default_image

7 years ago

March 20, 2018

यमनविरुद्धको खेलको लागि राष्ट्रिय फुटबल टिमको घोषणा

46 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोट चरण अन्र्तगत यमनविरुद्धको आफ्नो अन्तिम खेलका लागि नेपाली राष्ट्रिय टिमको घोषणा भएको छ । नेपाली टिमका जापानिज मुख्य प्रशिक्षक ग्योतोकी कोजुले २० सदस्यीय नेपाली टिमको घोषणा गरेको हो ।

छनोटमा बिमल घर्तीमगर, नवयुग श्रेष्ठ, जर्ज प्रिन्स कार्की, विशाल राई, रोहित चन्द, हेमन गुरुङ, हेमन्त थापामगर, सुजल श्रेष्ठ, सुनिल बल, अन्जन विष्ट, सुमन लामा, विराज महर्जन, रजिन धिमाल, देवेन्द्र तामाङ, आदित्य चौधरी, अनन्त तामाङ, दिनेश राजवंशी, किरण चेम्जोङ, विकेश कुथु र एलन न्यौपानेले स्थान बनाएका छन् । प्रशिक्षणमा रहेका कमल श्रेष्ठ, रविन श्रेष्ठ, विशाल श्रेष्ठ र विमल बस्नेतले स्थान बनाउन सकेनन् ।

दोहोरो पहेँलोलो कार्डको कारण भरत खवासले टिममा स्थान बनाउन सकेनन् । चोटका कारण विक्रम लामा टिमबाहिर छन् ।

नेपालले मार्च २७ मा यमनविरुद्ध कतारमा यमनविरुद्ध अन्तिम खेल खेल्दैछ । समूह चरणमा एक अंक जोडेको नेपाल पुछारमा रहेको छ । यो खेल नेपालको प्रतिष्ठाला लागि मात्रै रहने छ ।

नेपालले सोमबार देखि मात्रै पूर्ण प्रशिक्षण थालेको थियो । मोफसलका विभिन्न गोल्डकपको कारण प्रशिक्षण नियमित समयमा हुन सकेको थिएन । नेपाली टिमको प्रशिक्षण गत फागुन २० गतेबाट हुने तय थियो ।

September 30, 2024

एन्फा भन्छ- ‘६ युवा खेलाडीको स-सम्मान अन्त्येष्टि गरिनेछ’

काठमाडौं (हाम्रो खेलकुद)- वर्षाका कारण आएको पहिरो परि मृत्यु भएका एन्फा एकेडेमी सिस्नेरीका ६ युवा खेलाडीको अन्तिम संस्कारका लागि प्रक्रिया अघि बढाइएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। असोज ११ र १२ गतेको वर्षाका कारण मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका वडा नं ३ स्थित श्री वात्सल्य देवी उच्च माविको प्रशिक्षण केन्द्रबाट सुरक्षित स्थानतर्फ जाँदै […]

September 30, 2024

युनाइटेडमाथि टोटनहमको जित

एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिएल) म्यानचेस्टर युनाइटेड टोटनहम ह्ट्सपरसँग पराजित भएको छ । आइतवार राति भएको खेलमा युनाइटेड टोटनहमसँग ३-० ले पराजित भएको हो । इपिएलमा युनाइटेडको यो तेस्रो हार हो। युनाइटेडको मैदानमा टोटनहमलाई जित दिलाउन ब्रेनन जोनसन, डेजन कुलुसेभस्की र डोमिनिक सोन्लकेले गोल गरे । खेलको तेस्रो मिनेटमा नै जोनसनले गोल गर्दै टोटनहमलाई अग्रता […]

September 29, 2024

नेपालले ओमानलाई दियो चुनौतीपूर्ण लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपालले ओमानलाई जितका लागि १ सय ७७ रनको चुनौतीपुर्ण लक्ष्य दिएको छ । क्यानडाको किंग सिटी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रनको योगफल तयार गर्यो । नेपालका लागि गुलशन झाले १७ बलमा ३ […]

Success

Thank you for your time.