default_image

7 years ago

March 23, 2018

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल अन्तर्गत आजका खेलहरु

98 views

0 Bookmark

लन्डन (एजेन्सी)– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत आज राति केही महत्त्वपूर्ण खेलहरु खेलिंदै छन् । आजको सबैभन्दा अपेक्षित खेल भने २०१० को विश्वकप विजेता स्पेन र २०१४ को विश्वकप विजेता जर्मनीको रहेको छ ।

आउने २०१८ को रुस विश्वकपमा शीर्ष दाबेदार ब्राजिल, स्पेन, फ्रान्स, जर्मनी र अर्जेन्टिनालाई मानिएको छ । युरोपियन च्याम्पियन पोर्चुगल पनि मैत्रीपूर्ण खेलमा बलियो खेल पस्किँदै दाबेदारको दर्जामा उभिन चाहेको छ । स्टार खेलाडीहरुले सुसज्जित इंग्ल्यान्डको टोली खेलमा तालमेल नभएको आलोचना खेप्दै आएकाले यस तीतो सत्यलाई विश्वकपमा छनोट हुन असफल नेदरल्यान्ड्स विरुद्ध आज परिवर्तन गर्ने दाउमा हुने छ ।

आज लियोनल मेस्सी सम्मिलित अर्जेन्टिना विश्वकपमा छनोट हुन असफल अर्को टोली इटालीको सामना गर्ने छ । त्यस्तै पोर्चुगल र इजिप्ट भिड्दा अहिले उच्च लयमा रहेका क्रिस्टियानो रोनाल्डो र मोहम्मद सालाह बीचको प्रतिस्पर्धा पनि हेर्नलायक हुने छ । आयोजक रुसले बलियो दाबेदार मानिएको ब्राजिलको सामना गर्दै छ । त्यस्तै स्टारहरुले भरिएको फ्रान्सले दक्षिण अमेरिकी राष्ट्र कोलम्बियाको सामना गर्दै छ ।

आजका महत्त्वपूर्ण खेलहरु र प्रसारणको विवरण:

रुस विरुद्ध ब्राजिल
नेपाली समयअनुसार ९.४५ बजे (टेन २ मा प्रत्यक्ष प्रसारण)

अर्जेन्टिना विरुद्ध इटाली
नेपाली समयअनुसार १.३० बजे (टेन १ मा प्रत्यक्ष प्रसारण)

जर्मनी विरुद्ध स्पेन
नेपाली समयअनुसार १.३० बजे (टेन २ मा प्रत्यक्ष प्रसारण)

नेदरल्यान्ड्स विरुद्ध इंग्ल्यान्ड
नेपाली समयअनुसार १.३० बजे

पोर्चुगल विरुद्ध इजिप्ट
नेपाली समयअनुसार १.३० बजे

फ्रान्स विरुद्ध कोलम्बिया
नेपाली समयअनुसार १.४५ बजे (सोनी सिक्समा प्रत्यक्ष प्रसारण)

March 30, 2025

बायर्नको अर्को जित

एजेन्सी – जर्मन बुन्डेसलिगामा शीर्ष स्थानको बायर्न म्युनिखले अर्को जित निकालेको छ । बायर्नले शनिवार सेन्ट पाउलीविरुद्ध ३–२ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा बायर्नलाई जित दिलाउन लिरोय सानेले २ र अर्को गोल ह्यारी केनले गरे । पाउलीका लागि इलियास साद र लार्स रिट्ज्काले गोल गरे । बायर्नले १७औं मिनेटमा केनको गोलबाट […]

March 30, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लियोनल मेसीले गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले शनिवार भएको खेलमा फिलाडेल्फिया युनियनमाथि २-१ को जित हात पार्यो । चेस स्टेडियममा भएको खेलमा मियामीको जितमा रोबर्ट टेलरले अर्को गोल गरे । फिलाडेल्फियाका डेनियल गजडागले गोल गरे । खेलको २३औं मिनेटमा टेलरको गोलमा मायमीले […]

March 30, 2025

पिएसजी लिग वानको उपाधि नजिक

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले शनिवार सेनिट इटिएनलाई पुनरागमनका साथ ६-१ ले पराजित गरेपनि फ्रेन्च लिग १ उपाधिको पक्का गर्न अझै प्रतीक्षा गर्नु पर्ने भएको छ। अर्को खेलमा मार्सेई राइम्ससँग ३-१ ले पराजित भयो ।मोनाको निसलाई २-१ ले हराएपछि पिएसजीले उपाधिका‌ लागि कुर्नुपर्ने भएको हो । ७ खेल बाँकी रहँदा दोस्रो स्थानमा उक्लेको  मोनाको […]

Success

Thank you for your time.