9 years ago
January 16, 2016
पशुपतिको ‘ए’ टिमले प्रथम साइपाल कप अन्तरविद्यालय यु–१६ छात्र सिक्स ए साइड फुटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।
चावहिलको गणेशस्थानमा भएको फाइनलमा पशुपतिले काभ्या ‘ए’ लाई २–० गोलले पराजित गर्यो । पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । दुवै गोल दोश्रो हाफमा पशुपतिका सौरव खत्रीले गरे । सौरवले गरेको दुवै गोल उत्कृष्ट थियो । सौरभ नै प्रतियोगिताको उत्कृष्ट खेलाडी पनि चुनिए ।
साइपाल एकेडेमीद्वारा आयोजित प्रतियोगितामा पशुपति ‘ए’ का विकास राई गोलरक्षक, पशुपति ‘ए’ कै विक्रम कुमार डिफेन्स तथा काभ्या ‘ए’ का दिपेन्द्र केसी मिडफिल्डमा उत्कृष्ट घोषित भए । अनुशासित टिमको उपाधि आई लेन्स ‘बी’ ले हात पार्यो ।
विजेतालाई साइपालका कार्यकारी निर्देशक गणेश भण्डारी, साइपालका प्रिन्सिपल सुमन नगरकोटी, गंगाहिटी टोल सुधार समितिका अध्यक्ष कृष्णमणि भट्टराईलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
सोही अवसरमा साइपालमा प्लस टु अध्ययनका लागि चार खेलाडीलाई पूर्ण छात्रवृत्ति दिने घोषणा गरिएको छ । छात्रवृत्ति पाउनेमा डेनेब एकेडेमीका सागर कट्वाल तथा पशुपति ‘ए’ का त्रय लक्ष्य मगर, विक्रम कुमार र विकास राई रहेका छन् ।
आठदिने प्रतियोगितामा विभिन्न विद्यालयका ३२ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेको साइपालका प्रशिक्षक विनोद क्षेत्रीले जनाएका छन् ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]
March 14, 2025
दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]