default_image

7 years ago

March 27, 2018

एसियन कप छनोटमा यमनसँग नेपालको हार

73 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले यमनसँगको हार सँगै एसियन कप छनोटको यात्रा अन्त्य गरेको छ । कतार स्पोर्टस क्लब सुहेन बिन हमाद रंगशालामा मंगलबार राती भएको यमनसँगको खेल नेपालले २–१ ले गुमाएको छ ।

यमनले २४ औं मिनेटमा अग्रता बनाएको थियो । तर, नेपालका लागि नवयुग श्रेष्ठको गोलमा नेपालले पहिलो हाफमा बराबरी गरेको थियो । खेल सकिन ६ मिनेट बाँकी रहँदा यमनले पेनाल्टीमा गोल गर्दा नेपाल पराजित हुन पुग्यो । ८३ औं मिनेटमा नेपालका कप्तान विराज महर्जनले यमनका खेलाडीलाई डि–बक्समा फाउल गरेपछि यमनले पेनाल्टी पाएको थियो । जसलाई यमनी खेलाडीले सदुपयोग गरे ।

छनोट चरणबाट बाहिरिसकेको नेपालको लागि यो खल प्रतिष्ठाको लागि मात्रै थियो । भने, यमनलाई एसियन कपमा छनोट हुनु नेपालविरुद्धको खेल जित्नै पर्ने दवाव थियो । जितसँगै यमन सन् २०१९ मा युएईंमा हुने एएफसी एसियन कपको लागि छनोट हुन सफल भएको छ । गत जेठमा नेपालले यमनलाई गोलरहित बराबरीमा रोकेको थियो ।

यमनसँग नेपालको यो चौथो भेट हो । सन् २००० को एसिया कप छनोटमा नेपाल यमनसँग ३–० ले पराजित भएको थियो । सन् २०१४ को मैत्रीपूर्ण खेलमा पनि नेपाल २–० ले पराजित भएको थियो । सन् २०१७ को एसियन कप छनोटमा भने नेपालले यमनलाई गोलरहित बराबरीमा रोक्न सफल भएको थियो ।

यमनविरुद्ध नेपाली टोली – किरण चेम्जोङ ९गोलकिपर०, विराज महर्जन ९कप्तान०, दीनेश राजवंशी, आदित्य चौधरी, अनन्त तामाङ, रोहित चन्द, विशाल राई, अन्जन विष्ट, सुजल श्रेष्ठ, नवयुग श्रेष्ठ (७०,जर्ज प्रिन्स कार्की), विमल घर्तीमगर(८४, सुमन लामा)

March 26, 2025

फिफाका पूर्व अध्यक्ष ब्लाटरसँगै प्लाटिनीले पाए सफाई

एजेन्सी – फिफाका पूर्व अध्यक्ष सेप ब्लाटर र फ्रान्सेली फुटबलर मिसेल प्लाटिनीले फिफामा भएको ठगी सम्बन्धित भ्रष्टाचारको आरोपमा सफाइ पाएका छन्। स्विजरल्याण्डको मुटेन्जस्थित एक अपिल अदालतले मंगलबार ब्लाटरले सन् २०११ मा प्लाटिनीलाई गरेको २० लाख स्विस फ्र्याङ्कको भुक्तानीमा कुनै अनियमितता नभएको ठहर गरेको छ। दुबैले लगातार आफू निर्दोष रहेको दाबी गर्दै आएका थिए। पहिलो पटक […]

March 26, 2025

ललितपुर सिटीका इमोह  र पापा आइपुगे

काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाटनेपाल सुपर लिग (एनएसएल) खेल्न  इमोह इजेकिएल र पापा इबोउ केबे आज नेपाल आइपुगेका छन्। ललितपुर गत संस्करणमा‌ च्याम्पियन हुँदा इमोह र पापा दुवै टोलीको सदस्य थिए। ६ गोल गर्दै इमोह   गोल्डेन बुट पनि जितेका थिए ।विजेता समेत हुन। धनगढी एफसी विरुद्धको‌ फाइनलमा उनले २ गोल गरेका थिए। इमोहले  […]

March 26, 2025

एन्फाको बजेट १ अर्ब ५६ करोड!

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठकले वैशाख २६ गते हुने साधारण सभामा डेढ अर्ब रुपैयाँको बजेट पेश गर्ने भएको छ । एन्फाले बुधबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार वैशाख २६ गते संघको नियमित साधारण सभा गर्ने उल्लेख गरिएको छ । उक्त सभामा वार्षिक कार्यक्रम तथा प्रतियोगिताका लागि अनुमानित बजेट […]

Success

Thank you for your time.