default_image

7 years ago

March 18, 2018

ब्राजिलले विश्व कप जित्ने रिचार्लिसनको विश्वास

53 views

0 Bookmark

लण्डन (एजेन्सी) – वाटफर्डका २० वर्षीय ब्राजिलियन मिडफिल्डर रिचार्लिसनले रुस विश्व कप ब्राजिलले जित्ने विश्वास गरेका छन् । फोरफोरटूसँगको अन्तर्वार्तामा बोल्दै उनले ब्राजिलले विश्वकप जित्ने र ब्राजिलको विश्व कपको मिडफिल्डमा आफु पनि रहन चाहेको बताएका छन् ।

Brazil richarlison

ब्राजिलको यू-२० टोलीबाट प्रवाभशाली प्रदर्शन गरेका यी विंगर २०१७ यता ब्राजिलियन क्लब फ्लुमिनेन्सबाट इङ्लिस क्लब वाटफार्डसँग आबद्ध छन् । प्रिमियर लिगमा २७ खेलमा ५ गोल गर्दै उनले राम्रो प्रदर्शन गर्दै आएका छन् ।

उनले भने, “सबै खेलाडीको सपना विश्व कपमा आफ्नो राष्ट्रको प्रतिनिधित्व गर्ने हुन्छ, मेरो पनि चाहाना त्यही छ । मलाई लाग्छ ब्राजिलले यस पटकको विश्व कप जित्छ र म त्यो टोलीको मिडफिल्डको भाग हुन चाहन्छु । “

प्रिमियर लिगमा राम्रो सुरुआत गरेपछि उनले ब्राजिलले इङ्ल्यान्डसँग खेल्दा टोलीमा बोलाइने अपेक्षा गरेका थिए, तर राष्ट्र टोलीमा नअटाएका रिचार्लिसन प्रशिक्षक टिटेको विश्वकप टोलीमा समावेश नहुने अनुमान गर्न सकिन्छ ।

विश्वकप अघि ब्राजिलले जर्मनीसँग अन्तिम अभ्यास खेलमा खेल्दा ब्राजिलको टोलीमा पर्न उनले सिजनको बाँकी खेलमा अभूतपूर्व प्रदर्शन गर्न जरुरी छ ।

September 30, 2024

एन्फा भन्छ- ‘६ युवा खेलाडीको स-सम्मान अन्त्येष्टि गरिनेछ’

काठमाडौं (हाम्रो खेलकुद)- वर्षाका कारण आएको पहिरो परि मृत्यु भएका एन्फा एकेडेमी सिस्नेरीका ६ युवा खेलाडीको अन्तिम संस्कारका लागि प्रक्रिया अघि बढाइएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। असोज ११ र १२ गतेको वर्षाका कारण मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका वडा नं ३ स्थित श्री वात्सल्य देवी उच्च माविको प्रशिक्षण केन्द्रबाट सुरक्षित स्थानतर्फ जाँदै […]

September 30, 2024

युनाइटेडमाथि टोटनहमको जित

एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिएल) म्यानचेस्टर युनाइटेड टोटनहम ह्ट्सपरसँग पराजित भएको छ । आइतवार राति भएको खेलमा युनाइटेड टोटनहमसँग ३-० ले पराजित भएको हो । इपिएलमा युनाइटेडको यो तेस्रो हार हो। युनाइटेडको मैदानमा टोटनहमलाई जित दिलाउन ब्रेनन जोनसन, डेजन कुलुसेभस्की र डोमिनिक सोन्लकेले गोल गरे । खेलको तेस्रो मिनेटमा नै जोनसनले गोल गर्दै टोटनहमलाई अग्रता […]

September 29, 2024

नेपालले ओमानलाई दियो चुनौतीपूर्ण लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपालले ओमानलाई जितका लागि १ सय ७७ रनको चुनौतीपुर्ण लक्ष्य दिएको छ । क्यानडाको किंग सिटी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रनको योगफल तयार गर्यो । नेपालका लागि गुलशन झाले १७ बलमा ३ […]

Success

Thank you for your time.