7 years ago
March 24, 2018
लन्डन (एजेन्सी) – गए रातिको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा साविक विश्वकप विजेता जर्मनी स्पेनसँग १-१ को बराबरीमा रोकिएको छ । स्पेनका रोड्रिगो मोरेनोले टोलीलाई अग्रता दिलाए पनि थोमस मुलरले बराबरी गोल गरेका थिए ।
विश्वकपको बलियो दाबेदार मानिएको ब्राजिलले रुसलाई ३-० ले हराउन सफल रह्यो । ब्राजिलका लागि मिरान्डा, फिलिप कौटिन्हो र पौलिन्होले दोस्रो हाफमा गोल गरेका थिए । त्यस्तै अर्जेन्टिनाले इटालीलाई २-० ले हरायो । अर्जेन्टिनाका लागि एभर बानेगा र म्यानुयल लान्जिनीले गोल गरेका थिए ।
त्यसैगरी जेसे लिन्गार्डको गोलमा इंग्ल्यान्डले नेदरल्यान्ड्सलाई १-० ले हरायो । त्यस्तै पोर्चुगल र इजिप्टको रोमाञ्चक खेलमा पोर्चुगल २-१ ले विजयी रह्यो । मोहम्मद सालाहको गोलमा अग्रता लिएको इजिप्टलाई क्रिस्टियानो रोनाल्डोले निराश पारे । रोनाल्डोले इन्जुरी समयमा दुई गोल गर्दै रोमाञ्चक जित सुनिश्चित गरेका थिए ।
अर्को दाबेदार मानिएको फ्रान्स भने कोलम्बियाविरुद्ध ३-२ ले पराजित हुन पुग्यो । ओलिभर जिरुड र थोमस लेमारको गोलमा अग्रता लिएको फ्रान्सले पछि ३ गोल खान पुग्यो । कोलम्बियाका लागि लुइस मुरियल, फाल्काओ र जुवान क्विन्टेरोले गोल गरेका थिए ।
March 30, 2025
एजेन्सी – जर्मन बुन्डेसलिगामा शीर्ष स्थानको बायर्न म्युनिखले अर्को जित निकालेको छ । बायर्नले शनिवार सेन्ट पाउलीविरुद्ध ३–२ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा बायर्नलाई जित दिलाउन लिरोय सानेले २ र अर्को गोल ह्यारी केनले गरे । पाउलीका लागि इलियास साद र लार्स रिट्ज्काले गोल गरे । बायर्नले १७औं मिनेटमा केनको गोलबाट […]
March 30, 2025
एजेन्सी – कप्तान लियोनल मेसीले गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले शनिवार भएको खेलमा फिलाडेल्फिया युनियनमाथि २-१ को जित हात पार्यो । चेस स्टेडियममा भएको खेलमा मियामीको जितमा रोबर्ट टेलरले अर्को गोल गरे । फिलाडेल्फियाका डेनियल गजडागले गोल गरे । खेलको २३औं मिनेटमा टेलरको गोलमा मायमीले […]
March 30, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले शनिवार सेनिट इटिएनलाई पुनरागमनका साथ ६-१ ले पराजित गरेपनि फ्रेन्च लिग १ उपाधिको पक्का गर्न अझै प्रतीक्षा गर्नु पर्ने भएको छ। अर्को खेलमा मार्सेई राइम्ससँग ३-१ ले पराजित भयो ।मोनाको निसलाई २-१ ले हराएपछि पिएसजीले उपाधिका लागि कुर्नुपर्ने भएको हो । ७ खेल बाँकी रहँदा दोस्रो स्थानमा उक्लेको मोनाको […]