default_image

7 years ago

March 23, 2018

मदन भण्डारी गोल्ड कप – आयोजक र सुदूरपश्चिमबीच उद्घाटन खेल

72 views

0 Bookmark

बुटवल  (हाम्रो खेलकुद) – मोफसलकै सर्वाधिक पुरस्कार राशीको मदन भण्डारी अन्तर्रा्ष्ट्रिय गोल्ड कप फुटबल प्रतियोगिता आज सुरु हुँदैछ । तेस्रो संस्करणको गोल्ड कपको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम छ । उद्घाटन खेल आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमी र सुदूरपश्चिम ११ बीच हुने बताइएइको छ ।

APS vs Sudur

फाइनल तस्बिर

प्रतियोगितामा नेपालका तीन विभागिय सहित अन्य ए डिभिजन र अन्य क्लबको सहभागिता रहेको छ । त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ, रुस्लान थ्री स्टार, लक्ष्मी हुन्डाई हुन्डाई मनाङ मस्याङ्दीसहित १० टोलीले प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछ । मलेसियाबाट हिमालयन फुटबल क्लबले पनि प्रतियोगितामा सहभागिता जनाएको छ ।

गोल्ड कपको विजेताले १५ लाख रुपैयाँ र दोस्रो हुने टोलीले ७ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । मोसफलमा सर्वाधिक पुरस्कार राशी राखेर गोल्ड कप फुटबल प्रतियोगिता आयोजनाको होड चलेको छ । माघमा सर्वाधिक पुरस्कार राशी नेपाल आइस खप्तड गोल्डकपको विजेताले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ, त्यसपछि मदन भण्डारी इटहरी गोल्ड कपमा १२ लाख र गत महिना झापा गोल्ड कपको विजेताले १२ लाख ५१ हजार रुपैयाँ पुरस्कार जितेको थियो ।

खप्तड र झापा गोल्ड कप आर्मी र इटहरी गोल्डकप थ्री स्टारले जितेको थियो । आयोजक मदन भण्डारी स्पोट्र्स एकेडेमी पाँच नम्बर प्रदेश कमिटिका अनुसार खेल दिउँसो २ बजेपछि बुटबलको रामनगरमा रहेको मानव ज्ञान माध्यमिक विद्यालयको खेल मैदानमा हुनेछ ।

February 8, 2025

अन्तरपालिका महिला फुटबल – बिर्तामोडको सानदार सुरुवात

हिमाल खरेल,बिर्तामोड सुनकला राईको ४ गोल मद्दतमा आयोजक बिर्तामोड नगरपालिकाले प्रथम झापा अन्तरपालिका महिला फुटबल प्रतियोगितामा सानदार सुरुवात गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा शनिवार उद्घाटन खेलमा बिर्तामोडले छिमेकी पालिका बुद्धशान्ति गाउँपालिकालाई ५-० गोल हरायो । एकोहोरो दबाब सिर्जना गरेको खेलमा बिर्तामोडका लागि सुनकलाले १० औं, १७ औं, १९ औंमा गोल गर्दैै ह्याट्रिक पूरा […]

February 8, 2025

एपिएफ ‘बी’ र ग्रिन भिलेजको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- कीर्तिपुरस्थित नेपाल एपिएफ स्कुलमा जारी दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगितामा शनिवार आयोजक ‘बी’ टोली र ग्रिन भिलेज एजुकेशन फाउण्डेशनबिचको खेल २-२ बराबरीमा टुंगिएको छ। खेलमा ग्रिन भिलेजका स्वप्निल निल बस्नेतले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलएका थिए । सो पछि ग्रिन भिलेजबाट आत्मघाती गोल उपहार दिएपछि खेल […]

February 8, 2025

प्लानिङ ब्वाइज फाइनलमा

हिमाल खरेल, बिर्तामो सहिद स्मारक ‘बी’ डिभिजन क्लब प्लानिङ ब्वाइज काठमाडौं झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा आयोजक नव ज्योति युथ क्लबलाई १–० ले हराउँदै प्लानिङ ब्वाइज उपाधिनजिक पुगेको हो । प्लानिङ ब्वाइजका प्रताप राईले खेलको ५८ औँ मिनेटमा गरेको […]

Success

Thank you for your time.