default_image

7 years ago

March 31, 2018

रोहित सम्मिलित पर्सिजाको सहज जित

38 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – इन्डोनेसियन लिगा १ को दोस्रो खेलमा पर्सिजा जाकार्ताले अरेमा एफसीलाई ३-१ को गोलअन्तरले पराजित गरेको छ ।

पर्सिजाका लागि मार्को सिमिचले खेलको २७ औं मिनेटमा गोल गरे पनि अरेमाका अह्मेत अतायुले ३५ औं मिनेटमा गोल गर्दै खेल बराबरी पारेका थिए । दोस्रो हाफमा सिमिचले पुन: गोल गरे भने जैमेर्सन डा सिल्भाले अन्तिममा गोल गर्दै टोलीका लागि पुरा ३ अंक सुनिश्चित गरेका थिए ।

यमन विरुद्धको खेलमा सामेल भएका रोहित चन्द दोस्रो हाफमा मैदान प्रवेश गर्दै पुरा हाफ पुरा गरेका थिए । यस जितसँग पर्सिजाको २ खेलमा ४ अंक रहेको छ । गत सिजन चौथो स्थानमा रहेको पर्सिजा अहिले दोस्रो स्थानमा रहेको छ । अर्को खेलमा पर्सिजाले पिएसएमएसको सामना गर्ने छ ।

October 8, 2024

साफ च्याम्पियनसिपका लागि तयारी अघि बढाउँदै एन्फा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ साफको तालिका अनुसार साफ वुमन्स च्याम्पियनसिप फुटबलको तयारी अघि बढिरहेको अखिल नेपाल फुटबल संघ ( एन्फा) ले जनाएको छ।साफ कात्तिक १ देखि १४ गते सम्म दशरथ रंगशालामा हुँदैछ। दशरथ रंगशालाको स्तर सुधार गर्न समय अझै केहि दिन रहेको एन्फाले जनाएको छ। असोज १८ र १९ गते दशरथ रंगशालामा […]

October 8, 2024

घटनाको छानबिन र कारवाहीपछि मात्र प्रियांशको परिवारले एन्फाकोआर्थिक सहयोग लिने

काठमाडौं (हाम्रो खेलकुद )- सिस्नेरीको पहिरोमा परेर मृत्यु भएका एन्फा एकेडेमीका ६ युवा खेलाडी मध्ये प्रियांश आचार्यको परिवारले घटनाको सत्यतथ्य छानबिन गरेपछि मात्र अखिल नेपाल फुटबल संघ (एन्फा) ले दिने आर्थिक सहयोग बुझ्ने बताएको छ‌। एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहितको टोली सोमवार धादिङ गल्छी गाउँपालिका ३ प्रियांशको घर पुग्दा उनको परिवारले तत्काल रकम लिन अस्वीकार […]

October 7, 2024

भेट्रान्स कप फुटबल अर्को महिना

काठमाडौं (हाम्रो खेलकुद) – फुटबल मिसन टुगेदरको‌ आयोजनामा दोस्रो भेट्रान्स कप फुटबल प्रतियोगिता हुने भएको छ ।  ४० वर्ष माथिका फुटबलरहरुको सहभागिता रहने प्रतियोगिता कात्तिक ३ गतेदेखि ११ गतेसम्म मध्यपुर फुटबल मैदानमा हुनेछ । अखिल नेपाल फुटबल संघ(एन्फा)को प्राविधिक सहयोग रहने प्रतियोगितामा २१ टोलीको सहभागिता रहने सोमवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। प्रतियोगिताको आयोजनाका लागि […]

Success

Thank you for your time.