7 years ago
March 31, 2018
उदयपुर (हाम्रो खेलकुद)– रमपम झापा ११ ले चौथो कटारी मेयर गोल्डकप फुुटबल प्रतियोगिताको उपाधि जितेको छ । सिएमजी क्लब संकटालाई शनिबार टाइब्रेकरमा ४–२ ले हराउँदै झापा च्याम्पियन बनेको हो । झापाको यो वर्षको पहिलो पहिलो उपाधि हो । झापा गत महिना आफ्नै आयोजनमा भएको झापा गोल्ड कपको फाइनलमा त्रिभुवन आर्मी क्लबसँग पराजित भएको थियो ।
उदयपुरको कटारीस्थित खेल मैदानमा निर्धारित ९० र थप १५ मिनेट समय पनि गोलरहित बराबरीमा टुंगिएपछि टाइब्रेकरबाट उपाधिको टुंगो लागेको थियो । टाइब्रेकरमा झापाका लागि विकास थुलुङ, प्रवेश गुरुङ, कर्ण लिम्बु र विशाल गुरुङले गोल गरे । झापाका कप्तान योगेश गुरुङको प्रहार गोलकिपर विनय श्रेष्ठले रोके ।
संकटाका हेम थापा र सौजन राई गोल गर्न सफल भए । संकटाका अनित गुरुङको प्रहार झापाका गोलकिपर मनोज प्रधानले रोके भने नवीन गुरुङको प्रहार बाहिरिएपछि संकटा उपाधि विहिन बन्न पुगेको थियो । कटारीको पहिलो संस्करण पनि झापाले नै जितेको थियो ।
विजेता झापले ५ लाख रुपैयाँ तथा दोस्रो भएको संकटाले २ लाख ५१ हजार रुपैयाँ प्राप्त गर्यो । झापाका विकास गुरुङ प्रतियोगिताका सवोत्कृष्ट खेलाडी चुनिए र उनले मोटरसाइल प्राप्त गरे । झापाका मनोज प्रधान उत्कृष्ट गोलकिपर, संकटाका सुरज विक उत्कृष्ट रक्षक, सोही क्लबका विश्व अधिकारी उत्कृष्ट मिडफिल्ड र टक्पी अनेष्ट सर्वाधिक गोल कताए चुनिए ।
उनीहरुले मोबाइल सेट प्राप्त गरे । कटारी ११ का प्रताप राई उदयीमान खेलाडी घोषित भए र उनले ५ हजार रुपैयाँ प्राप्त गरे । गत शनिबारदेखि सुरु भएको प्रतियोगितामा ८ टोलीको सहभागिता थियो ।
March 24, 2025
एजेन्सी – नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा ५-४ ले हराउँदै साविकक विजेता स्पेनले लगातार तेस्रो पटक युइएफए नेसन्स लिगको सेमिफाइनलमा पुगेको छ । दोस्रो लेग आइतवार ३-३ को रोमाञ्चक बराबरीमा सकिएको थियो । पहिलो लेगमा पनि २-२ को बराबरी थियो। समग्रमा ५-५ को बराबरीपछिको पेनाल्टीमा स्पेन भाग्यमानी रह्यो । पाहुना टोली नेदरल्याण्ड्सका लागि मेम्फिस डेपे, इयान मास्टेन […]
March 24, 2025
एजेन्सी – फ्रान्सले युइएफए नेसन्स लिगको क्वार्टरफाइनलमा क्रोएसियामाथि पुनरागमन जित हासिल गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । सोमवार बिहान भएको क्वार्टरफाइनलको दोस्रो लेगको सडन डेथमा ५-४ को जित सहित फ्रान्सले सेमिफाइनलमा स्थान बनाएको हो । दोस्रो लेगको निर्धारित समयमा फ्रान्सले २–० को अग्रता बनायाे । शुक्रवार क्रोएसियाको घरेलु मैदानमा भएको खेलमा फ्रान्स २-० ले पराजित […]
March 24, 2025
एजेन्सी – डेनमार्कलाई क्वाटरफाइनलमा पराजित गर्दै पोर्चुगल युइएफए नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनलको दोस्रो लेगमा आइतवार ५-२ को जित निकालेको पोर्चुगल समग्रमा ५-३ अग्रतासहित अघि बढ्यो । पहिलो लेगमा डेनमार्क १-० ले विजयी भएको थियो । पोर्चुगललाई घरेलु मैदानमा जित दिलाउन फ्रान्सिस्को ट्रिन्काओले २ , क्रिस्टियानो रोनाल्डो र गोन्सालो रामोसले समान १ […]