7 years ago
March 28, 2018
विविध सुवेदी
काठमाडौं – फुटबल लगायत अन्तर्राष्ट्रिय खेलकुदमै सबैभन्दा लोकप्रिय र महत्त्वपूर्ण मानिने विश्वकप अब लगभग ३ महिना टाढा रहेको छ । फुटबल प्रशंसक, समर्थक तथा विश्लेषकहरुले अहिलेदेखि नै प्रतियोगिताको दाबेदारहरु अनुमान गर्न सुरु गरिसकेका छन् ।
यस साता र गत साता खेलिएका अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलहरुमा विश्वकपमा सामेल सबै राष्ट्रहरु मैदानमा उत्रिँदा सो विश्लेषणले थप बजार पाएको छ । दुई मैत्रीपूर्ण खेलमार्फत आफ्नो दाबेदारी प्रष्ट र बलियो पार्न मुख्यतया दुई राष्ट्रहरु सफल रहे:
ब्राजिल
ब्राजिलले मैत्रीपूर्ण खेलमा विश्वकप आयोजक रुस र साविक विजेता जर्मनीसँग खेल्दा दुवैमा जित हांसिल गर्यो । ब्राजिल आफ्नो मुख्य खेलाडी नेयमार विना नै मैदानमा उत्रिएको थियो । नेयमार गत महिना पिएसजीबाट खेल्दा घाइते भएका थिए । तर ब्राजिलले मैदानमा नेयमारको अभाव खड्किनै दिएन ।
दुवै खेलमा लगभग उस्तै सुरुवाती ११ लिएर उत्रिएको ब्राजिल डिफेन्स, मिडफिल्ड र अग्रपंक्ति तीनै पक्षमा सन्तुलित र प्रभावकारी देखियो । साविक विजेता जर्मनी विरुद्धको १-० जितले ब्राजिलको मनोबल पनि थप बढेको अनुमान लगाउन सकिन्छ ।
स्पेन
मैत्रीपूर्ण खेलमा स्पेनले जर्मनी र अर्जेन्टिनासँग भिड्यो । तालिका हेर्दा दुवै खेल स्पेनका लागि अति गाह्रो देखिए पनि राम्रो खेल पस्किंदै स्पेनले आफ्नो दाबेदारी बलियो बनाएको छ । स्पेनले पहिलो खेलमा जर्मनीसँग १-१ को बराबरी खेल्यो । दोस्रो खेलमा भने अघिल्लो संस्करणको उपविजेता अर्जेन्टिनालाई ६-१ को स्कोरले स्तब्ध बनायो ।
स्पेनले दुवै मैत्रीपूर्ण खेलमा डिफेन्स र मिडफिल्डमा उही अनुहार उतार्यो भने अग्रपंक्तिमा भने केहि हेरफेर गर्यो । विश्वकप अघि स्पेन अझै पनि आफ्नो अग्रपंक्तिमा सही संयोजनको खोजीमा रहेको भने बुझ्न सकिन्छ । सो संयोजन भेट्न सके स्पेन फेरी २०१० विश्वकपको उपलब्धि दोहोराउन पक्कै पनि नजिक पुग्ने छ ।
अन्य दाबेदारहरुको मुल्यांकन:
जर्मनी – जर्मनी आफ्नो पहिलो खेलमा स्पेनसँग १-१ को स्कोरमा रोकियो भने दोस्रो खेलमा ब्राजिलसँग पराजित भयो । हुन त पहिलो खेलमा राम्रो खेलेको जर्मनीले ब्राजिलसँगको खेलमा अाफ्ना महत्त्वपूर्ण खेलाडीद्वय थोमस मुलर र मेसुट ओजिललाई विश्राम दिंदै केहि फरक अनुहार टोलीमा सामेल गरेको थियो ।
तर सो हार जर्मनीको २०१६ को युरोकप पछिको आफ्नो पहिलो हार पनि थियो । त्यसैले २०१४ विश्वकपको नतिजा दोहोर्याउन जर्मनीले आफ्नो प्रदर्शन थप सुधार गर्नु पर्ने देखिन्छ ।
फ्रान्स – यस वर्षको विश्वकपमा फ्रान्सलाई निकै बलियो दाबेदार मानिएको छ । तर अघिल्लो साता कोलम्बियासँग ३-२ को हार बेहोर्दै फ्रान्सले आफ्नो समर्थकहरुलाई निराश बनायो । दोस्रो खेलमा भने फ्रान्सले रुसलाई ३-१ ले सजिलैले हराउन सफल रह्यो । प्रतिभाको खाँचो नरहेको फ्रान्सेली टोलीले विश्वकप अघि सही तालमेल र संयोजन भने भेट्न जरुरी देखिएको छ ।
अर्जेन्टिना – अर्जेन्टिना गत विश्वकपको उपविजेता राष्ट्र हो । तर अर्जेन्टिनाको विश्वकप छनोट यात्रा भने निकै संघर्षपूर्ण रह्यो । यस मैत्रीपूर्ण खेलहरुमा प्रभावकारी प्रदर्शनका साथ अर्जेन्टिनालाई पुन: दाबेदारको रुपमा प्रस्तुत हुने मौका रहेको थियो । पहिलो खेलमा इटालीलाई २-० ले हराएको अर्जेन्टिना दोस्रो खेलमा भने स्पेनसँग ६-१ को लज्जास्पद हार बेहोर्न बाध्य भयो ।
स्पेनविरुद्ध लियोनल मेस्सी घाइते रहेका थिए । विश्वकप जित्ने सम्भावनाका लागि अर्जेन्टिना मेस्सीमै निर्भर हुनु पर्ने देखिएको छ ।
पोर्चुगल – युरोकप २०१६ को उपाधि जित्दै पोर्चुगल आफूलाई विश्वकपको दाबेदारको रुपमा पनि स्थापित गर्न चाहन्थ्यो । पहिलो खेलमा इजिप्टलाई २-१ ले हराएको पोर्चुगल दोस्रो खेलमा भने नेदरल्यान्ड्ससँग ३-० ले पराजित भयो ।
यस पोर्चुगेली टोली पनि अाफ्ना स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोमा धेरै नै निर्भर रहेको पनि देखियो । आफ्नो दाबेदारी बलियो गर्न पोर्चुगलले यस निर्भरतालाई तोड्दै टोलीको रुपमा अघि बढ्नु पर्ने देखिन्छ ।
(एजेन्सीको सहयोगमा)
March 26, 2025
एजेन्सी – ब्राजिललाई फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा पराजित गर्दै साविक विजेता अर्जेन्टिनाले विश्वकपमा स्थान बनाएको छ । बुधवार बिहान भएको खेलमा अर्जेन्टिनाले ब्राजिलमाथि ४-१ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज, एन्जो फर्नान्डेज, एलेक्स म्याक्स एलेस्टर र जिलियन सिमिवनले गोल गरे । भने, पाहुना टोली ब्राजिलका […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटको समूह चरण अन्तर्गत पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोर्यो । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । मलेसियाका लागि पहिलो हाफमा हेक्टर […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०२७ को छनोट चरण अन्तर्गत समूहको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । खेलको २९ औं मिनेटमा घरेलु टोलीले अग्रता […]