7 years ago
March 27, 2018
दिपक बोहोरा
पाँचथर– माइभ्याली गोल्डकप अर्को महिना आयोजना हुने भएको छ । इलामको ठूलो टुडिखेलमा वैशाख ६ गतेबाट सुरु हुने प्रतियोगितामा ए डिभिजन क्लब, भारतका २ र बंगलादेशको एक गरि १२ टोलीको सहभागिता रहने आयोजक माइभ्याली फुटबल क्लबले जानकारी दिएको छ ।
पुरस्कार राशीमा बृद्धि गरिएको प्रतियोगिताको विजेताले उपाधिसहित ५ लाख, दोस्रो हुने टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्ने सोमबार पत्रकार सम्मेलनमार्फत आयोजकले जानकारी दिए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले यामाहाको मोटरसाइकल पाउने जानकारी दिइएको छ ।
सर्वाधिक गोल कर्ताले २५ हजार पाउने प्रतियोगिताको प्रत्यक खेलको म्यान अफ दी म्याचले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । झन्डै ६५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगितामा रुस्लान थ्री स्टार क्लब, त्रिभुवन आर्मी, नेपाल पुलिस, एपिएप , लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी, सिएमजी क्लब संकटाको सहभागिता रहने बताइएको छ ।
त्यस्तै झापा ११, कास्की ११, आयोजक माइभ्याली, भारतको सिक्किम युनाइटेड, दुर्गापुर स्टिल कोलकाता र बंगलादेशको एएचए कामारुजले पनि प्रतिस्पर्धा गर्नेछन् । वैशाख १७ गते सम्म चल्ने प्रतियोगिताका लागि अस्थाई प्यारापिट बनाउने, मैदानलगायतका काम अन्तिम चरणमा पुगेको जनाइएको छ ।
February 8, 2025
हिमाल खरेल,बिर्तामोड सुनकला राईको ४ गोल मद्दतमा आयोजक बिर्तामोड नगरपालिकाले प्रथम झापा अन्तरपालिका महिला फुटबल प्रतियोगितामा सानदार सुरुवात गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा शनिवार उद्घाटन खेलमा बिर्तामोडले छिमेकी पालिका बुद्धशान्ति गाउँपालिकालाई ५-० गोल हरायो । एकोहोरो दबाब सिर्जना गरेको खेलमा बिर्तामोडका लागि सुनकलाले १० औं, १७ औं, १९ औंमा गोल गर्दैै ह्याट्रिक पूरा […]
February 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कीर्तिपुरस्थित नेपाल एपिएफ स्कुलमा जारी दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगितामा शनिवार आयोजक ‘बी’ टोली र ग्रिन भिलेज एजुकेशन फाउण्डेशनबिचको खेल २-२ बराबरीमा टुंगिएको छ। खेलमा ग्रिन भिलेजका स्वप्निल निल बस्नेतले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलएका थिए । सो पछि ग्रिन भिलेजबाट आत्मघाती गोल उपहार दिएपछि खेल […]
February 8, 2025
हिमाल खरेल, बिर्तामो सहिद स्मारक ‘बी’ डिभिजन क्लब प्लानिङ ब्वाइज काठमाडौं झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा आयोजक नव ज्योति युथ क्लबलाई १–० ले हराउँदै प्लानिङ ब्वाइज उपाधिनजिक पुगेको हो । प्लानिङ ब्वाइजका प्रताप राईले खेलको ५८ औँ मिनेटमा गरेको […]