7 years ago
March 31, 2018
काठमाडौँ (हाम्रो खेलकुद) – सिंगापुरस्थित रियल म्याड्रिड फाउन्डेनसमा प्रशिक्षणका लागि छनोट भएका विदितमान तुलाधारलाई ग्रासरुट फुटसल एकेडेमीले शनिबार बिदाई गरेको छ ।
राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान हरि खड्का, विदितका प्रशिक्षक एकेडेमीका टेक्निकल डाइरेक्टर राजु श्रेष्ठ, एकेडेमीका प्रशिक्षार्थी, अविभावक लगायतले विदाई गरे । विविद चैत २३ गते सिंगापुर प्रस्थान गर्नेछन् । उनी एक साता अभ्यास फर्कने बताइएको छ ।
शुभारम्भ एजुकेशन एण्ड स्पोर्टस् टुर्स प्रालि र स्पेनिस फुटबल टोली रियल मड्रिड अन्तर्गतको रियल म्याड्रिड फाउन्डेसनको संयुक्त आयोजनामा जेठमा भएको रियल म्याड्रिड यु–१८ फुटबल प्रशिक्षणबाट विदित छनोट भएका थिए ।
कुल ६५ खेलाडीको सहभागितामा ५ दिने प्रशिक्षण कार्यक्रम चोभारस्थित मोडर्न इन्डियन स्कुलको खेलमैदानमा सञ्चालन भएको थियो । प्रशिक्षण क्याम्पमा १२ औं पटक च्याम्पियनस लिग जित्न सफल रियल मड्रिड क्लबका पूर्व खेलाडी तथा युइएफए को ‘ए’ लाइसेन्स प्राप्त प्रशिक्षकद्धय ड्यानियल ल्याण्डबुरु रोटेला र राफायल पालासियसले प्रशिक्षण दिएका थिए । उनीहरुलाई नेपालका ६ प्रशिक्षक थम्मन भुषाल, सनोज श्रेष्ठ, विना श्रेष्ठ, राजु श्रेष्ठ, नवीन महर्जन र निर्मल लामाले सघाएका थिए ।
विदेशी प्रशिक्षकद्वय रोटेला र पालासियसले ६५ खेलाडीबाट उत्कृष्ट रहेका विदितलाई चुन्दै उनलाई सिंगापुर लग्ने भएका हुन्। १४ वर्षे विदित रोजबड स्कुलमा पढ्छन् । ग्रासरुट्स फुटबल एकेडेमीमा प्रशिक्षण गर्दै आएका विदित डिफेन्डर हुन्।
त्यति बेला प्रशिक्षक रोटेला र पालासियसले थुप्रै खेलाडीबाट १ जना खेलाडी छान्न कठिन हुने उल्लेख गर्दै विदित उत्कृष्ट मध्येका उत्कृष्ट भएको बताएका थिए । विदितको सिंगापुर जाने सम्पूर्ण खर्च आयोजाकले व्यहोर्नेछ।
February 9, 2025
एजेन्सी – किलियन एमबाप्पेको गोलमा रियल मड्रिड स्पेनिस ला लिगामा हारबाट जोगिएको छ । रियलले शनिवार सिटी डर्बीमा एट्लेटिको मड्रिडसँग १-१ को बराबरी खेल्यो । घरेलु मैदानमा भएको खेलमा रियलका लागि एमबाप्पे तथा एट्लेटिकोको लागि जुलियन अल्भारेजले गोल गरे । खेलमा अग्रता एट्लेटिकोले लियो । ३५औं मिनेटमा पेनाल्टीमार्फत अल्भारेजले एट्लेटिकोको लागि गोल गरे । एमबाप्पेले […]
February 8, 2025
हिमाल खरेल,बिर्तामोड सुनकला राईको ४ गोल मद्दतमा आयोजक बिर्तामोड नगरपालिकाले प्रथम झापा अन्तरपालिका महिला फुटबल प्रतियोगितामा सानदार सुरुवात गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा शनिवार उद्घाटन खेलमा बिर्तामोडले छिमेकी पालिका बुद्धशान्ति गाउँपालिकालाई ५-० गोल हरायो । एकोहोरो दबाब सिर्जना गरेको खेलमा बिर्तामोडका लागि सुनकलाले १० औं, १७ औं, १९ औंमा गोल गर्दैै ह्याट्रिक पूरा […]
February 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कीर्तिपुरस्थित नेपाल एपिएफ स्कुलमा जारी दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगितामा शनिवार आयोजक ‘बी’ टोली र ग्रिन भिलेज एजुकेशन फाउण्डेशनबिचको खेल २-२ बराबरीमा टुंगिएको छ। खेलमा ग्रिन भिलेजका स्वप्निल निल बस्नेतले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलएका थिए । सो पछि ग्रिन भिलेजबाट आत्मघाती गोल उपहार दिएपछि खेल […]