default_image

7 years ago

March 26, 2018

मदन भण्डारी गोल्डकप – आर्मी आयोजकको सामना गर्दै

46 views

0 Bookmark

बुटवल (हाम्रो खेलकुद) – वर्षको सर्वाधिक सफल टोली त्रिभुवन आर्मी क्लबले मोसफलको सर्वाधिक पुरस्कार राशीको मदन भण्डारी गोल्डकप फुटबल प्रतियोगिताको पहिलो क्वार्टरफाइनलमा आज आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीको सामना गर्दैछ ।

आर्मीका नवयुग श्रेष्ठ । फाइल तस्बिर

 

आयोजक सुदूरपश्चिम ११ लाई पराजित गर्दै अघि बढेको हो भने आर्मी सोझै अन्तिम आठमा खेल्दैछ । फागुन २८ मा झापा गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको आर्मी त्यसयता पहिलो पटक मैदानमा उत्रदैछ । यद्दपी झापा गोल्डकपकै भोली पल्ट आर्मीको दोस्रो रोजाईको टोलीले २० औं तिलोत्तमा गोल्ड कप खेलेको थियो । जहाँ टोली पहिलो खेलमै पराजित भएको थियो ।

मदन भण्डारीसहित यो वर्ष १० लाख रुपैयाँ भन्दा बढीका ४ प्रतियोगितामध्ये २ वटा उपाधि आर्मी र एउटा उपाधि रुस्लान थ्री स्टार क्ललबे जितेको थियो । आर्मीले ११ लाख ११ हजार १ सय ११ रुपैयाँको नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कप र १२ लाख ५१ हजार रुपैयाँको झापा गोल्ड कप जितेको थियो । थ्री स्टारले १२ लाख रुपैयाँ पुरस्कारको मदन भण्डारी स्मृति इटहरी गोल्ड कप जितेको थियो ।

आर्मीले यो सिजन ७ वटा नकआउट प्रतियोगिताको उपाधि जित्दा थ्री स्टारले ३, लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी र नेपाल पुलिस क्लबले २ तथा एपिएफले एउटा उपाधि जितेका छन् । यी सबै टोली मदन भण्डारी गोल्ड कपमा सहभागी छन् । एपिएफ हिजो मात्र झापा ११ लाई हराउँदै प्रतियोगिताको अन्तिम आठमा पुगिसकेको छ ।

मदन भण्डारी गोल्ड कपको विजेताले १५, दोस्रो हुनेले ७ लाख ५० हजार तथा सेमिफाइनल पुग्ने टोलीले समान १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । १८ गते सम्म चल्ने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटसाइकल पाउनेछन् ।

October 8, 2024

साफ च्याम्पियनसिपका लागि तयारी अघि बढाउँदै एन्फा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ साफको तालिका अनुसार साफ वुमन्स च्याम्पियनसिप फुटबलको तयारी अघि बढिरहेको अखिल नेपाल फुटबल संघ ( एन्फा) ले जनाएको छ।साफ कात्तिक १ देखि १४ गते सम्म दशरथ रंगशालामा हुँदैछ। दशरथ रंगशालाको स्तर सुधार गर्न समय अझै केहि दिन रहेको एन्फाले जनाएको छ। असोज १८ र १९ गते दशरथ रंगशालामा […]

October 8, 2024

घटनाको छानबिन र कारवाहीपछि मात्र प्रियांशको परिवारले एन्फाकोआर्थिक सहयोग लिने

काठमाडौं (हाम्रो खेलकुद )- सिस्नेरीको पहिरोमा परेर मृत्यु भएका एन्फा एकेडेमीका ६ युवा खेलाडी मध्ये प्रियांश आचार्यको परिवारले घटनाको सत्यतथ्य छानबिन गरेपछि मात्र अखिल नेपाल फुटबल संघ (एन्फा) ले दिने आर्थिक सहयोग बुझ्ने बताएको छ‌। एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहितको टोली सोमवार धादिङ गल्छी गाउँपालिका ३ प्रियांशको घर पुग्दा उनको परिवारले तत्काल रकम लिन अस्वीकार […]

October 7, 2024

भेट्रान्स कप फुटबल अर्को महिना

काठमाडौं (हाम्रो खेलकुद) – फुटबल मिसन टुगेदरको‌ आयोजनामा दोस्रो भेट्रान्स कप फुटबल प्रतियोगिता हुने भएको छ ।  ४० वर्ष माथिका फुटबलरहरुको सहभागिता रहने प्रतियोगिता कात्तिक ३ गतेदेखि ११ गतेसम्म मध्यपुर फुटबल मैदानमा हुनेछ । अखिल नेपाल फुटबल संघ(एन्फा)को प्राविधिक सहयोग रहने प्रतियोगितामा २१ टोलीको सहभागिता रहने सोमवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। प्रतियोगिताको आयोजनाका लागि […]

Success

Thank you for your time.