7 years ago
March 19, 2018
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गतको खेलाडी संघको रोकिएको निर्वाचन मंगलबार हुने भएको छ ।
गत माघ २२ गतेलाई तय भएको खेलाडी संघको चुनाव मंगलबार हुने एन्फाका सह–महासचिव सन्जिव मिश्रले जानकारी गराए । खेलाडी संघको अध्यक्षका लागि पूर्व राष्ट्रिय खेलाडीद्वय राजेश मानन्धर र अनिल गुरुङ चुनावी मैदानमा छन् ।
त्यस्तै नवलपरासी जिल्ला फुटबल संघको निर्वाचन चैत १० गतेलाई तय भएको र मकवानपुरको निर्णय हुन बांकी रहेको सह–महासचिव मिश्रले बताए । भक्तपुरको भने भोलि सुनुवाई भएपछि निर्वाचन हुने वा नहुने निर्णय भोलि मंगलबार नै थाहा हुने मिश्रले बताए ।
एन्फाको चुनाव चैत १४ गते हुँदैछ । चुनाव नजिकिँदै गर्दा निर्वाचनमा होमिएका दुई पक्ष चुनाव आफ्नो पक्षमा पार्न देश दौडाहामा छन् । एन्फा निर्वाचन एक अध्यक्ष, ४ उपाध्यक्ष र ११ सदस्यको लागि निर्वाचन हुँदैछ । एक महिला सदस्यमा भने पेमा लामा निर्विरोध भएकी छन् ।
एन्फा अध्यक्षमा मणि कुवँर र कर्मा छिरिङ शेर्पा चुनावी मैदानमा छन् । चार उपाध्यक्षको लागि ९ जनाले उम्मेद्बारी दर्ता गराएका छन् । महासचिव र कोषाध्यक्ष भने निर्वाचित कार्यसमितिले चयन गर्नेछन् ।
निर्वाचनमा ४५ जिल्ला फुटबल संघबाट समान १, १४ ‘ए’ डिभिजन क्लबबाट समान १, ‘बी’ डिभिजन मध्येबाट ९, ‘सी’ डिभिजन क्लबबाट ५, महिला समिति, रेफ्री संघ, प्रशिक्षक संघ र खेलाडी संघबाट समान १ गरी ७७ मतदाता रहेका छन् ।
February 8, 2025
हिमाल खरेल,बिर्तामोड सुनकला राईको ४ गोल मद्दतमा आयोजक बिर्तामोड नगरपालिकाले प्रथम झापा अन्तरपालिका महिला फुटबल प्रतियोगितामा सानदार सुरुवात गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा शनिवार उद्घाटन खेलमा बिर्तामोडले छिमेकी पालिका बुद्धशान्ति गाउँपालिकालाई ५-० गोल हरायो । एकोहोरो दबाब सिर्जना गरेको खेलमा बिर्तामोडका लागि सुनकलाले १० औं, १७ औं, १९ औंमा गोल गर्दैै ह्याट्रिक पूरा […]
February 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कीर्तिपुरस्थित नेपाल एपिएफ स्कुलमा जारी दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगितामा शनिवार आयोजक ‘बी’ टोली र ग्रिन भिलेज एजुकेशन फाउण्डेशनबिचको खेल २-२ बराबरीमा टुंगिएको छ। खेलमा ग्रिन भिलेजका स्वप्निल निल बस्नेतले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलएका थिए । सो पछि ग्रिन भिलेजबाट आत्मघाती गोल उपहार दिएपछि खेल […]
February 8, 2025
हिमाल खरेल, बिर्तामो सहिद स्मारक ‘बी’ डिभिजन क्लब प्लानिङ ब्वाइज काठमाडौं झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा आयोजक नव ज्योति युथ क्लबलाई १–० ले हराउँदै प्लानिङ ब्वाइज उपाधिनजिक पुगेको हो । प्लानिङ ब्वाइजका प्रताप राईले खेलको ५८ औँ मिनेटमा गरेको […]