default_image

7 years ago

March 25, 2018

यस साताका ५ रोमाञ्चक मैत्रीपूर्ण खेलहरु

44 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलहरु अन्तर्गत अघिल्लो साता केहि रोमाञ्चक खेलहरु खेलिएका थिए । यस साता भने ती खेलहरु भन्दा अझै रोमाञ्चक खेलहरु खेलिँदै छन् । जान्नुहोस् ती ५ छुटाउनै नहुने महत्त्वपूर्ण खेलहरु:

५. रुस विरुद्ध फ्रान्स
समय: २७ मार्च नेपाली समयअनुसार रातिको ९.३५ बजे

France Euro cup

यस साता फ्रान्स कोलम्बियासँग ३-२ ले पराजित भएको थियो । विश्वकपको बलियो दाबेदार मानिएको फ्रान्सका लागि आफ्नो अभियानमा यो ठुलो धक्का पनि हो । यस साता रुससँग फ्रान्सले केहि नयाँ शैली अप्नाउने र नयाँ अनुहारहरुलाई अवसर दिने सम्भावना पनि रहेको छ । विश्वकपको आयोजक रहेको रुस भने ब्राजिलसँग ३-० ले पराजित भएको थियो ।

४. पोर्चुगल विरुद्ध नेदरल्यान्ड्स
समय: २७ मार्च नेपाली समयअनुसार बिहानको १२.१५ बजे

केही वर्षयता नेदरल्यान्ड्सको खराब लय जारी रहेको छ । यसकारण नेदरल्यान्ड्स विश्वकपमा समेत छनोट हुन सकेन त्यसैले नेदरल्यान्ड्स टोली पुननिर्माणमा जुटेको छ । अर्को तर्फ पोर्चुगलले आश्चर्यजनक तरिकाले युरोकप जितेपछि विश्वकप जित्ने सपना पनि देख्न थालेको छ । नेदरल्यान्ड्स विरुद्ध फराकिलो जितसहित पोर्चुगल आफूलाई दाबेदारको रुपमा उभ्याउन चाहन्छ ।

अघिल्लो मैत्रीपूर्ण खेलमा पोर्चुगल इजिप्टसँग २-१ ले विजयी भएको थियो जसमा क्रिस्टियानो रोनाल्डोले इन्जुरी समयमा दुई गोल गरेका थिए । यस खेलमा पनि रोनाल्डोबाट त्यस्तै प्रदर्शनको अपेक्षा गरिने छ । अर्को तर्फ नेदरल्यान्ड्स भने इंग्ल्यान्डसँग १-० ले पराजित भएको थियो ।

३. इंग्ल्यान्ड विरुद्ध इटाली
समय: २८ मार्च नेपाली समयअनुसार बिहानको १२.४५ बजे

england

इंग्ल्यान्डको टोली स्टारहरुले भरिपूर्ण रहेको छ । तर सधै तालमेल र रक्षात्मक खेल इंग्ल्यान्डको कमजोरी देखिएको छ । यस विश्वकपमा इंग्ल्यान्ड सो बदल्न चाहन्छ । अघिल्लो खेलमा नेदरल्यान्ड्सलाई १-० ले हराएको इंग्ल्यान्ड अब अर्को विश्वकपमा छनोट हुन असफल इटालीसँग भिड्दै छ । अघिल्लो मैत्रीपूर्ण खेलमा अर्जेन्टिनासँग २-० ले पराजित भएको इटाली भने सो प्रदर्शनबाट सिक्दै सुधारिएको प्रदर्शन गर्न लागि पर्ने छ ।

