7 years ago
March 26, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलकुदको सर्वोेच्च निकाय राष्ट्रिय खेलकुद परिषद (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) को बुधबारको लागि तय निर्वाचत स्थगितबारे चासो राख्दै एन्फासँग स्पष्टिकरण माग गरेको छ ।
राखेप अन्तर्गत खेलकुद विकास विभागले एन्फालाई सोमबार पत्र पठाउँदै निर्वाचन स्थगित गर्नुको कारण बारे स्पष्टीकरण सोधेको हो । एन्फाको चैत १४ का लागि तय भएको केन्द्रिय कार्यसमितिको निर्वाचन आइतबार सूचना टाँसेर स्थगित गरिएको थियो ।
‘निर्वाचन स्थगित भएकोबारे विभिन्न पत्रपत्रिका, अनलाइन, टिभी र रेडियोबाट बुझिन आएको छ । खास के भएको हो । परिषद्लाई किन जानकारी दिइएन ’ खेलकुद विकास विभागका प्रमुख कुलबहादुर थापाले पठाएको पत्रमा भनिएको छ, ‘परिषद्लाई अबिलम्ब स्पष्ट जानकारी गराउनुका साथै सम्मानित अदालतबाट भएको आदेशको समेत सम्मान हुने गरी यथाशीघ्र विवाद समाधान गरी १६ औं एन्फा कांग्रेस ९साधारण सभा० बैठक तथा कार्यकारिणी समितिको निर्वाचन सम्पन्न गर्न हुन जानकारी गराइन्छ ।’
उच्च अदालत पाटनले बिहीबार एन्फा निर्वाचन तत्कालका लागि रोक्न दिएको आदेशको सम्मान गर्दै अर्को सूचना नभएसम्मका लागि निर्वाचन स्थगित गरिएको एन्फा निर्वाचन समितिले जनाएको थियो । भक्तपुर र मकवानपुर जिल्ला फुटबल संघको तर्फबाट दायर गरेको रिटमा उच्च अदालतका न्यायाधीश राजकुमार वनको इजलासले चैत १४ लाई तय भएको एन्फाको निर्वाचन तत्काल रोक्न आदेश दिएको थियो ।
१७ सदस्यीय केन्द्रिय समितिका लागि एन्फा निर्वाचनमा वरिष्ठ उपाध्यक्ष मणी कुँवर र पूर्व उपाध्यक्ष कर्माछिरिङ शेर्पा पक्षबीच प्रतिस्पर्धा हुँदैछ । महिला सदस्य भने निर्विरोध भइसकेको छ ।
February 8, 2025
हिमाल खरेल,बिर्तामोड सुनकला राईको ४ गोल मद्दतमा आयोजक बिर्तामोड नगरपालिकाले प्रथम झापा अन्तरपालिका महिला फुटबल प्रतियोगितामा सानदार सुरुवात गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा शनिवार उद्घाटन खेलमा बिर्तामोडले छिमेकी पालिका बुद्धशान्ति गाउँपालिकालाई ५-० गोल हरायो । एकोहोरो दबाब सिर्जना गरेको खेलमा बिर्तामोडका लागि सुनकलाले १० औं, १७ औं, १९ औंमा गोल गर्दैै ह्याट्रिक पूरा […]
February 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कीर्तिपुरस्थित नेपाल एपिएफ स्कुलमा जारी दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगितामा शनिवार आयोजक ‘बी’ टोली र ग्रिन भिलेज एजुकेशन फाउण्डेशनबिचको खेल २-२ बराबरीमा टुंगिएको छ। खेलमा ग्रिन भिलेजका स्वप्निल निल बस्नेतले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलएका थिए । सो पछि ग्रिन भिलेजबाट आत्मघाती गोल उपहार दिएपछि खेल […]
February 8, 2025
हिमाल खरेल, बिर्तामो सहिद स्मारक ‘बी’ डिभिजन क्लब प्लानिङ ब्वाइज काठमाडौं झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा आयोजक नव ज्योति युथ क्लबलाई १–० ले हराउँदै प्लानिङ ब्वाइज उपाधिनजिक पुगेको हो । प्लानिङ ब्वाइजका प्रताप राईले खेलको ५८ औँ मिनेटमा गरेको […]