7 years ago
March 25, 2018
काठमाडौं (हाम्रो खेलकुद)– विभिन्न आशंकाबीच यसै साताका लागि तय भएको अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचन स्थगित भएको छ । उच्च अदालत पाटनलेले एन्फाको निर्वाचन नगराउनु भन्ने आदेशलाई आधार मान्दै एन्फाले अर्को सुचना नभएसम्मका लागि निर्वाचन स्थगित भएको आइतबार प्रेस विज्ञप्तीमार्फत जानकारी गराएको छ ।
एन्फा निर्वाचन चैत १४ गतेका लागि तय भएको थियो । एन्फालाई विपक्षी बनाई भक्तपुर र मकवानपुर जिल्ला फुटबल संघले दायर गरेको रिटको सुनुवाईमा उच्च अदालत पाटनले एन्फा निर्वाचन नगराउन आदेश जारी गरेको थियो । उच्च अदालतको आदेशपछि पनि विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) ले भने एन्फालाई चैत १४ गते नै निर्वाचन गर्न पत्राचार गरेको थियो ।
भक्तपुर जिल्ला फुटबल संघका अध्यक्ष गौतम सुखजु र मकवानपुर जिल्ला फुटबल संघका उपाध्यक्ष मनिष श्रेष्ठले आफूहरुलाई जिल्ला निर्वाचनमा सहभागिताबाट बञ्चित गराएको भन्दै चैत ७ गते रिट दायर गरेका थिए । न्यायाधीश राजकुमार वनको एकल इजलासले अन्तरिम आदेश जारी गर्दै विपक्षी एन्फालाई १५ दिनभित्र कारण देखाउ आदेश जारी गरेपछि एन्फाको निर्वाचन अन्योलमा परेको थियो ।
फिफाले चैत १४ गतेलाई निर्वाचनको अन्तिम सिमा भन्दै अन्यथा नर्मलाइजेसन कमिटी बनाउने चेतावनी दिएको थियो । पटकपटक ताकेता गर्दा पनि निर्वाचन नगरेपछि फिफाले निर्वाचन गरेर नयाँ कार्यसमिति नआएसम्मका लागि एन्फा निलम्बन गर्न सक्छ , एन्फाका प्रवक्ता सञ्जिव मिश्रले भने भन्छन्, ‘सम्भावना रहन्छ ।’ तर, फिफाको अहिलेसम्मको प्रचलन अनुसार यति सामान्य घटनामा निलम्बनसम्मको अवस्था आइहाल्दैन ।’
मिश्रले अगाडि भने, ‘निलम्बन भनेको फिफाको अन्तिम विकल्प हो, उसले अहिले नै त्यो अस्त्र प्रयोग गरिहाल्छ जस्तो मलाइ लाग्दैन, किनभने १५–२० दिन एक महिनामा निर्वाचन गर्न सकियो भने फिफाले अवसर दिन सक्छ ।’ एन्फाको निर्वाचनमा अध्यक्षको लागि वरिष्ठ उपाध्यक्ष मणि कुवर र पूर्व उपाध्यक्ष कर्माछिरिङ शेर्पाको प्यानलसहित चुनावी मैदानमा छन् ।
एएफसीको टोली भोली नेपाल आउने
यसैबीच एन्फाको निर्वाचन रोकिएको बारे थप जानकारी र अध्ययनको लागि एएफसीको टोली सोमबार नेपाल आउने एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठले जानकारी गराए ।
‘हामीले नेपालको प्रचलित कानुनअनुसार एन्फाको निर्वाचन तोकिएकै मितिमा गर्न नसक्ने आशयको पत्र पठाएपछि एएफसीको टोली सोमबार नेपाल आउन लागेका हुन् ’ अध्यक्ष श्रेष्ठले भने, ‘एएफसीका एसोसिएट राष्ट्रका निर्देशक रविकुमारसहितको एएफसी टोली सोमबार नेपाल आइपुग्नेछ । ’ एएफसी टोलीले पछिल्लो घटनाक्रमका बारेमा अध्ययन गरेपछि निर्वाचनका विषयमा थप प्रष्ट हुने बताइएको छ ।
March 30, 2025
एजेन्सी – क्रिस्टल प्यालेस र नटिङ्घम फरेस्ट शनिवार एफए कपको सेमिफाइनलमा प्रवेश गरेका छन् । एबेरेची इजेको एक गोल र एक असिस्टको मद्दतमा प्यालेसले फुलहमलाई ३-० ले हरायो । अर्को खेलमा गोलकिपर माट्ज सेल्स फरेस्टका लागि नायक बने। जसले उनले ४-३ को पेनाल्टी सुटआउट जित्न दुई बचाउ गरे। ब्राइटनसँगको खेल ०-० को बराबरीमा सकिएपछि टाइब्रेकर […]
March 30, 2025
एजेन्सी – जर्मन बुन्डेसलिगामा शीर्ष स्थानको बायर्न म्युनिखले अर्को जित निकालेको छ । बायर्नले शनिवार सेन्ट पाउलीविरुद्ध ३–२ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा बायर्नलाई जित दिलाउन लिरोय सानेले २ र अर्को गोल ह्यारी केनले गरे । पाउलीका लागि इलियास साद र लार्स रिट्ज्काले गोल गरे । बायर्नले १७औं मिनेटमा केनको गोलबाट […]
March 30, 2025
एजेन्सी – कप्तान लियोनल मेसीले गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले शनिवार भएको खेलमा फिलाडेल्फिया युनियनमाथि २-१ को जित हात पार्यो । चेस स्टेडियममा भएको खेलमा मियामीको जितमा रोबर्ट टेलरले अर्को गोल गरे । फिलाडेल्फियाका डेनियल गजडागले गोल गरे । खेलको २३औं मिनेटमा टेलरको गोलमा मायमीले […]