default_image

7 years ago

March 26, 2018

‘मेस्सीको छायाँमा परेको छैन’– अगुएरो

34 views

0 Bookmark

लण्डन (एजेन्सी) –म्यानचेस्टर सिटी तथा अर्जेन्टिनाका फुटबल स्टार सर्जियो अगुएरोले आफु लियोनल मेस्सीको छायाँमा नपरेको बताएका छन् । प्रिमियर लिगमा चर्चामा रहेका अगुएरोले राष्ट्रिय टोलीबाट खेल्दा मेस्सीको छायाँमा परेको महसुस कहिल्यै नगरेको बताएका छन् ।

इटालीसँग शुक्रबारको मैत्रीपूर्ण खेलमा भने मेस्सी र अगुएरो चोटका कारण सामेल भएनन् । यद्दपी खेल अर्जेन्टिनाले इटालीलाई २–० ले हराएको थियो । अगुएरोले मेस्सीसँग खेल्दा छायाँमा पर्ने भन्दा पनि धेरै सिक्न पाइने बताएका छन् । उनले मेस्सी विना राष्ट्रिय टोलीको प्रदर्शनमा फरक पर्ने पनि बताएका छन् ।

मेस्सी विनाको नाइजेरियासँगको मैत्रीपूर्ण खेल गुमाएको स्मरण गर्दै उनले भने, ‘मेस्सी अर्जेन्टिनाको एक होनाहर खेलाडी हुन् । उनीबाट सबैले सिक्न सकिन्छ ।” नाइजेरियाविरुद्ध पहिलो हाफमा गोल गरेका अगुएरो मध्यान्तरमा बेहोस भएका थिए । पहिलो हाफमा २–१ ले अग्रता लिएको उक्त खेलमा अर्जेन्टिना अन्तमा ४–२ ले पराजित भएको थियो ।

अगुएरोले भने, “अर्जेन्टिनाले डिएगो म्याराडोना, ग्राभिएल बाटिस्टुटा, लिओनल मेस्सी, स्टेफानो फुटबल इतिहासमा नाम लेखाउने स्टारहरुलाई जन्माएको छ । उनीहरुको छायाँमा न कोही खेलाडी परेका थिए, न म मेस्सीको छायाँमा परेको छु । त्यो सबै बाहिरी दृष्टिकोण मात्रै हो । ’

October 8, 2024

साफ च्याम्पियनसिपका लागि तयारी अघि बढाउँदै एन्फा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ साफको तालिका अनुसार साफ वुमन्स च्याम्पियनसिप फुटबलको तयारी अघि बढिरहेको अखिल नेपाल फुटबल संघ ( एन्फा) ले जनाएको छ।साफ कात्तिक १ देखि १४ गते सम्म दशरथ रंगशालामा हुँदैछ। दशरथ रंगशालाको स्तर सुधार गर्न समय अझै केहि दिन रहेको एन्फाले जनाएको छ। असोज १८ र १९ गते दशरथ रंगशालामा […]

October 8, 2024

घटनाको छानबिन र कारवाहीपछि मात्र प्रियांशको परिवारले एन्फाकोआर्थिक सहयोग लिने

काठमाडौं (हाम्रो खेलकुद )- सिस्नेरीको पहिरोमा परेर मृत्यु भएका एन्फा एकेडेमीका ६ युवा खेलाडी मध्ये प्रियांश आचार्यको परिवारले घटनाको सत्यतथ्य छानबिन गरेपछि मात्र अखिल नेपाल फुटबल संघ (एन्फा) ले दिने आर्थिक सहयोग बुझ्ने बताएको छ‌। एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहितको टोली सोमवार धादिङ गल्छी गाउँपालिका ३ प्रियांशको घर पुग्दा उनको परिवारले तत्काल रकम लिन अस्वीकार […]

October 7, 2024

भेट्रान्स कप फुटबल अर्को महिना

काठमाडौं (हाम्रो खेलकुद) – फुटबल मिसन टुगेदरको‌ आयोजनामा दोस्रो भेट्रान्स कप फुटबल प्रतियोगिता हुने भएको छ ।  ४० वर्ष माथिका फुटबलरहरुको सहभागिता रहने प्रतियोगिता कात्तिक ३ गतेदेखि ११ गतेसम्म मध्यपुर फुटबल मैदानमा हुनेछ । अखिल नेपाल फुटबल संघ(एन्फा)को प्राविधिक सहयोग रहने प्रतियोगितामा २१ टोलीको सहभागिता रहने सोमवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। प्रतियोगिताको आयोजनाका लागि […]

Success

Thank you for your time.