7 years ago
March 20, 2018
निर्वाचनमा अधिकांश राष्ट्रिय टिमका सदस्य विजयी
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गतको खेलाडी संघको अध्यक्षमा राजेश मानन्धर विजयी भएका छन् ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा मंगलबार भएको निर्वाचनमा राजेश मानन्धरले अनिल गुरुङलाई ४ मतले पछि पार्दै अध्यक्ष पदमा विजयी भएका हुन् । कुल ३० भोट मध्ये राजेशले १६ मत र अनिल गुरुङले १२ मत प्राप्त गरे । एक भोट खसेन भने एक भोट बदर भएको थियो ।
यस्तै तीन उपाध्यक्षमा वर्तमान राष्ट्रिय टिमका तीन जना खेलाडी नै विजयी भएका छन् । विकेश कुथु, सुजल श्रेष्ठ र विराज महर्जनले समान १६ मत प्राप्त गरी उपाध्यक्षमा विजयी भए । उनीहरुका निकटम् प्रतिद्वन्दी राजेश मास्के, विदुर कुमार विष्ट र मणि शाहले समान १३ मत प्राप्त गरे ।
त्यसैगरी सदस्यमा अधिकांश वर्तमान राष्ट्रिय टिमका खेलाडीहरु विजयी भएका छन् । सदस्यमा विजयी हुनेहरुमा कमल श्रेष्ठ, हेमन गुरुङ, विमल बस्नेत, अन्जन विष्ट, विशाल राई, नवयुग श्रेष्ठ, बाबुकाजी धौवन्जर र दिनेश श्रेष्ठ विजयी भए । दिनेश श्रेष्ठ र वसन्त राज गुरुङले समान १५ मत प्राप्त गरेपछि गोलाप्रथामा दिनेश विजयी भएका हुन् । एक महिला सदस्यको पद भने खाली रहेको छ ।
गत माघ २२ गतेलाई तय भएको खेलाडी संघको चुनाव आज मंगलबार भएको हो ।
January 23, 2025
एजेन्सी – जर्मनी क्लब बायर्न म्युनिख युइएफए च्याम्पियन्स लिगमा बुधबार नेदरल्याण्ड्सको फुटबल क्लब फेयनुर्डसँग पराजित भएको छ । फेयनुर्डको घरेलु मैदानमा भएको खेलमा बायर्न ३-० ले पराजित भएको हो । फेयनुर्डको जितमा स्यान्टियागो गिमिनेजले २ तथा आयसे उएदाले १ गोल गरे । खेलको २१औं मिनेटा गिमिनेजको गोलमार्फत फेयनुर्डले सुरुवाती अग्रता लिएको थियो । पहिलो हाफको […]
January 23, 2025
एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पिएसी) ले युइएफए च्याम्पियन्स लिगमा बुधरबार इङ्ग्लिस क्लब म्याचेस्टर सिटीविरुद्ध जित निकालेको छ । घरेलु मैदानमा भएको खेलमा पिएसजिले सिटीलाई ४-२ ले पराजित गरेको हो । पिएसजिको जितमा ओस्माने डेम्बेले, ब्राडली बार्कोला, जाआओ नेभेस र गोन्कालो रोमोसले गोल गरे । पाहुना टोली सिटीका लागि ज्याक ग्रेलिस र एर्लिन […]
January 23, 2025
एजेन्सी- साविक विजेता रियल म्याड्रिड च्याम्पियन्स लिगमा बुधवार जित हासिल गरेको छ। रियललेसाल्सबर्गलाई ५-१ ले पराजित गर्यो । रोड्रिगो र भिनिसियस जुनियरले समान २ र केलियन एम्बाप्पेले१ गोल गरे । रोड्रिगोले २३ औं र ३४ औं मिनेटमा गोल गरेपछि रियलले पहिलो हाफमा २-० को अग्रता बनायो। एमबाप्पेले ४८ औं मिनेटमा गोल गरे। जुनियरले ५५ औं […]