default_image

7 years ago

March 27, 2018

नेपाल र यमनको पहिलो हाफमा १–१ को बराबरी

65 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र यमनबीच एएफसी एसियन कप छनोटको समूह ‘एफ’ अन्तर्गत अन्तिम खेलको पहिलो हाफमा १–१ को बराबरी भएको छ । नवयुग श्रेष्ठको गोलमा नेपालले पहिलो हाफमा बराबरी गरेको थियो ।

करातमा जारी खेलको २४ औं मिनेटमा यमनले अग्रता लिएपनि मध्यान्तर हुन केहि समय बाँकी रहँदा नेपालले बराबरी गोल फर्काएको थियो । अब्दुलावासे अल मातारीले गोल गर्दै यमनलाई अग्रता दिलाएका थिए । तर पहिलो हाफको इन्जुरीमा नवयुगले गोल गर्दै खेललाई बराबरीमा पुर्याएका थिए ।

छनोट हुने सम्भावना सकिएकोले यस खेल नेपालका लागि प्रतिष्ठाका लागि हुनेछ । नेपाल समूहमा आफ्नो पहिलो जितको पर्खाइमा रहेको छ । अर्को तर्फ नेपाललाई पराजित गर्दै यमन एएफसी एसियन कपमा आफ्नो स्थान सुनिश्चित गर्न चाहन्छ ।

March 26, 2025

फिफाका पूर्व अध्यक्ष ब्लाटरसँगै प्लाटिनीले पाए सफाई

एजेन्सी – फिफाका पूर्व अध्यक्ष सेप ब्लाटर र फ्रान्सेली फुटबलर मिसेल प्लाटिनीले फिफामा भएको ठगी सम्बन्धित भ्रष्टाचारको आरोपमा सफाइ पाएका छन्। स्विजरल्याण्डको मुटेन्जस्थित एक अपिल अदालतले मंगलबार ब्लाटरले सन् २०११ मा प्लाटिनीलाई गरेको २० लाख स्विस फ्र्याङ्कको भुक्तानीमा कुनै अनियमितता नभएको ठहर गरेको छ। दुबैले लगातार आफू निर्दोष रहेको दाबी गर्दै आएका थिए। पहिलो पटक […]

March 26, 2025

ललितपुर सिटीका इमोह  र पापा आइपुगे

काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाटनेपाल सुपर लिग (एनएसएल) खेल्न  इमोह इजेकिएल र पापा इबोउ केबे आज नेपाल आइपुगेका छन्। ललितपुर गत संस्करणमा‌ च्याम्पियन हुँदा इमोह र पापा दुवै टोलीको सदस्य थिए। ६ गोल गर्दै इमोह   गोल्डेन बुट पनि जितेका थिए ।विजेता समेत हुन। धनगढी एफसी विरुद्धको‌ फाइनलमा उनले २ गोल गरेका थिए। इमोहले  […]

March 26, 2025

एन्फाको बजेट १ अर्ब ५६ करोड!

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठकले वैशाख २६ गते हुने साधारण सभामा डेढ अर्ब रुपैयाँको बजेट पेश गर्ने भएको छ । एन्फाले बुधबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार वैशाख २६ गते संघको नियमित साधारण सभा गर्ने उल्लेख गरिएको छ । उक्त सभामा वार्षिक कार्यक्रम तथा प्रतियोगिताका लागि अनुमानित बजेट […]

Success

Thank you for your time.