7 years ago
March 31, 2018
दिपक न्यौपाने
बुटवल (हाम्रो खेलकुद)– लक्ष्मी हुन्डाई हुन्डाई मनाङ र्मस्याङ्दी क्लब बुटवलमा जारी तेस्रो मदन भण्डारी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।
सुजल श्रेष्ठको ह्याट्रिक र अन्जन विष्टको २ गोलको मद्दतमा साविक विजेता सुनौलो संगम रुपन्देहीलाई शनिबार ५–० ले हराउँदै मनाङले उपाधि नजिक पुगेको हो । रामनगरस्थितमानव ज्ञान माविको मैदानमा सुजलको पेनाल्टी गोलबाट मनाङले अग्रता लिएको थियो ।
२० औं मिनेटमा अन्जनले गोल गर्दै अन्तरलाई दोब्ब पारे । सुजलले ५८ औं मिनेटमा अर्को गोल गरे भने अन्जनले ६५ औं मिनेटमा गोल थपे । अघिल्लो खेलमा पनि अन्जनले २ गोल गरेका थिए । खेल सकिन १ मिनेट बाँकी रहँदा सुजलले गोल थप्दै ह्याट्रिक पुरा गरे । सुजल खेलको म्यान अफ दी म्याच घोषित भएर उनले १० हजार रुपैयाँ प्राप्त गरे ।
मनाङले रुस्लान थ्री स्टार क्लब र आयोजक मदन भण्डारी स्पोर्टस फाउन्डेसनबीचको विजेतासँग फाइनल खेल्नेछ । शुक्रबार खराब मौसमका कारण थ्री स्टार र आयोजकबीच स्थगित भएपछि त्यो खेल आइतबार हुनेछ । मोसफलको सर्वाधिक पुरस्कार राशीको विजेताले १५ लाख रुपैयाँ र दोस्रो हुने टोलीले ७ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
मदन भण्डारी गोल्डकपमा आइतबारको सेमिफाइनल
रुस्लान थ्रीस्टारविरुद्ध मदन भण्डारी स्पोर्टस एकेडेमी
March 24, 2025
एजेन्सी – नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा ५-४ ले हराउँदै साविकक विजेता स्पेनले लगातार तेस्रो पटक युइएफए नेसन्स लिगको सेमिफाइनलमा पुगेको छ । दोस्रो लेग आइतवार ३-३ को रोमाञ्चक बराबरीमा सकिएको थियो । पहिलो लेगमा पनि २-२ को बराबरी थियो। समग्रमा ५-५ को बराबरीपछिको पेनाल्टीमा स्पेन भाग्यमानी रह्यो । पाहुना टोली नेदरल्याण्ड्सका लागि मेम्फिस डेपे, इयान मास्टेन […]
March 24, 2025
एजेन्सी – फ्रान्सले युइएफए नेसन्स लिगको क्वार्टरफाइनलमा क्रोएसियामाथि पुनरागमन जित हासिल गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । सोमवार बिहान भएको क्वार्टरफाइनलको दोस्रो लेगको सडन डेथमा ५-४ को जित सहित फ्रान्सले सेमिफाइनलमा स्थान बनाएको हो । दोस्रो लेगको निर्धारित समयमा फ्रान्सले २–० को अग्रता बनायाे । शुक्रवार क्रोएसियाको घरेलु मैदानमा भएको खेलमा फ्रान्स २-० ले पराजित […]
March 24, 2025
एजेन्सी – डेनमार्कलाई क्वाटरफाइनलमा पराजित गर्दै पोर्चुगल युइएफए नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनलको दोस्रो लेगमा आइतवार ५-२ को जित निकालेको पोर्चुगल समग्रमा ५-३ अग्रतासहित अघि बढ्यो । पहिलो लेगमा डेनमार्क १-० ले विजयी भएको थियो । पोर्चुगललाई घरेलु मैदानमा जित दिलाउन फ्रान्सिस्को ट्रिन्काओले २ , क्रिस्टियानो रोनाल्डो र गोन्सालो रामोसले समान १ […]