२. स्पेन विरुद्ध अर्जेन्टिना
समय: २८ मार्च नेपाली समयअनुसार बिहानको १.१५ बजे

पछिल्लो मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले इटालीलाई २-० ले पन्छ्याउन सफल रह्यो । तर यस खेल अर्जेन्टिनाका लागि अझै ठूलो चुनौतिको रुपमा हुने छ । सन् २०१० को विश्वकप विजेता स्पेनले आफ्नो अघिल्लो खेलमा साविक विश्वकप विजेता जर्मनीसँग १-१ को बराबरी खेलेको थियो ।स्पेनको यस टोलीसँग प्रतिभा र जोसको कमी छैन । लियोनल मेस्सी सम्मिलित अर्जेन्टिना पनि विश्वकप अघि स्पेनसँगको यस महत्त्वपूर्ण खेलमा सकारात्मक नतिजा निकाल्दै लयमा रहन चाहन्छ ।

१. ब्राजिल विरुद्ध जर्मनी
समय: २८ मार्च नेपाली समयअनुसार बिहानको १२.३० बजे

ब्राजिल र जर्मनी भिड्दा विश्वकप सबैभन्दा धेरै पटक जितेका दुई टोली मैदानमा उत्रिने छन् । ब्राजिल ५ पटकको विश्वकप विजेता हो भने साविक जर्मनी ४ पटकको विश्व विजेता हो । अघिल्लो खेलमा ब्राजिलले रुसलाई सजिलैले पराजित गरेको थियो भने जर्मनीले पनि बलियो स्पेनको टोलीसँग १-१ को बराबरी खेलेको थियो । यस खेल भने विशेष हुनेछ किनभने सन् २००२ को विश्वकप फाइनलकोको यो ‘रिक्याप’ पनि हुनेछ । जर्मनी भने यस पटक नतिजा आफ्नो पक्षमा गएको देख्न चाहन्छ । ब्राजिल अघिल्लो विश्वकपमा ७-१ को लज्जास्पद हारको बदला लिने दाउमा पनि हुने छ ।

यस पटकको विश्वकपका अग्र दाबेदार मानिएका ब्राजिल र जर्मनीको यो खेल यस साताको सबैभन्दा अपेक्षित खेल पनि हुने छ । यस खेलमा विजयी हुने टोलीले आफ्नो विश्वकप अभियानमा पक्कै पनि ठूलो प्रोत्साहन पाउने छ ।

(एजेन्सीको सहयोगमा)

September 30, 2024

एन्फा भन्छ- ‘६ युवा खेलाडीको स-सम्मान अन्त्येष्टि गरिनेछ’

काठमाडौं (हाम्रो खेलकुद)- वर्षाका कारण आएको पहिरो परि मृत्यु भएका एन्फा एकेडेमी सिस्नेरीका ६ युवा खेलाडीको अन्तिम संस्कारका लागि प्रक्रिया अघि बढाइएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। असोज ११ र १२ गतेको वर्षाका कारण मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका वडा नं ३ स्थित श्री वात्सल्य देवी उच्च माविको प्रशिक्षण केन्द्रबाट सुरक्षित स्थानतर्फ जाँदै […]

September 30, 2024

युनाइटेडमाथि टोटनहमको जित

एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिएल) म्यानचेस्टर युनाइटेड टोटनहम ह्ट्सपरसँग पराजित भएको छ । आइतवार राति भएको खेलमा युनाइटेड टोटनहमसँग ३-० ले पराजित भएको हो । इपिएलमा युनाइटेडको यो तेस्रो हार हो। युनाइटेडको मैदानमा टोटनहमलाई जित दिलाउन ब्रेनन जोनसन, डेजन कुलुसेभस्की र डोमिनिक सोन्लकेले गोल गरे । खेलको तेस्रो मिनेटमा नै जोनसनले गोल गर्दै टोटनहमलाई अग्रता […]

September 29, 2024

नेपालले ओमानलाई दियो चुनौतीपूर्ण लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपालले ओमानलाई जितका लागि १ सय ७७ रनको चुनौतीपुर्ण लक्ष्य दिएको छ । क्यानडाको किंग सिटी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रनको योगफल तयार गर्यो । नेपालका लागि गुलशन झाले १७ बलमा ३ […]

Success

Thank you for your time.