default_image

7 years ago

March 28, 2018

‘मेस्सी विनाको अर्जेन्टिना खराब’- रामोस

53 views

0 Bookmark

म्याड्रिड (एजेन्सी)– स्पेनिस फुटबल टोलीका कप्तान सर्जियो रामोसले अर्जेन्टिना फुटबल टोलीमा लियोन मेस्सीको ठूलो प्रभाव रहेको बताएका छन् । मंगलबार स्पेनले अर्जेन्टिनालाई ६–१ ले हराउँदा दर्शकका रुपमा खेल हेरेका मेस्सीले त्यहाँबाट हिड्न अन्तिम सिठ्ठी कुरेनन् ।

ह्यामिस्ट्रिङका कारण मेस्सीले स्पेन र त्यसअघि इटालीसँगको मैत्रीपूर्ण खेल खेलेनन् । मेस्सी विनाको अर्जेन्टिना पुरै अलमलमा रहने उल्लेख गर्दे रामोसले भने, ‘उनीहरुका खेलाडी कहाँ र कसरी खेल्ने भन्नेमामा दुविधामा थिए । यद्दपी कोसिस गरेका हुन् ।’

स्पेनिस क्लब रियल म्याड्रिडका समेत कप्तान रहेका रामोसले भने, ‘उत्कृष्ट खेलाडी सम्मिलित राष्ट्रिय टोलीलाई हराउँदा खुसी लाग्छ । सबै चिज राम्रो भएको खेलमध्ये यो एक हो । विश्व कपको तयारीका लागि हामी सहि बाटोमा छौं ।’

उनले मेस्सीको खुलेर प्रशंसा गरे । रामोसले थपे, मेस्सी साच्चै उत्कृष्ट खेलाडी हुन् । उनी असाधारण खेलाडी हुन् । उनी विना अर्जेन्टिना टोली निकै खराब लाग्छ । मेस्सी हुँदा अर्जेन्टिना बलियो हुन्छ ।

October 8, 2024

साफ च्याम्पियनसिपका लागि तयारी अघि बढाउँदै एन्फा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ साफको तालिका अनुसार साफ वुमन्स च्याम्पियनसिप फुटबलको तयारी अघि बढिरहेको अखिल नेपाल फुटबल संघ ( एन्फा) ले जनाएको छ।साफ कात्तिक १ देखि १४ गते सम्म दशरथ रंगशालामा हुँदैछ। दशरथ रंगशालाको स्तर सुधार गर्न समय अझै केहि दिन रहेको एन्फाले जनाएको छ। असोज १८ र १९ गते दशरथ रंगशालामा […]

October 8, 2024

घटनाको छानबिन र कारवाहीपछि मात्र प्रियांशको परिवारले एन्फाकोआर्थिक सहयोग लिने

काठमाडौं (हाम्रो खेलकुद )- सिस्नेरीको पहिरोमा परेर मृत्यु भएका एन्फा एकेडेमीका ६ युवा खेलाडी मध्ये प्रियांश आचार्यको परिवारले घटनाको सत्यतथ्य छानबिन गरेपछि मात्र अखिल नेपाल फुटबल संघ (एन्फा) ले दिने आर्थिक सहयोग बुझ्ने बताएको छ‌। एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहितको टोली सोमवार धादिङ गल्छी गाउँपालिका ३ प्रियांशको घर पुग्दा उनको परिवारले तत्काल रकम लिन अस्वीकार […]

October 7, 2024

भेट्रान्स कप फुटबल अर्को महिना

काठमाडौं (हाम्रो खेलकुद) – फुटबल मिसन टुगेदरको‌ आयोजनामा दोस्रो भेट्रान्स कप फुटबल प्रतियोगिता हुने भएको छ ।  ४० वर्ष माथिका फुटबलरहरुको सहभागिता रहने प्रतियोगिता कात्तिक ३ गतेदेखि ११ गतेसम्म मध्यपुर फुटबल मैदानमा हुनेछ । अखिल नेपाल फुटबल संघ(एन्फा)को प्राविधिक सहयोग रहने प्रतियोगितामा २१ टोलीको सहभागिता रहने सोमवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। प्रतियोगिताको आयोजनाका लागि […]

Success

Thank you for your time.