7 years ago
March 27, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एसियन कप छनोट फुटबलमा नेपालले आज आफ्नो अन्तिम खेलमा यमनको सामना गर्दैछ । समूह एफअन्तर्गतको खेल कतार स्पोट्र्स क्लब सुहेन बिन हमाद रगंशालामा हुनेछ । दुई दिनअघि कतार पुगेको नेपालले त्यहि मैदानमा अभ्यास गरेको थियो ।
एसिया कप छनोटको होडबाट बाहिरिसकेको नेपालको लागि यस खेल प्रतिष्ठाको लागि मात्रै हुनेछ । यमनविरुद्धको खेलमा यो सिजन मैदानमा खासै जम्न नसकेका विमल घर्ती मगर र नवयुग श्रेष्ठले फरवार्डलाइन सम्हाल्ने सम्भावना छ । यमनविरुद्धको सम्भाविता ११ मा घरले फुटबलमा उच्च प्रदर्शन गरिरहेका सुनिल बलले मौका पाउने सम्भावना छ ।
मिडफिल्डमा सुनिलसँगै विशाल राई, रोहित चन्द र अन्जन विष्ट खेल्नेछन् । त्यस्तो कप्तान विराज महर्जनसहित आदित्य चौधरी, अनन्त तामाङ र दीनेश राजवंशीले रक्षापक्ति सम्हाल्नेछन् । नेपालका नम्बर एक गोलकिपर किरण चेम्जोङको पहिलो रोजाइमा यथावत छन् ।
नेपालका लागि भन्दा एसिया कप छनोटको दाबेदारी प्रस्तुत गरिरहेको यमनका लागि यो खेल महत्वपूर्ण छ । नेपाललाई हराएमा यमन एसिया कपमा छनोट हुनेछ । समूहमा फिलिपिन्स र ताजकिस्तान छन् । समूह चरणबाट शीर्ष दुई स्थानमा रहने टोलीले अर्को वर्ष युएईमा हुने एएफसी एसियन कपमा सहभागिता जनाउनेछन् ।
नेपाली टोलीको सम्भावित ११ – किरण चेम्जोङ (गोलकिपर), विराज महर्जन (कप्तान), दीनेश राजवंशी, आदित्य चौधरी, अनन्त तामाङ, रोहित चन्द, विशाल राई, अन्जन विष्ट, सुनिल बल, नवयुग श्रेष्ठ, विमल घर्तीमगर
February 8, 2025
हिमाल खरेल,बिर्तामोड सुनकला राईको ४ गोल मद्दतमा आयोजक बिर्तामोड नगरपालिकाले प्रथम झापा अन्तरपालिका महिला फुटबल प्रतियोगितामा सानदार सुरुवात गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा शनिवार उद्घाटन खेलमा बिर्तामोडले छिमेकी पालिका बुद्धशान्ति गाउँपालिकालाई ५-० गोल हरायो । एकोहोरो दबाब सिर्जना गरेको खेलमा बिर्तामोडका लागि सुनकलाले १० औं, १७ औं, १९ औंमा गोल गर्दैै ह्याट्रिक पूरा […]
February 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कीर्तिपुरस्थित नेपाल एपिएफ स्कुलमा जारी दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगितामा शनिवार आयोजक ‘बी’ टोली र ग्रिन भिलेज एजुकेशन फाउण्डेशनबिचको खेल २-२ बराबरीमा टुंगिएको छ। खेलमा ग्रिन भिलेजका स्वप्निल निल बस्नेतले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलएका थिए । सो पछि ग्रिन भिलेजबाट आत्मघाती गोल उपहार दिएपछि खेल […]
February 8, 2025
हिमाल खरेल, बिर्तामो सहिद स्मारक ‘बी’ डिभिजन क्लब प्लानिङ ब्वाइज काठमाडौं झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा आयोजक नव ज्योति युथ क्लबलाई १–० ले हराउँदै प्लानिङ ब्वाइज उपाधिनजिक पुगेको हो । प्लानिङ ब्वाइजका प्रताप राईले खेलको ५८ औँ मिनेटमा गरेको […]