7 years ago
March 20, 2018
काँकरभिट्टा (हाम्रो खेलकुद) – विर्तामोड युनाइटेड भेट्रान फुटबल क्लबले नेपाल–इण्डो भेट्रान फुटबल प्रतियोगिताको उपाधि जितेको छ । काँकरभिट्टा माविको मैदानमा मंगलबार भएको फाइनलमा सुरुगां भेट्रान क्लबलाई ३–० ले हराउँदै विर्तामोडले उपाधि जितेको हो ।
एक पक्षिय फाइनलमा विर्तामोडका लागि सुवास लिम्बुले २ र नगेन्द्रमणी लिम्बुले १ गोल गरे । १० औं मिनेटमा पहिलो गोल गरेका सुवासले २३ औं मिनेटमा अर्को गोल थरे । नगेन्द्रमणीले २९ औं मिनेटमा गरे । फाइनलको म्यान अफ दी म्याच घोषित सुवासले २ हजार १ सय रुपैयाँ प्राप्त गरे ।
विर्तामोडका नविन लिम्बु उत्कृष्ट प्रशिक्षक, काँकरभिट्टाका राकेश श्रेष्ठ उत्कृष्ट मिडफिल्ड, विर्तामोडका मोहन गुरुङ उत्कृष्ट रक्षक, सुरुगांका सुवास मेचे उत्कृष्ट गोलकिपर, विर्तामोडका देउमान लिम्बु उत्कृष्ट फरवार्ड र विर्तामोडकै सुवास लिम्बु सर्वाधिक गोलकर्ता बने । उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले समान ३ हजार १ सय रुपैयाँ प्राप्त गरे ।
प्रतियोगिता सर्वोत्कृष्ट खेलाडी विर्तामोडका नगेन्द्रमणि लिम्बू र ओल्डेज भेट्रान खेलाडी सुरुगांका ५८ वर्षे कुमार सापकोटाले ५ हजार १ सय रुपैयाँ प्राप्त गरे । भारतको दार्जिलिङ टाउन भेट्रान फुटबल क्लब प्रतियोगिताको फेयर प्ले टोली घोषि तभयो ।
काँकरभिट्टा भेट्रान फुटबल क्लबले आयोजना गरेको प्रतियोगिताको विजेता विर्तामोडले १ लाख २५ हजार र दोस्रो सुरुगांले ५१ हजार रुपैयाँ प्राप्त गरे । प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जिवन घिमिरे, प्रदेश सांसद श्रीप्रसाद मैनाली, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापा, जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आलेले विजेता, उपविजेता टोलीका खेलाडीलाई पुरस्कृत गरे ।
February 8, 2025
हिमाल खरेल,बिर्तामोड सुनकला राईको ४ गोल मद्दतमा आयोजक बिर्तामोड नगरपालिकाले प्रथम झापा अन्तरपालिका महिला फुटबल प्रतियोगितामा सानदार सुरुवात गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा शनिवार उद्घाटन खेलमा बिर्तामोडले छिमेकी पालिका बुद्धशान्ति गाउँपालिकालाई ५-० गोल हरायो । एकोहोरो दबाब सिर्जना गरेको खेलमा बिर्तामोडका लागि सुनकलाले १० औं, १७ औं, १९ औंमा गोल गर्दैै ह्याट्रिक पूरा […]
February 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कीर्तिपुरस्थित नेपाल एपिएफ स्कुलमा जारी दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगितामा शनिवार आयोजक ‘बी’ टोली र ग्रिन भिलेज एजुकेशन फाउण्डेशनबिचको खेल २-२ बराबरीमा टुंगिएको छ। खेलमा ग्रिन भिलेजका स्वप्निल निल बस्नेतले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलएका थिए । सो पछि ग्रिन भिलेजबाट आत्मघाती गोल उपहार दिएपछि खेल […]
February 8, 2025
हिमाल खरेल, बिर्तामो सहिद स्मारक ‘बी’ डिभिजन क्लब प्लानिङ ब्वाइज काठमाडौं झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा आयोजक नव ज्योति युथ क्लबलाई १–० ले हराउँदै प्लानिङ ब्वाइज उपाधिनजिक पुगेको हो । प्लानिङ ब्वाइजका प्रताप राईले खेलको ५८ औँ मिनेटमा गरेको […]