default_image

7 years ago

March 24, 2018

लिगको पहिलो खेलमा रोहितको टोलीको गोलरहित बराबरी

65 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – इन्डोनेसियाको लिगा १ को नयाँ सिजनको पहिलो खेलमा नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्द सम्मिलित पर्सिजा जाकार्ताले भयङ्करा एफसीसँग गोल रहित बराबरी खेलेको छ ।

लिगको पहिलो खेलमा पर्सिजाले गत सिजनको च्याम्पियन टोली भयङ्करा एफसीलाई गोलरहित बराबरीमा रोक्न सफल भएको हो । गत सिजन पर्सिजा भने लिगको चौथो स्थानमा रहेको थियो ।

यस खेलमा रोहित सुरुवाती ११ मै सामेल थिए । खेलको ८५ औं मिनेटमा रोहितलाई परिवर्तन गर्दै भयङ्करा एफसीकै पूर्व खेलाडी फित्रा रिड्वान पर्सिजाका लागि मैदान प्रवेश गरेका थिए ।

अब पर्सिजाले आफ्नो दोस्रो खेलमा शनिबार अरेमा एफसीको सामना गर्ने छ ।

March 30, 2025

बायर्नको अर्को जित

एजेन्सी – जर्मन बुन्डेसलिगामा शीर्ष स्थानको बायर्न म्युनिखले अर्को जित निकालेको छ । बायर्नले शनिवार सेन्ट पाउलीविरुद्ध ३–२ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा बायर्नलाई जित दिलाउन लिरोय सानेले २ र अर्को गोल ह्यारी केनले गरे । पाउलीका लागि इलियास साद र लार्स रिट्ज्काले गोल गरे । बायर्नले १७औं मिनेटमा केनको गोलबाट […]

March 30, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लियोनल मेसीले गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले शनिवार भएको खेलमा फिलाडेल्फिया युनियनमाथि २-१ को जित हात पार्यो । चेस स्टेडियममा भएको खेलमा मियामीको जितमा रोबर्ट टेलरले अर्को गोल गरे । फिलाडेल्फियाका डेनियल गजडागले गोल गरे । खेलको २३औं मिनेटमा टेलरको गोलमा मायमीले […]

March 30, 2025

पिएसजी लिग वानको उपाधि नजिक

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले शनिवार सेनिट इटिएनलाई पुनरागमनका साथ ६-१ ले पराजित गरेपनि फ्रेन्च लिग १ उपाधिको पक्का गर्न अझै प्रतीक्षा गर्नु पर्ने भएको छ। अर्को खेलमा मार्सेई राइम्ससँग ३-१ ले पराजित भयो ।मोनाको निसलाई २-१ ले हराएपछि पिएसजीले उपाधिका‌ लागि कुर्नुपर्ने भएको हो । ७ खेल बाँकी रहँदा दोस्रो स्थानमा उक्लेको  मोनाको […]

Success

Thank you for your time.