7 years ago
March 27, 2018
काठमाडौं (हाम्रो खेलकुद) – भक्तपुरका विभिन्न तीन क्लबहरुले भक्तपुर जिल्ला फुटबल संघविरुद्ध अदालतमा दायर गरेको मुद्दा फिर्ता लिएका छन् ।
भक्तपुर फुटबल संघ, भक्तपुर युनाइटेड क्लब र सिरुटार खेलकुद केन्द्र क्लबले मंगलबार संयुक्त रुपमा पत्रकार सम्मेलन गरी भक्तपुर जिल्ला अदालतमा जिल्ला फुटबल संघविरुद्ध हालेको रिट फिर्ता लिएको जानकारी गराए । भक्तपुर जिल्ला फुटबल संघविरुद्धको रिट फिर्ता लिएपनि संघविरुद्ध सच्चाइको लडाइँमा सधै लागि रहने क्लबहरूले बताएका छन् ।
पत्रकार सम्मेलनमा क्लबहरूले संयुक्त रुपमा प्रेस विज्ञप्ति निकाल्दै नेपाली फुटबल फिफाबाट पनि निलम्वनमा पर्न सक्ने बताउदै संघविरुद्धको मुद्दा फिर्ता लिएको र निर्वाचन निर्देशिकाको पालना गरी एन्फा चुनाव गराउन सबैलाई आग्रहसमेत गरेको छ ।
‘हामीले संघविरुद्ध हालेको मुद्धाको तथ्यलाई बङ्ग्याई वास्तविक तथ्यभन्दा फरक तवरबाट एन्फाको चुनाव रोकि पाउ भनी संघका अध्यक्ष गौतम सुजखु समेतले पाटन उच्च अदालतमा मुद्धा हालेको छ ।’ भक्तपुर फुटबल क्लबका राम प्रजापतिले भने, ‘नेपाली फुटबल तथा खेलाडीको भविष्य एवम् अन्तर्राष्ट्रिय जगतमा समेत नेपाली फुटबलको छवि धमिलिएको छ । हाम्रो कारणले नेपाली फुटबल धमिलिएको हेर्न चहादैनौ । त्यसैले भक्तपुर अदालतमा चलेको निषेधाज्ञा मुद्धा आजकै मितिबाट फिर्ता लिई एन्फाको चुनाव अविलम्व गराउन आग्रह गर्दछौं ।’
भक्तपुर जिल्ला फुटबल संघले निर्वाचन निर्देशिका पालना नगरी चुनाव गराएको आरोप क्लबहरुले लगाएको छ । भक्तपुर जिल्ला फुटबल संघ नियम र नीतिगत रुपमा नचलेको र आफूहरूलाई नसमेटेको भन्दै क्लबहरूले संघको गत माघमै निर्वाचन हुनुअघि अदालतमा मुद्दा हालेका थिए । संघको चुनाव माघ ४ मा भएको थियो । निर्वाचनबाट गौतम सुजखु निर्वाचित भएका थिए ।
अखिल नेपाल फुटबल संघ एन्फाको चुनाव नजिकिँदै गर्दा भक्तपुर जिल्ला फुटबल संघका अध्यक्ष गौत्तम सुजखु र मकवानपुर जिल्ला फुटबल संघले संयुक्त रुपमा ८ चैतमा एन्फाको चुनाव रोक्न पाटन उच्च अदालतमा मुद्दा दर्ता गरेका थिए । उच्च अदालतले तत्काल चुनाव रोक्न अन्तरिम आदेश जारी गरेपछि चैत्र १४ गते हुने भनिएको एन्फाको चुनाव अन्यौलमा परेको छ ।
February 8, 2025
हिमाल खरेल,बिर्तामोड सुनकला राईको ४ गोल मद्दतमा आयोजक बिर्तामोड नगरपालिकाले प्रथम झापा अन्तरपालिका महिला फुटबल प्रतियोगितामा सानदार सुरुवात गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा शनिवार उद्घाटन खेलमा बिर्तामोडले छिमेकी पालिका बुद्धशान्ति गाउँपालिकालाई ५-० गोल हरायो । एकोहोरो दबाब सिर्जना गरेको खेलमा बिर्तामोडका लागि सुनकलाले १० औं, १७ औं, १९ औंमा गोल गर्दैै ह्याट्रिक पूरा […]
February 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कीर्तिपुरस्थित नेपाल एपिएफ स्कुलमा जारी दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगितामा शनिवार आयोजक ‘बी’ टोली र ग्रिन भिलेज एजुकेशन फाउण्डेशनबिचको खेल २-२ बराबरीमा टुंगिएको छ। खेलमा ग्रिन भिलेजका स्वप्निल निल बस्नेतले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलएका थिए । सो पछि ग्रिन भिलेजबाट आत्मघाती गोल उपहार दिएपछि खेल […]
February 8, 2025
हिमाल खरेल, बिर्तामो सहिद स्मारक ‘बी’ डिभिजन क्लब प्लानिङ ब्वाइज काठमाडौं झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा आयोजक नव ज्योति युथ क्लबलाई १–० ले हराउँदै प्लानिङ ब्वाइज उपाधिनजिक पुगेको हो । प्लानिङ ब्वाइजका प्रताप राईले खेलको ५८ औँ मिनेटमा गरेको […]