default_image

7 years ago

March 28, 2018

एन्फाले भक्तपुरलाई भन्यो – चैत २७ भित्र निर्वाचन गर्नु

63 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विवादित भक्तपुर जिल्ला फुटबल संघलाई अखिल नेपाल फुटबल संघ (एन्फ) ले चैत २७ गतेभित्र निर्वाचन गर्न निर्देशन दिएको छ । असन्तुष्ट तीन क्लव भक्तपुर फुटबल संघ, भक्तपुर युनाइटेड क्लब र सिरुटार खेलकुद केन्द्र क्लबले भक्तपुर जिल्ला अदालतमा दायर गरेको मुद्दा मंगलबार फिर्ता लिएपछि भक्तपुर जिल्ला फटुबल संघको निर्वाचन गर्ने बाटो खुलेको हो ।

 

अब कुनै व्यावधान नआए २७ चैतमा भक्तपुरको निर्वाचन हुनेछ । एन्फाले यसअघि अर्को विवादित जिल्ला मकवानपुरलाई चैत २३ गतेभित्र निर्वाचन गराउन सोमबार नै पत्राचार गरिसकेको छ । विवादमा रहेका दुई जिल्ला फुटबल संघको निर्वाचन भएसँगै एन्फाको केन्द्रिय कार्यसमितिको निर्वाचनको लाग पनि ढोका खुल्नेछ ।

केन्द्रिय निर्वाचन बुधबारको लागि तय थियो । तर भक्तपुर र मकवानपुरको रिटका कारण उच्च अदालत पाटनले निर्वाचन रोक्न अन्तरिम आदेश दिएपछि आजको निर्वाचन एन्फाले स्थगित गरेको थियो । एन्फा प्रवक्ता एवम् सह–महासचिव सञ्जीव मिश्रले मकवानपुर र भक्तपुरको निर्वाचन सम्पन्न भएपछि विश्व फुटबल महासंघ ९फिफा०को अनुमति लिएर तत्कालै केन्द्रीय निर्वाचनको मिति घोषणा गरिने बताए ।

यसअघि मकवानपुर र भक्तपुरका प्रतिनिधिले एन्फाको केन्द्रीय निर्वाचनमा आफ्नो मताधिकार खोसिन लागेको भन्दै गत चैत ७ गते पाटन उच्च अदालतमा मुद्दा दायर गरेका थिए । त्यही मुद्दामा अदालतले अन्तरिम आदेश दिएसँगै एन्फाको बुधबार हुनुपर्ने निर्धारित निर्वाचन अन्योलमा परेको थियो ।

February 8, 2025

अन्तरपालिका महिला फुटबल – बिर्तामोडको सानदार सुरुवात

हिमाल खरेल,बिर्तामोड सुनकला राईको ४ गोल मद्दतमा आयोजक बिर्तामोड नगरपालिकाले प्रथम झापा अन्तरपालिका महिला फुटबल प्रतियोगितामा सानदार सुरुवात गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा शनिवार उद्घाटन खेलमा बिर्तामोडले छिमेकी पालिका बुद्धशान्ति गाउँपालिकालाई ५-० गोल हरायो । एकोहोरो दबाब सिर्जना गरेको खेलमा बिर्तामोडका लागि सुनकलाले १० औं, १७ औं, १९ औंमा गोल गर्दैै ह्याट्रिक पूरा […]

February 8, 2025

एपिएफ ‘बी’ र ग्रिन भिलेजको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- कीर्तिपुरस्थित नेपाल एपिएफ स्कुलमा जारी दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगितामा शनिवार आयोजक ‘बी’ टोली र ग्रिन भिलेज एजुकेशन फाउण्डेशनबिचको खेल २-२ बराबरीमा टुंगिएको छ। खेलमा ग्रिन भिलेजका स्वप्निल निल बस्नेतले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलएका थिए । सो पछि ग्रिन भिलेजबाट आत्मघाती गोल उपहार दिएपछि खेल […]

February 8, 2025

प्लानिङ ब्वाइज फाइनलमा

हिमाल खरेल, बिर्तामो सहिद स्मारक ‘बी’ डिभिजन क्लब प्लानिङ ब्वाइज काठमाडौं झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा आयोजक नव ज्योति युथ क्लबलाई १–० ले हराउँदै प्लानिङ ब्वाइज उपाधिनजिक पुगेको हो । प्लानिङ ब्वाइजका प्रताप राईले खेलको ५८ औँ मिनेटमा गरेको […]

Success

Thank you for your time.