7 years ago
March 30, 2018
दिपक न्यौपाने
बुटवल – मदन भण्डारी गोल्ड कप फुटबल प्रतियोगिताको शुक्रबारका लागि तय रुस्लान थ्री स्टार क्लब र आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीको पहिलो सेमिफाइनल खराब मौसमका कारण स्थगित भएको छ ।
दिउँसो खेल सुरु हुने अघि हुरीवतास, असिनासहितको वर्षा भएपछि खेल रद्द गर्नु परेको आयोजकले जनाएका छन् । स्थगित खेल आइतबार हुने आयोजकले बताइएको छ । लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब र सुनौलो संगम क्लब बुटवलबीच पूर्व निर्धारित खेल तालिका अनुसार दोस्रो सेमिफाइनल खेल हुनेछ ।
शुक्रबार काटिएको टिकट शनिबार वा आइतबारको खेलमा प्रयोग गर्न सकिने आयोजकले बताएका छन् । यो वर्ष तीन उपाधि जितिसकेको थ्री स्टारले हिमालयन एफसी मलेसियालाई २–१ ले हराएको थियो । थ्री स्टारले यो वर्ष मदन भण्डारी इटहरी गोल्डकप, बुढासुब्बा गोल्ड कप र यसै महिना तिलोत्तमा गोल्ड कपको उपाधि जितेको थियो ।
मोफसलको सर्वाधिक पुरस्कार राशीको गोल्ड कपको विजेताले १५ लाख र दोस्रो हुने टोलीले ७ लाख ५० हजार रुपैयाँ प्राप्त गनैछन् । सर्वोत्कृष्ट खेलाडीले ५० हजार पाउने प्रतियोगिताका विधागत उत्कृष्ट खेलाडीले समान १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
March 26, 2025
एजेन्सी – ब्राजिललाई फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा पराजित गर्दै साविक विजेता अर्जेन्टिनाले विश्वकपमा स्थान बनाएको छ । बुधवार बिहान भएको खेलमा अर्जेन्टिनाले ब्राजिलमाथि ४-१ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज, एन्जो फर्नान्डेज, एलेक्स म्याक्स एलेस्टर र जिलियन सिमिवनले गोल गरे । भने, पाहुना टोली ब्राजिलका […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटको समूह चरण अन्तर्गत पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोर्यो । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । मलेसियाका लागि पहिलो हाफमा हेक्टर […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०२७ को छनोट चरण अन्तर्गत समूहको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । खेलको २९ औं मिनेटमा घरेलु टोलीले अग्रता […]