9 years ago
January 16, 2016
राष्ट्रिय फुटबल टोलीबाट नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय गोल गरेका वाइबी घले (यमबहादुर) लाई फ्युचर स्टार हाइ स्कुल, जावलाखेलले शनिबार नगदसहित सम्मान गरेको छ । फ्युचर स्टारको वार्षिक खेलकुद दिवसका अवसरमा घलेलाई जावलाखेलमा सम्मान गरिएको हो ।
राष्ट्रिय फुटबल टोलीका पूर्व गोलरक्षक एवं छैटौं दक्षिण एसियाली महासंघीय खेलकुद (अहिले साग) अन्तर्गत फुटबलमा स्वर्ण जित्ने टोलीका सदस्य लोकबहादुर शाही र फ्युचर स्टारकी प्रिन्सिपल मन्जु कार्की लामिछानेले घलेलाई सम्मान पत्र र नगद १० हजार प्रदान गरी सम्मान गरे ।
करिब १० वर्ष राष्ट्रिय फुटबल टोलीमा आबद्ध घलेले १९८२ मा भारतको दिल्लीमा भएको एसियाली खेलकुदको फुटबलमा गरेको गोल नै नेपाली खेलाडीले गरेको पहिलो अन्तर्राष्ट्रिय गोल मानिन्छ । १९८४ मा काठमाडौंमा भएको पहिलो साफको फुटबलमा नेपालले स्वर्ण जित्दा घले पनि टोलीका हिस्सा थिए ।
५८ वर्षिय घलेले विश्व कप, ओलम्पिक छनोटलगायत थुप्रै अन्तर्राष्ट्रिय फुटबलमा नेपालको प्रतिनिधित्व गरिसकेका छन् । घले प्रख्यात ‘भिक्टोरिया क्रस’ बाट विभूषित स्व. गजे घलेका छोरा हुन् ।
३५ वर्षअघि स्थापना भएको फ्युचर स्टारको खेलकुद दिवसमा ब्याडमिन्टन, बास्केटबल, फुटबल, टेबलटेनिस र एथलेटिक्सतर्फ जम्मा ३२ स्वर्णका लागि आन्तरिक प्रतिस्पर्धा भएको थियो । विजेतालाई शनिबारै एक कार्यक्रमबीच पुरस्कृत गरियो ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]
March 14, 2025
दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]