default_image

7 years ago

April 1, 2018

थ्री स्टार मदन भण्डारी गोल्ड कपको फाइनलमा, उपाधिका लागि मनाङसँग भिड्ने

62 views

0 Bookmark

दिपक न्यौपाने
बुटवल – रुस्लान थ्री स्टार क्लब बुटवलमा जारी तेस्रो मदन भण्डारी गोल्डकप फुटबल प्रतियोगिताको फाइनल पुगेको छ । आयोजक मदन भण्डारी स्पोर्टस् फाउन्डेसनलाई आइतबार १–० ले हराउँदै थ्री स्टार उपाधि नजिक पुगेको हो ।

अब थ्री स्टार र लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबबीच फाइनल हुनेछ । अघिल्लो दिन सुनौलो संगमलाई ५–० ले पराजित गर्दै मनाङ अन्तिम दुईमा पुगेको थियोउ । बुद्ध चेम्जोङको गोलमा थ्री स्टारले आयोजक टोलीलाई हराएको थियो ।

विमलले ३५ औं मिनेटमा गरेको प्रहार आयोजक टोलीका गोलकिपर विनय श्रेष्ठबाट रिबाउन्ड भएपछि त्यसमा बुद्धले गोल गरे । थ्री स्टारका पिटर म्यान अफ दी म्याच घोषित भए र उनले १० हजार रुपैयाँ प्राप्त गर्यो । मोसफलको सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको विजेताले १५ लाख र दोस्रो हुने टोलीले ७ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

फाइनल खेल सोमबार हुने आयोजकले जनाएको छ । यद्यपि फाइनलमा पुगेको थ्री स्टारले भने एक दिन खाली राख्न भनेपनि आयोजकले १९ गतेका लागि सम्पूर्ण तयारी पुरा गरेकाले जनाएको छ । थ्री स्टारले फिफाको नियमनुसार एक दिन ग्याप नभए नखेल्न बताएको छ ।

March 24, 2025

साविक विजेता स्पेन सेमिफाइनलमा

एजेन्सी – नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा ५-४ ले हराउँदै साविकक विजेता स्पेनले लगातार तेस्रो पटक युइएफए नेसन्स लिगको सेमिफाइनलमा पुगेको छ । दोस्रो लेग आइतवार ३-३ को रोमाञ्चक बराबरीमा सकिएको थियो । पहिलो लेगमा पनि २-२ को बराबरी थियो। समग्रमा ५-५ को बराबरीपछिको पेनाल्टीमा स्पेन भाग्यमानी रह्यो । पाहुना टोली नेदरल्याण्ड्सका लागि मेम्फिस डेपे, इयान मास्टेन […]

March 24, 2025

पुनरागमन जितसँगै फ्रान्स सेमिफाइनलमा

एजेन्सी – फ्रान्सले युइएफए नेसन्स लिगको क्वार्टरफाइनलमा क्रोएसियामाथि पुनरागमन जित हासिल गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । सोमवार बिहान भएको क्वार्टरफाइनलको दोस्रो लेगको सडन डेथमा ५-४ को जित सहित फ्रान्सले सेमिफाइनलमा स्थान बनाएको हो । दोस्रो लेगको निर्धारित समयमा फ्रान्सले २–० को अग्रता बनायाे । शुक्रवार क्रोएसियाको घरेलु मैदानमा भएको खेलमा फ्रान्स २-० ले पराजित […]

March 24, 2025

पोर्चुगल सेमिफाइनलमा

एजेन्सी – डेनमार्कलाई क्वाटरफाइनलमा पराजित गर्दै पोर्चुगल युइएफए नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनलको दोस्रो लेगमा आइतवार ५-२ को जित निकालेको पोर्चुगल समग्रमा ५-३ अग्रतासहित अघि बढ्यो । पहिलो लेगमा डेनमार्क १-० ले विजयी भएको थियो । पोर्चुगललाई घरेलु मैदानमा जित दिलाउन फ्रान्सिस्को ट्रिन्काओले २ , क्रिस्टियानो रोनाल्डो र गोन्सालो रामोसले समान १ […]

Success

Thank you for your time.