default_image

7 years ago

March 29, 2018

पाँचथरमा गोल्डकप नै गोल्डकप – अर्को महिना कुम्भायक कुस्सायक

55 views

0 Bookmark

दिपक बोहोरा
पाँचथर– पाँचथरमा गोल्डकप फुटबल प्रतियोगिताको बाढी नै लागेको छ । पाँच महिनाको फरकमा पाँचथरमा मात्र चार वटा गोल्ड कप आयोजना हुने भएको छ । पुसमा फाल्गुनन्द गोल्डकपको नवौं संस्करण भएको पाँचथरमा यो चैतमा २ वटा गोल्ड कप आयोजना हुँदैछ ।

यो महिना पाँचथर गोल्ड कप र रवि गोल्ड कप आयोजना हुने तयारीमा छ । बैशाखमा त्रिशाली पुजाको अवसर प्रत्येक ३ वर्षमा आयोजना हुने कुम्भायक कुस्सायक गोल्ड कपको दोस्रो संस्करण वैशाख २० गते सुरु हुने भएको छ ।

रानीगुफा सेवा समाज यासोकको आयोजनामा हुने कुम्भायक कुस्सायक नाएन ए साइड फुटबल प्रतियोगितामा ८ टोलीको सहभागिता रहने बताइएको छ । डिभाइन ब्याइज युनियन क्लब काठमाण्डौ , विर्ता युनाइटेड झापा , सुनसरी ११ ,मोरङ ११ ,ताप्लेजुङ जिल्ला फुटबल संघ , भारतको कञ्चनजङ फुटबल क्लब सिलगुडी र आयोजक रानीगुफा सेवा समाजले प्रतियोगितामा भाग लिने छन् ।

पाँचथरको सर्वाधिक पुरस्कार राशि समेत रहेको प्रतियोगिताको विजेताले उपाधि सहित ३ लाख ११ हजार १ सय ११ रुपौयान् र दोस्रो हुने टोलीले १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ । हरेक खेलको म्यान अफ दी म्याचले ५ हजार रुपैयाँ पाउने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वाधिक गोलकर्ता , उत्कृष्ट रक्षक , उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिडफिल्ड र उत्कृष्ट फरवार्डले समान ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

October 8, 2024

साफ च्याम्पियनसिपका लागि तयारी अघि बढाउँदै एन्फा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ साफको तालिका अनुसार साफ वुमन्स च्याम्पियनसिप फुटबलको तयारी अघि बढिरहेको अखिल नेपाल फुटबल संघ ( एन्फा) ले जनाएको छ।साफ कात्तिक १ देखि १४ गते सम्म दशरथ रंगशालामा हुँदैछ। दशरथ रंगशालाको स्तर सुधार गर्न समय अझै केहि दिन रहेको एन्फाले जनाएको छ। असोज १८ र १९ गते दशरथ रंगशालामा […]

October 8, 2024

घटनाको छानबिन र कारवाहीपछि मात्र प्रियांशको परिवारले एन्फाकोआर्थिक सहयोग लिने

काठमाडौं (हाम्रो खेलकुद )- सिस्नेरीको पहिरोमा परेर मृत्यु भएका एन्फा एकेडेमीका ६ युवा खेलाडी मध्ये प्रियांश आचार्यको परिवारले घटनाको सत्यतथ्य छानबिन गरेपछि मात्र अखिल नेपाल फुटबल संघ (एन्फा) ले दिने आर्थिक सहयोग बुझ्ने बताएको छ‌। एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहितको टोली सोमवार धादिङ गल्छी गाउँपालिका ३ प्रियांशको घर पुग्दा उनको परिवारले तत्काल रकम लिन अस्वीकार […]

October 7, 2024

भेट्रान्स कप फुटबल अर्को महिना

काठमाडौं (हाम्रो खेलकुद) – फुटबल मिसन टुगेदरको‌ आयोजनामा दोस्रो भेट्रान्स कप फुटबल प्रतियोगिता हुने भएको छ ।  ४० वर्ष माथिका फुटबलरहरुको सहभागिता रहने प्रतियोगिता कात्तिक ३ गतेदेखि ११ गतेसम्म मध्यपुर फुटबल मैदानमा हुनेछ । अखिल नेपाल फुटबल संघ(एन्फा)को प्राविधिक सहयोग रहने प्रतियोगितामा २१ टोलीको सहभागिता रहने सोमवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। प्रतियोगिताको आयोजनाका लागि […]

Success

Thank you for your time.