7 years ago
March 25, 2018
दिपक न्यौपाने
बुटवल – नेपाल एपिएफ क्लब तेस्रो मदन भण्डारी गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । नवीन लामाको ह्याट्रिकको मद्दतमा आएतबार रमपम झापा ११ लाई ४–२ ले हराउँदै एपिएफ प्रतियोगिताको अन्तिम आठमा पुगेको हो ।
बुटवलको रामनगर स्थित मानव ज्ञान माविको मैदानमा भएको खेलमा कर्ण लिम्बुको गोलबाट झापाले पाँचौं मिनेटमा अग्रता लिएको थियो । एपिएफका रामकुमार कुमालले १८ औ मिनेटमा गोल गदै १–१ को बराबरीमा पुर्याए । झापाका डिफेन्डर डिलेन लोक्तानले ३५ औं मिनेटमा पेनाल्टी बक्समा फाउल हानेपछि एपिएफले पेनाल्टी पाएको थियो ।
नविनले पेनाल्टीमा गोल गदै टोलीलाई २–१ को अग्रता दिलाए । झापाले दोश्रो हाफ पछि अर्को गोल गदै २–२ को बराबरी गर्यो । कर्णले हेडमार्फत दिएको पासलाई सदुपयोग गर्ने क्रममा खमिर गिल्सन खन्डवाले हेडमार्फत नै ५७ औं मिनेटमा बराबरी गोल गरे ।
झापाको कमजोर रक्षापक्तिको फाइदा उठाउँदै नवीनले ६१ औं मिनेटमा गोल गरेपछि एपिएफले अग्रतलाई ३–२ बनायो । नवीनले खेल सकिन एक मिनेट बाँकी रहँदा अर्को गोल गर्दै ह्याट्रिक पुरा गरे भने टोलीलाई जित दिलाए । खेलको म्यान अफ दी म्याच बनेका नवीनले १० हजार रुपैयाँ प्राप्त गरे ।
झापाका प्रशिक्षक प्रवेश कटवालले ओभर कन्फिडेन्सका कारण खेल गुमाउनु परेको बताए । उनले भने, ‘हामीले पहिलो गोल गरे पछि इज्जी लियौं,त्यहिनै हारको मुख्य कारण बन्यो । पहिलो हाफमा पाएका अवसरहरु टिम स्प्रीट गुमाएका कारण गोलमा परिणत गर्न सकेनौं ।’ एपीएफका प्रशिक्षक रत्नकाजी महर्जनले भने, ‘शुरुवात रिदम बिग्रिएका कारण गोल खानु परेको हो । तर हामी कमब्याक गर्ने क्षमता राख्छै । आजको परिणाम पनि त्यस्तै हो ।’
मदन भण्डारी गोल्डकपमा सोमबारको पहिलो क्वार्टरफाइनल
त्रिभुवन आर्मीविरुद्ध मदन भण्डारी स्पोर्टस एकेडेमी
March 30, 2025
एजेन्सी – क्रिस्टल प्यालेस र नटिङ्घम फरेस्ट शनिवार एफए कपको सेमिफाइनलमा प्रवेश गरेका छन् । एबेरेची इजेको एक गोल र एक असिस्टको मद्दतमा प्यालेसले फुलहमलाई ३-० ले हरायो । अर्को खेलमा गोलकिपर माट्ज सेल्स फरेस्टका लागि नायक बने। जसले उनले ४-३ को पेनाल्टी सुटआउट जित्न दुई बचाउ गरे। ब्राइटनसँगको खेल ०-० को बराबरीमा सकिएपछि टाइब्रेकर […]
March 30, 2025
एजेन्सी – जर्मन बुन्डेसलिगामा शीर्ष स्थानको बायर्न म्युनिखले अर्को जित निकालेको छ । बायर्नले शनिवार सेन्ट पाउलीविरुद्ध ३–२ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा बायर्नलाई जित दिलाउन लिरोय सानेले २ र अर्को गोल ह्यारी केनले गरे । पाउलीका लागि इलियास साद र लार्स रिट्ज्काले गोल गरे । बायर्नले १७औं मिनेटमा केनको गोलबाट […]
March 30, 2025
एजेन्सी – कप्तान लियोनल मेसीले गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले शनिवार भएको खेलमा फिलाडेल्फिया युनियनमाथि २-१ को जित हात पार्यो । चेस स्टेडियममा भएको खेलमा मियामीको जितमा रोबर्ट टेलरले अर्को गोल गरे । फिलाडेल्फियाका डेनियल गजडागले गोल गरे । खेलको २३औं मिनेटमा टेलरको गोलमा मायमीले […]