7 years ago
March 28, 2018
काठमाडौं (हाम्रो खेलकुद)– कतारमा मंगलबार राती यमनसँग २–१ ले पराजित भएसँगै एएफसी एसियन कप छनोट चरणमा नेपालको यात्रा टुंगिएको छ । समूह एफमा रहेको नेपालले एक वर्षमा खेलेका ६ मध्ये कुनै पनि खेल जित्न सकेन ।
२ खेलमा बराबरी गरेको नेपालअंकतालिकाको पुछारमा रहँदै छनोट टुंगाएको छ । समूहबाट फिलिपिन्स विजेता र यमन उपविजेताका रुपमा एसियन कपमा छनोट हुन सफल भएका छन् । फिलिपिन्स १२ अंक सहित शीर्ष स्थानमा रहँदै यमन १० अंकसहित दोस्रो स्थानमा रह्यो । ७ अंक जोडेको ताजकिस्तान पनि छनोट चरणबाट बाहिरिएको छ ।
एक पटक छनोट चरणबाट बाहिरिसकेको नेपालले एएफसी सोलिडारिटी कप विजेता बनेपछि एसियन कपको छनोट खेल्ने मौका पाएको थियो । ग्वामले नखेल्ने भएपछि नेपालले मौका पाएको थियो । छनोटमा ग्वामले नखेल्ने भएपछि नेपालले छनोट खेल्ने मौका पाएको हो ।
६ खेलमा ११ गोल खायो भने मात्र ३ गोल गर्यो । विशाल राई, विमल घर्ती मगर र नवयुग श्रेष्ठले मात्र छनोटमा गोल गर्न सके । विशालले फिलिपिन्स, विमलले ताजकिस्तान र नवयुगले यमनविरुद्ध गोल गरेका थिए । फिलिपिन्ससँग दुवै खेल गुमाएको नेपालले यमन र ताजकिस्तानसँगको खेल एउटा गुमाएको थियो भने अर्कोमा बराबरी गरेको थियो ।
एसियन कप छनोट चरणमा नेपालको प्रदर्शन
१.फिलिपिन्सविरुद्ध नेपाल (अवे) २८ मार्च २०१७, ४–१ (विशाल राई)
२. नेपालविरुद्ध यमन (होम), १३ जुन २०१७, ०–०
३. नेपालविरुद्ध ताजिकिस्तान (होम), ५ सेप्टेम्बर २०१७,१–२ (विमल घर्ती मगर)
४.ताजिकिस्तानविरुद्ध नेपाल (अवे), १० अक्टोवर २०१७,३–०
५.नेपालविरुद्ध फिलिपिन्स (होम), १४ नोभेम्वर २०१७,०–०
६.यमनविरुद्ध नेपाल (अवे), २७ मार्च २०१८,२–१ (नवयुग श्रेष्ठ)
March 26, 2025
एजेन्सी – ब्राजिललाई फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा पराजित गर्दै साविक विजेता अर्जेन्टिनाले विश्वकपमा स्थान बनाएको छ । बुधवार बिहान भएको खेलमा अर्जेन्टिनाले ब्राजिलमाथि ४-१ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज, एन्जो फर्नान्डेज, एलेक्स म्याक्स एलेस्टर र जिलियन सिमिवनले गोल गरे । भने, पाहुना टोली ब्राजिलका […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटको समूह चरण अन्तर्गत पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोर्यो । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । मलेसियाका लागि पहिलो हाफमा हेक्टर […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०२७ को छनोट चरण अन्तर्गत समूहको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । खेलको २९ औं मिनेटमा घरेलु टोलीले अग्रता […]