7 years ago
March 22, 2018
सर्लाही (हाम्रो खेलकुद) – सर्लाहीमा बिहिवारबाट राजर्षि जनक कप फुटबल प्रतियोगितामा भारतीय क्लब स्काई क्रेस्ट ब्वाईज मुम्बई विजयी भएको छ । बागमती स्टेडियममा बिहिबार भएको उद्घाटन खेलमा स्काई क्रेस्ट ब्वाईज मुम्बईले नेपाल एपिएफ क्लबलाई सडन डेथमा ५–४ ले पराजित गर्दै विजयी सुरुआत गरेको हो ।
प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीबाट निर्धारित समयमा गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो । पेनाल्टी सुटआउटमा एपिएफको महेश लामाको प्रहारलाई स्काई क्रेस्ट ब्वाईज मुम्बईका गोलरक्षक भिहाङ सलुकेले रोक्दै टिमलाई क्वार्टरफाइनलमा पुर्याए । गोलरक्षक भिहाङ सलुके नै खेलको म्यान अफ दि म्याच घोषित भए ।
‘ए’ डिभिजनका ७ क्लव, बिदेश २ टोली र आयोजक एक टिम गरि १० टोली सहभागी प्रतियोगिताको फाइनल खेल चैत्र १७ गते हुने आयोजकले जनाएको छ । प्रतियोगितामा नेपाल पुलिस क्लव, त्रिभुवन आर्मी क्लव, ससस्त्र प्रहरी क्लव(एपिएफ), ब्वईज यूनियन, सुदुर पश्चिम ११, जावला खेल ११, सरस्वती क्लव ११, सर्लाही ११, भुटान ड्रग स्टार र स्काई के्रस्ट ब्वाईज मुम्बईको सहभागिता रहेको छ ।
प्रतियोगिता अन्र्तगत शुक्रबार सर्लाही–११ र भुटानको क्लव ड्रग स्टारबीच खेल हुने आयोजकले जनाएको छ । प्रतियोगिताको वजेताले नगद ५ लाख राजर्षि रनिङ कप शिल्ड, प्राप्त गर्नेछ । दोस्रो हुनेले नगद ३ लाख पाउनेछ । बिभिन्न बिधामा उत्कृष्ठ रहने खेलाडीहरुलाई समेत पुरस्कारको ब्यवस्था गरिएको छ ।
प्रतियोगिताको उद्घाटन प्रदेश नम्वर २ का सामाजिक विकास मन्त्री नवल किशोर शाहले गरेका थिए । पहिलो संस्करणमा मनाङ–मस्र्याङ्दी क्लब च्याम्पियन बनेको थियो ।
February 8, 2025
हिमाल खरेल,बिर्तामोड सुनकला राईको ४ गोल मद्दतमा आयोजक बिर्तामोड नगरपालिकाले प्रथम झापा अन्तरपालिका महिला फुटबल प्रतियोगितामा सानदार सुरुवात गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा शनिवार उद्घाटन खेलमा बिर्तामोडले छिमेकी पालिका बुद्धशान्ति गाउँपालिकालाई ५-० गोल हरायो । एकोहोरो दबाब सिर्जना गरेको खेलमा बिर्तामोडका लागि सुनकलाले १० औं, १७ औं, १९ औंमा गोल गर्दैै ह्याट्रिक पूरा […]
February 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कीर्तिपुरस्थित नेपाल एपिएफ स्कुलमा जारी दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगितामा शनिवार आयोजक ‘बी’ टोली र ग्रिन भिलेज एजुकेशन फाउण्डेशनबिचको खेल २-२ बराबरीमा टुंगिएको छ। खेलमा ग्रिन भिलेजका स्वप्निल निल बस्नेतले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलएका थिए । सो पछि ग्रिन भिलेजबाट आत्मघाती गोल उपहार दिएपछि खेल […]
February 8, 2025
हिमाल खरेल, बिर्तामो सहिद स्मारक ‘बी’ डिभिजन क्लब प्लानिङ ब्वाइज काठमाडौं झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा आयोजक नव ज्योति युथ क्लबलाई १–० ले हराउँदै प्लानिङ ब्वाइज उपाधिनजिक पुगेको हो । प्लानिङ ब्वाइजका प्रताप राईले खेलको ५८ औँ मिनेटमा गरेको […]