default_image

7 years ago

March 29, 2018

मदन भण्डारी गोल्ड कप –अन्जनको २ गोलमा मनाङको सेमिफाइनल यात्रा

73 views

0 Bookmark

दिपक न्यौपाने
बुटवल– नेपाली राष्ट्रिय टोलीका सदस्य अन्जन विष्टले २ गोल गरेपछि बिहीबार नेपाल पुलिस क्लबलाई २–१ ले हराउँदै लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब तेस्रो मदन भण्डारी अन्र्तराष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

यो वर्ष दुई उपाधि जितेको पुलिसले मनाङविरुद्धको अग्रतालाई जोगाउन सकेन । तेज तामाङको गोलबाट पुलिसले १४ औ मिनेटमा अग्रता लिएको थियो । दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको मनाङले भने ६१ औ मिनेटमा खेलमा बराबरी गरेको थियो ।

एसियन कप समूह चरणको यमनविरुद्ध अन्तिम खेल खेलेर फर्के लगत्तै अन्जनले मनाङका लागि बराबरी गोल गरे । भिक्टरको क्रसमा अनमार्क रहेका अन्जनले गोल गरेका हुन् ।अन्जनले ७५ औं मिनेटमा अर्को गोल थपेपछि मनाङ मोफसलको सर्वाधिक पुरस्का राशीको मदन भण्डारी गोल्ड कपको अन्तिम चारमा पुगेको हो ।

पुलिसका गोलरक्षक शत्रुघनले भुत्काएको बलमा अन्जनले गोल गरे । त्यहि गोल खेलको निर्णायक बन्यो । खेलको अन्त्यतिर पुलिसका रवी पासवानले एक्लैले अगाडी बढाएर गरेको प्रहार मनाङका गोलरक्षक दिनेश थापाले पन्च गरे । अन्जन खेलको म्यान अफ दी म्याच घोाष्ति भए ।प्रतियोगिताको विजेताले १५ लाख र दोस्रो हुने टोलीले ७ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

मदन भण्डारी गोल्डकपमा शुक्रबार पहिलो सेमिफाइनल
रुस्लान थ्री स्टारविरुद्ध मदन भण्डारी स्पोर्टस एकेडेमी

March 26, 2025

ब्राजिललाई पराजित गर्दै अर्जेन्टिना विश्वकपका लागि छनोट

एजेन्सी – ब्राजिललाई फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा पराजित गर्दै साविक विजेता अर्जेन्टिनाले विश्वकपमा स्थान बनाएको छ । बुधवार बिहान भएको खेलमा अर्जेन्टिनाले ब्राजिलमाथि ४-१ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज, एन्जो फर्नान्डेज, एलेक्स म्याक्स एलेस्टर र जिलियन सिमिवनले गोल गरे । भने, पाहुना टोली ब्राजिलका […]

March 25, 2025

‘मलेसियाको गतिविरुद्ध खेल्न सकेनौं’ – प्रशिक्षक रस

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटको समूह चरण अन्तर्गत पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोर्यो । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । मलेसियाका लागि पहिलो हाफमा हेक्टर […]

March 25, 2025

नेपाल मलेसियासँग पराजित

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०२७ को छनोट चरण अन्तर्गत समूहको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । खेलको २९ औं मिनेटमा घरेलु टोलीले अग्रता […]

Success

Thank you for your time.