default_image

7 years ago

March 23, 2018

मदन भण्डारी स्पोर्ट्स एकेडेमी क्वाटरफाइनलमा

191 views

0 Bookmark

दिपक न्यौपाने

बुटवल – तेस्रो मदन भण्डारी अन्तर्राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा सुदुर पश्चिम–११ लाई हराउँदै आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमी काठमाण्डौं क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

मदन भण्डारी स्पोर्टस एकेडेमी प्रदेश नम्बर ५ को आयोजनामा शुक्रबार बुटवलको रामनगरस्थित मानव ज्ञान माध्यमिक विद्यालयको खेल मैदानमा भएको प्रतिस्पर्धामा सुदुरपश्चिममाथि आयोजकले ५-१ को सहज जित हासिल गरेको हो । खेलको सुरुवाती समयदेखि नै प्राप्त अवसरहरुलाई सदुपयोग गर्न सकेको थिएन र १-१ को बराबरीमा रोकिन बाध्य भएको थियो । तर दोस्रो हाफमा गोलको वर्षासंगै सुदुर पश्चिम–११ लाई पाखा लगाउन सफल रह्यो ।

खेलको १८ औं मिनेटमा आयोजकका प्रकाश बुढाथोकीले आबाको पासलाई सदुपयोग गर्दै गोल गरेर टोलीलाई अग्रता दिलाएका थिए । १ गोलले पछाडी परेको सुदुर पश्चिम दबाबका बीच ४४ औं मिनेटमा पूर्णअन्जान ध्वजुले गोल गरेर खेललाई बराबरी पुर्‍याएका थिए । दोस्रो हाफमा आयोजक टिमले अधिकांश समय बललाई आफ्नो नियन्त्रणमा लिएका थिए जसका कारण आयोजक थप ४ गोल गरी फराकिलो अन्तर सहित क्वाटरफाइनलको यात्रा सुनिश्चित गर्न सफल रह्यो ।

खेलको ६४ औं मिनेटमा आयोजक टिमका प्रकाश बुढाथोकीले बललाई अगाडी बढाएर गरेको प्रहार पोष्टमा लाग्दै गोलमा परिणत भएको थियो । त्यस्तै ७१ औं मिनेटमा विदेशी खेलाडी आबाले गोल गरे भने ७७ औं मिनेटमा विश्व अधिकारीले प्रहार गरेको फ्रि किकले सिधै जाली चुमेको थियो । खेलको अन्त्य हुन १ मिनेट अगाडी दिपेश आलेको लामो दुरीको प्रहार पनि सिधै गोलमा परिणत भएको थियो ।

पहिलो हाफमा समान गोलका साथ बराबरीमा रहेको सुदुर पश्चिम दोस्रो हाफमा दवाबका बिच कुनै गोल गर्न सकेन । जितसंगै आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीका दुई गोल गरेका प्रकाश बुढाथोकी ‘म्यान अफ द म्याच’ हुँदै नगद १० हजार रुपैंया पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा दोस्रो खेल आइतबार हुने छ । उक्त खेलमा सशत्र प्रहरीको एपिएफ र झापा–११ भिड्ने आयोजकका धुव्र आर्चायले जानकारी गराए ।

मोफसलको सर्वाधिक पुरस्कार राशी रहेको प्रतियोगिताको एक समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको हो । राष्ट्रपति भण्डारीले खेलाडीलाई बल हस्तान्तरण गरेर खेलको उद्घाटन गर्नुभयो । सवा करोडको लागतमा हुने गोल्डकपमा ‘ए’ डिभिजन क्लबहरु सहित दश टिमको सहभागिता रहेको छ । प्रतियोगितामा मलेसियाको हिमालय फुटबल क्लबले समेत सहभागिता जनाएको छ । यही चैत्र १९ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले ७ लाख ५० हजार नगद पुरस्कार पाउनेछन् ।

February 8, 2025

अन्तरपालिका महिला फुटबल – बिर्तामोडको सानदार सुरुवात

हिमाल खरेल,बिर्तामोड सुनकला राईको ४ गोल मद्दतमा आयोजक बिर्तामोड नगरपालिकाले प्रथम झापा अन्तरपालिका महिला फुटबल प्रतियोगितामा सानदार सुरुवात गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा शनिवार उद्घाटन खेलमा बिर्तामोडले छिमेकी पालिका बुद्धशान्ति गाउँपालिकालाई ५-० गोल हरायो । एकोहोरो दबाब सिर्जना गरेको खेलमा बिर्तामोडका लागि सुनकलाले १० औं, १७ औं, १९ औंमा गोल गर्दैै ह्याट्रिक पूरा […]

February 8, 2025

एपिएफ ‘बी’ र ग्रिन भिलेजको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- कीर्तिपुरस्थित नेपाल एपिएफ स्कुलमा जारी दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगितामा शनिवार आयोजक ‘बी’ टोली र ग्रिन भिलेज एजुकेशन फाउण्डेशनबिचको खेल २-२ बराबरीमा टुंगिएको छ। खेलमा ग्रिन भिलेजका स्वप्निल निल बस्नेतले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलएका थिए । सो पछि ग्रिन भिलेजबाट आत्मघाती गोल उपहार दिएपछि खेल […]

February 8, 2025

प्लानिङ ब्वाइज फाइनलमा

हिमाल खरेल, बिर्तामो सहिद स्मारक ‘बी’ डिभिजन क्लब प्लानिङ ब्वाइज काठमाडौं झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा आयोजक नव ज्योति युथ क्लबलाई १–० ले हराउँदै प्लानिङ ब्वाइज उपाधिनजिक पुगेको हो । प्लानिङ ब्वाइजका प्रताप राईले खेलको ५८ औँ मिनेटमा गरेको […]

Success

Thank you for your time.