेग आइतवार ३-३ को रोमाञ्चक बराबरीमा सकिएको थियो । पहिलो लेगमा पनि २-२ को बराबरी थियो। समग्रमा ५-५ को बराबरीपछिको पेनाल्टीमा स्पेन भाग्यमानी रह्यो । पाहुना टोली नेदरल्याण्ड्सका लागि मेम्फिस डेपे, इयान मास्टेन […]
March 24, 2025
एजेन्सी – फ्रान्सले युइएफए नेसन्स लिगको क्वार्टरफाइनलमा क्रोएसियामाथि पुनरागमन जित हासिल गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । सोमवार बिहान भएको क्वार्टरफाइनलको दोस्रो लेगको सडन डेथमा ५-४ को जित सहित फ्रान्सले सेमिफाइनलमा स्थान बनाएको हो । दोस्रो लेगको निर्धारित समयमा फ्रान्सले २–० को अग्रता बनायाे । शुक्रवार क्रोएसियाको घरेलु मैदानमा भएको खेलमा फ्रान्स २-० ले पराजित […]
March 24, 2025
एजेन्सी – डेनमार्कलाई क्वाटरफाइनलमा पराजित गर्दै पोर्चुगल युइएफए नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनलको दोस्रो लेगमा आइतवार ५-२ को जित निकालेको पोर्चुगल समग्रमा ५-३ अग्रतासहित अघि बढ्यो । पहिलो लेगमा डेनमार्क १-० ले विजयी भएको थियो । पोर्चुगललाई घरेलु मैदानमा जित दिलाउन फ्रान्सिस्को ट्रिन्काओले २ , क्रिस्टियानो रोनाल्डो र गोन्सालो रामोसले समान १ […]