default_image

7 years ago

April 1, 2018

माल्दिभ्समा सावित्रा र अनिता दुवैको ह्याट्रिक

62 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली महिला फुटबल खेलाडीको उच्च प्रदर्शनमा माल्दिभ्समा जारी १८/३० महिला फुटसल फिस्टामा पुलिस क्लबले लगातार सफलता हासिल गरिरहेको छ । दुई नेपाली खेलाडी सावित्रा भण्डारी र अनिता बस्नेतले मात्र गोल गरेको खेलमा शनिबार पुलिसले कस्टम आरसीमाथि ९–१ को फराकिलो जित हासिल गरेको छ ।

अनिता बस्नेत र सावित्रा भण्डारी (दायाँ) । फाइल तस्बिर

सावित्राले टोलीका लागि लगातार चार खेलमा गोल गरिसकेकी छिन् भने अनिताले ४ मध्ये २ खेलमा गोल गरेकी छिन् । शनिबारको खेलमा सावित्राले ५ र अनिताले ४ गोल गरिन् । पहिलो मिनेटमा गोल गरेकी अनिलले पाँचौं र १२ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरिन् । त्यसपछि १८ औं मिनेटमा अनिताले अर्को गोल थपिन् ।

त्यसका पछिका ५ गोल सावित्राको नाममा रह्यो । सावित्राले १८ औं, २५ औं र ३० औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरिन् । उनले त्ससपछि ३३ औं र ३८ औं मिनेटमा गोल थपिन् । शनिबारसहित सावित्रा ४ मध्ये ३ खेलमा क्विन अफ दी म्याच घोषित भएकी छिन् । प्रतियोगितामा सावित्राको त्यो तेस्रो ह्याट्रिक हो । यसअघि ओरेडा र इकोनोमिक डेभल्पमेन्टविरुद्ध उनले ह्याट्रिक गरेकी थिइन् ।

इकोनोभिकविरुद्ध सावित्राले ७ गोल गरेकी थिइन् भने उम्कोविरुद्धको पहिलो खेलमा उनले १ गोल गरेकी थिइन् । ४ खेलमा सावित्राको गोल १६ र अनिताको ६ गोल पुगेको छ । अनिताले इकोनोमिकविरुद्ध २ गोल गरेकी थिइन् ।

माल्दिभ्समा सावित्रा र अनिताको यो दोस्रो सिजन हो । गत सिजन उनीहरुले माल्दिभ्स एयरपोर्ट कम्पनीबाट खेलेका थिए । दक्षिण एसियाकी उत्कृष्ट स्ट्राइकर मध्येकी एक सावित्रा गत वर्ष सोही प्रतियोगितामा उत्कृष्ट खेलाडी घोषित भएकी थिइन् । सावित्राले गत वर्ष प्रतियोगितामा ४ खेलमा १३ गोल गरेकी थिइन् ।

 

March 24, 2025

साविक विजेता स्पेन सेमिफाइनलमा

एजेन्सी – नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा ५-४ ले हराउँदै साविकक विजेता स्पेनले लगातार तेस्रो पटक युइएफए नेसन्स लिगको सेमिफाइनलमा पुगेको छ । दोस्रो लेग आइतवार ३-३ को रोमाञ्चक बराबरीमा सकिएको थियो । पहिलो लेगमा पनि २-२ को बराबरी थियो। समग्रमा ५-५ को बराबरीपछिको पेनाल्टीमा स्पेन भाग्यमानी रह्यो । पाहुना टोली नेदरल्याण्ड्सका लागि मेम्फिस डेपे, इयान मास्टेन […]

March 24, 2025

पुनरागमन जितसँगै फ्रान्स सेमिफाइनलमा

एजेन्सी – फ्रान्सले युइएफए नेसन्स लिगको क्वार्टरफाइनलमा क्रोएसियामाथि पुनरागमन जित हासिल गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । सोमवार बिहान भएको क्वार्टरफाइनलको दोस्रो लेगको सडन डेथमा ५-४ को जित सहित फ्रान्सले सेमिफाइनलमा स्थान बनाएको हो । दोस्रो लेगको निर्धारित समयमा फ्रान्सले २–० को अग्रता बनायाे । शुक्रवार क्रोएसियाको घरेलु मैदानमा भएको खेलमा फ्रान्स २-० ले पराजित […]

March 24, 2025

पोर्चुगल सेमिफाइनलमा

एजेन्सी – डेनमार्कलाई क्वाटरफाइनलमा पराजित गर्दै पोर्चुगल युइएफए नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनलको दोस्रो लेगमा आइतवार ५-२ को जित निकालेको पोर्चुगल समग्रमा ५-३ अग्रतासहित अघि बढ्यो । पहिलो लेगमा डेनमार्क १-० ले विजयी भएको थियो । पोर्चुगललाई घरेलु मैदानमा जित दिलाउन फ्रान्सिस्को ट्रिन्काओले २ , क्रिस्टियानो रोनाल्डो र गोन्सालो रामोसले समान १ […]

Success

Thank you for your time.