default_image

7 years ago

March 24, 2018

माल्दिभ्समा सावित्रासँगै अनिताको पनि गोल

68 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी र मिडफिल्डर अनिता बस्नेत सम्मिलित पुलिस क्लबले माल्दिभ्समा १८/३० महिला फुटसल फिस्टामा लगातार दोस्रो जित हासिल गरेको छ । पुलिस क्लबले शनिबार भएको खेलमा इकोनोमिक डेभल्पमेन्टलाई १७–० को फराकिलो अन्तरले हराएको छ ।

जितमा नेपाली खेलाडीको भूमिका महत्वपूर्ण रह्यो । उम्कोलाई ३–० ले हराएको पहिलो खेलमा १ गोल गरेकी सावित्राले इकोनोमिकविरुद्ध एक्लै ८ गोल गरेकी छन्  । सावित्राले हाम्रो खेलकुदलाई दिएको जानकारी अनुसार खेलमा अनिताले पुलिसका लागि २ गोल गरेकी हुन् । सावित्रा खेलको क्विन अफ दी म्याच समेत रहिन् । माल्दिभ्समा सावित्रा र अनिताको यो दोस्रो सिजन हो । गत सिजन उनीहरुले माल्दिभ्स एयरपोर्ट कम्पनीबाट खेलेका थिए ।

दक्षिण एसियाकी उत्कृष्ट स्ट्राइकर मध्येकी एक सावित्रा गत वर्ष सोही प्रतियोगितामा उत्कृष्ट खेलाडी घोषित भएकी थिइन् । सावित्राले गत वर्ष प्रतियोगितामा ४ खेलमा १३ गोल गरेकी थिइन् । यो सिजन २ खेलमा सावित्राको गोल संख्या ९ पुगेको छ । यो सिजन एक महिनाका लागि सावित्रा र अनिता २ हजार अमेरिकी डलरमा पुलिसमा आबद्ध भएका हुन् ।

March 30, 2025

बायर्नको अर्को जित

एजेन्सी – जर्मन बुन्डेसलिगामा शीर्ष स्थानको बायर्न म्युनिखले अर्को जित निकालेको छ । बायर्नले शनिवार सेन्ट पाउलीविरुद्ध ३–२ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा बायर्नलाई जित दिलाउन लिरोय सानेले २ र अर्को गोल ह्यारी केनले गरे । पाउलीका लागि इलियास साद र लार्स रिट्ज्काले गोल गरे । बायर्नले १७औं मिनेटमा केनको गोलबाट […]

March 30, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लियोनल मेसीले गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले शनिवार भएको खेलमा फिलाडेल्फिया युनियनमाथि २-१ को जित हात पार्यो । चेस स्टेडियममा भएको खेलमा मियामीको जितमा रोबर्ट टेलरले अर्को गोल गरे । फिलाडेल्फियाका डेनियल गजडागले गोल गरे । खेलको २३औं मिनेटमा टेलरको गोलमा मायमीले […]

March 30, 2025

पिएसजी लिग वानको उपाधि नजिक

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले शनिवार सेनिट इटिएनलाई पुनरागमनका साथ ६-१ ले पराजित गरेपनि फ्रेन्च लिग १ उपाधिको पक्का गर्न अझै प्रतीक्षा गर्नु पर्ने भएको छ। अर्को खेलमा मार्सेई राइम्ससँग ३-१ ले पराजित भयो ।मोनाको निसलाई २-१ ले हराएपछि पिएसजीले उपाधिका‌ लागि कुर्नुपर्ने भएको हो । ७ खेल बाँकी रहँदा दोस्रो स्थानमा उक्लेको  मोनाको […]

Success

Thank you for your time.