default_image

7 years ago

March 31, 2018

इजिप्टको राष्ट्रपति चुनावमा मोहम्मद सालाहलाई १० लाख मत !

38 views

0 Bookmark

काइरो (एजेन्सी) – लिभरपुलका स्टार खेलाडी मोहम्मद सालाह अहिले विश्व फुटबलमा सबैभन्दा लयमा रहेका खेलाडी हुन् । उनले इजिप्टमा अहिले यति प्रभाव बनाएका छन् कि राष्ट्रपतिको चुनावमा उठ्दै नउठी उनले १० लाख मत पाएका छन् ।

Salah

सालाहले दुई साता अघि वाटफोर्ड विरुद्ध चार गोल गरेका थिए । इजिप्टबाट मैत्रीपूर्ण खेलमा उनले पोर्चुगल विरुद्ध पनि एक गोल गरे भने क्रिस्टल प्यालेस विरुद्ध निर्णायक गोल गर्दै यस सिजनका लागि आफ्नो गोल सुची ३७ पुर्‍याएका छन् । यो सिजन उनको प्रदर्शन लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोकै स्तरमा रहेको छ ।

हालै सम्पन्न इजिप्टको राष्ट्रपतिको चुनावमा सालाहले आफ्नो राष्ट्रमा आफ्नो लोकप्रियता पनि सिद्ध गरेका छन् । राष्ट्रपतिको चुनावमा अब्देल फत्ताह अल-सिसीले ९२ प्रतिशत मत प्राप्त गर्दै पुन: राष्ट्रपति चयन हुन सफल रहे । पच्चिस करोड जनाले मतदान गरेको चुनावमा उनका विरोधीले केवल ३ प्रतिशत मत प्राप्त गरे ।

इकोनोमिस्टका अनुसार १० लाख जनताले दुवै उम्मेद्वारको नाम काट्दै मोहम्मद सालाहलाई मत खसालेका थिए । ती १० लाख मत बदर हुन पुगे । यस सिजन जादुयी लयमा रहेका सालाहलाई राष्ट्र नायकको रुपमै चिनिन थालेको छ । उनलाई ‘इजिप्सियन किङ’ र ‘इजिप्सियन मेस्सी’को उपनाम पनि दिइएको छ ।

October 8, 2024

साफ च्याम्पियनसिपका लागि तयारी अघि बढाउँदै एन्फा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ साफको तालिका अनुसार साफ वुमन्स च्याम्पियनसिप फुटबलको तयारी अघि बढिरहेको अखिल नेपाल फुटबल संघ ( एन्फा) ले जनाएको छ।साफ कात्तिक १ देखि १४ गते सम्म दशरथ रंगशालामा हुँदैछ। दशरथ रंगशालाको स्तर सुधार गर्न समय अझै केहि दिन रहेको एन्फाले जनाएको छ। असोज १८ र १९ गते दशरथ रंगशालामा […]

October 8, 2024

घटनाको छानबिन र कारवाहीपछि मात्र प्रियांशको परिवारले एन्फाकोआर्थिक सहयोग लिने

काठमाडौं (हाम्रो खेलकुद )- सिस्नेरीको पहिरोमा परेर मृत्यु भएका एन्फा एकेडेमीका ६ युवा खेलाडी मध्ये प्रियांश आचार्यको परिवारले घटनाको सत्यतथ्य छानबिन गरेपछि मात्र अखिल नेपाल फुटबल संघ (एन्फा) ले दिने आर्थिक सहयोग बुझ्ने बताएको छ‌। एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहितको टोली सोमवार धादिङ गल्छी गाउँपालिका ३ प्रियांशको घर पुग्दा उनको परिवारले तत्काल रकम लिन अस्वीकार […]

October 7, 2024

भेट्रान्स कप फुटबल अर्को महिना

काठमाडौं (हाम्रो खेलकुद) – फुटबल मिसन टुगेदरको‌ आयोजनामा दोस्रो भेट्रान्स कप फुटबल प्रतियोगिता हुने भएको छ ।  ४० वर्ष माथिका फुटबलरहरुको सहभागिता रहने प्रतियोगिता कात्तिक ३ गतेदेखि ११ गतेसम्म मध्यपुर फुटबल मैदानमा हुनेछ । अखिल नेपाल फुटबल संघ(एन्फा)को प्राविधिक सहयोग रहने प्रतियोगितामा २१ टोलीको सहभागिता रहने सोमवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। प्रतियोगिताको आयोजनाका लागि […]

Success

Thank you for your time.