default_image

7 years ago

March 27, 2018

मदन भण्डारी गोल्डकपमा एपिएफ बाहिरियो

70 views

0 Bookmark

दिपक न्यौपाने

बुटवल – विभागीय टोली एपिएफ क्लबलाई टाईब्रेकरमा पराजित गर्दै घरेलु टोली सुनौलो संगम क्लबले बुटवलमा जारी तेस्रो मदन भण्डारी अन्तर्राष्टिय गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा स्थान सुरक्षित गरेको छ ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमी प्रदेश नं. ५ को आयोजनामा बुटवल १२ रामनगरमा रहेको मानवज्ञान माविको खेल मैदानमा भएको क्वाटरफाइनल खेलमा विभागीय टिम एपिएफलाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गर्दै सुनौलो संगमले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । निर्धारित सयमको खेल २–२ को बराबरीमा सकिएपछि थप गरिएको समयमा पनि गोल हुन नसकेपछि खेल टाईब्रेकरमा पुगेको थियो ।

त्यसअघि पहिलो हाफमा एपिएफले अग्रता लिएको थियो । खेलको ४३ औं मिनेटमा युवराज खड्काले उत्कृष्ट गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । एक गोलले पछि परेको सुनौलो संगम दोस्रो हाफमा भने सुधारिएको खेल खेलेको थियो । खेलको ५४ औं मिनेटमा सुनौलो संगमका अमृत गुरुङले गोल गर्दै टिमलाई १–१ को स्थितीमा पुराएका थिए ।

बराबरी भएपछि निकै प्रतिस्पर्धात्मक खेलमा एपिएफका लागि खेलको ६७ औं मिनेटमा पुनः युवराज खड्काले गोल गर्दै टिमलाई २–१ को स्थितीमा पुराए । तर त्यसको ७ मिनेटमै सुनौलो संगमका आशिष गुरुङले पेनाल्टी मार्फत गोल गर्दै टिमलाई २–२ को स्थितीमा पुराए । निर्धारित ९० मिनेटको खेल बराबरी भएपछि १५ मिनेटको समय थप गरिएको थियो । सो समयमा गोल नभएपछि खेल टाईब्रेकरमा पुगेको थियो ।

प्रतियोगितामा प्रथम हुनेले नगद १५ लाख र द्वीतिय हुनेले नगद ७ लाख ५० हजार रुपैया प्राप्त गर्ने छन् । प्रतियोगितामा सेमिफाइनल पुग्ने २ टोलीले नगद १ लाख प्राप्त गर्नेछन् । त्यसैगरी सर्वोत्कृष्ट खेलाडिले मोटरसाईकल प्राप्त गर्ने आयोजकले जनाएको छ । उत्कृष्ट खेलाडि, उत्कृष्ट गोलकिपर , उत्कृष्ट गोलरक्षक, प्रशिक्षक, सर्वाधिक गोलकर्ता र उत्कृष्ट मध्यपंक्ति खेलाडिले नगद २१-२१ हजार प्राप्त गर्ने आयोजकको भनाई छ ।

१ करोड १० लाखको लागत अनुमान गरिएको प्रतियोगितामा आयोजक मदन भण्डारी स्पोर्टस, सुदुरपश्चिम कैलाली, नेपाल आर्मी, थ्रिस्टार क्लब, हिमालय एफसी मलेसिया, नेपाल पुलिस क्लब, मनाङ मस्याङदी, सुनौलो संगम, एपिएफ क्लब र झापा ११ को सहभागिता रहेको छ ।प्रतियोगिता अन्तर्गत चैत १४ गते ए डिभिजन क्लव थ्रीस्टार क्लब र विदेशी टिम हिमालय मलेसियाका बीच ३ बजे हुनेछ ।

February 8, 2025

अन्तरपालिका महिला फुटबल – बिर्तामोडको सानदार सुरुवात

हिमाल खरेल,बिर्तामोड सुनकला राईको ४ गोल मद्दतमा आयोजक बिर्तामोड नगरपालिकाले प्रथम झापा अन्तरपालिका महिला फुटबल प्रतियोगितामा सानदार सुरुवात गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा शनिवार उद्घाटन खेलमा बिर्तामोडले छिमेकी पालिका बुद्धशान्ति गाउँपालिकालाई ५-० गोल हरायो । एकोहोरो दबाब सिर्जना गरेको खेलमा बिर्तामोडका लागि सुनकलाले १० औं, १७ औं, १९ औंमा गोल गर्दैै ह्याट्रिक पूरा […]

February 8, 2025

एपिएफ ‘बी’ र ग्रिन भिलेजको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- कीर्तिपुरस्थित नेपाल एपिएफ स्कुलमा जारी दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगितामा शनिवार आयोजक ‘बी’ टोली र ग्रिन भिलेज एजुकेशन फाउण्डेशनबिचको खेल २-२ बराबरीमा टुंगिएको छ। खेलमा ग्रिन भिलेजका स्वप्निल निल बस्नेतले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलएका थिए । सो पछि ग्रिन भिलेजबाट आत्मघाती गोल उपहार दिएपछि खेल […]

February 8, 2025

प्लानिङ ब्वाइज फाइनलमा

हिमाल खरेल, बिर्तामो सहिद स्मारक ‘बी’ डिभिजन क्लब प्लानिङ ब्वाइज काठमाडौं झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा आयोजक नव ज्योति युथ क्लबलाई १–० ले हराउँदै प्लानिङ ब्वाइज उपाधिनजिक पुगेको हो । प्लानिङ ब्वाइजका प्रताप राईले खेलको ५८ औँ मिनेटमा गरेको […]

Success

Thank you for your time.