default_image

7 years ago

March 27, 2018

रोहित, विमल र किरण सुरुवाती ११ मा

73 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोटको समूह ‘एफ’ अन्तर्गत अन्तिम खेलमा नेपाल यमन विरुद्ध खेल्दै छ । खेल नेपाली समय अनुसार ९ बजे सुरु हुने छ ।

समय: नेपाली समयअनुसार रातिको ९ बजे, २७ मार्च
स्थान: सुहिम बिन हमाद स्टेडियम, दोहा, कतार

छनोट हुने सम्भावना सकिएकोले यस खेल नेपालका लागि प्रतिष्ठाका लागि हुनेछ । नेपाल समूहमा आफ्नो पहिलो जितको पर्खाइमा रहेको छ । अर्को तर्फ नेपाललाई पराजित गर्दै यमन एएफसी एसियन कपमा आफ्नो स्थान सुनिश्चित गर्न चाहन्छ ।

सुरुवाती ११ मा गोलकिपरमा किरणले नै निरन्तरता पाएका छन् । त्यस्तै अनन्त तामाङ र आदित्य चौधरीले सेन्ट्रल डिफेन्सको जिम्मेवारी सम्हाने छन् । कप्तान विराज महर्जन र पुलिसका युवा खेलाडी दिनेश राजवंशी डिफेन्सको बायाँ र दायाँतिर खेल्ने छन् ।

पर्सिजा जाकार्तामा आबद्ध रोहित चन्दले डिफेन्सिभ मिडफिल्डरको भुमिका निर्वाह गर्ने छन् भने मिडफिल्डमा उनलाई मनाङका अनुभवी खेलाडी विशाल राईले साथ दिने छन् । विङमा अन्जन विष्ट र सुजल श्रेष्ठको भूमिका महत्त्वपूर्ण हुने छ भने फरवार्ड लाइन विमल घर्ती मगर र नवयुग श्रेष्ठले सम्हाल्ने छन् ।

नेपाली टोलीको सुरुवाती ११ – किरण चेम्जोङ (गोलकिपर), विराज महर्जन (कप्तान), दीनेश राजवंशी, आदित्य चौधरी, अनन्त तामाङ, रोहित चन्द, विशाल राई, अन्जन विष्ट, सुजल श्रेष्ठ, नवयुग श्रेष्ठ, विमल घर्तीमगर

March 30, 2025

प्यालेस र फरेस्ट एफए कपको सेमिफाइनलमा

एजेन्सी – क्रिस्टल प्यालेस र नटिङ्घम फरेस्ट शनिवार एफए कपको सेमिफाइनलमा प्रवेश गरेका छन् । एबेरेची इजेको एक गोल र एक असिस्टको मद्दतमा प्यालेसले फुलहमलाई ३-० ले हरायो । अर्को खेलमा गोलकिपर माट्ज सेल्स फरेस्टका लागि नायक बने। जसले उनले ४-३ को पेनाल्टी सुटआउट जित्न दुई बचाउ गरे। ब्राइटनसँगको खेल ०-० को बराबरीमा सकिएपछि टाइब्रेकर […]

March 30, 2025

बायर्नको अर्को जित

एजेन्सी – जर्मन बुन्डेसलिगामा शीर्ष स्थानको बायर्न म्युनिखले अर्को जित निकालेको छ । बायर्नले शनिवार सेन्ट पाउलीविरुद्ध ३–२ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा बायर्नलाई जित दिलाउन लिरोय सानेले २ र अर्को गोल ह्यारी केनले गरे । पाउलीका लागि इलियास साद र लार्स रिट्ज्काले गोल गरे । बायर्नले १७औं मिनेटमा केनको गोलबाट […]

March 30, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लियोनल मेसीले गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले शनिवार भएको खेलमा फिलाडेल्फिया युनियनमाथि २-१ को जित हात पार्यो । चेस स्टेडियममा भएको खेलमा मियामीको जितमा रोबर्ट टेलरले अर्को गोल गरे । फिलाडेल्फियाका डेनियल गजडागले गोल गरे । खेलको २३औं मिनेटमा टेलरको गोलमा मायमीले […]

Success

Thank you for your time.