default_image

7 years ago

March 17, 2018

एन्फा सदस्यमा लामा निर्विरोध, उपाध्यक्षबाट न्यौपाने र जोशीको उम्मेदवारी फिर्ता

69 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रिय सदस्यमा पेमा लामा निर्विरोध भएकी छिन् । दुई मध्ये रमा भट्टराईले आइतबार उम्मेदवारी फिर्ता लिएपछि लामा निर्विरोध भएकी हुन् । चैत १४ गते एन्फाको १ अध्यक्ष, ४ उपाध्यक्ष र ११ सदस्यका लागि निर्वाचन हुनेछ ।

arun man and Neupane

राजेन्द्र न्यौपाने र अरुणमान जोशी(दाँया)

निर्वाचन नजिकिदै गर्दा उपाध्यक्षमा ९ जनाको उम्मेदवारीमात्र कायम रहेको छ । चैत १४ गते हुने निर्वाचनका लागि वरिष्ठ उपाध्यक्ष मणि कुवँर र पूर्व उपाध्यक्ष कर्मा छिरिङ शेर्पा प्यानलसहित चुनावी मैदानमा छन् । उम्मेदवारी फिर्ताको अन्तिम दिन शनिबार उपाध्यक्षका ११ उम्मेदवारमध्ये २ जनाले फिर्ता लिएका छन् । एन्फाका सह महासचिव सञ्जिव मिश्रले उम्मेदवारमध्ये राजेन्द्र न्यौपाने र अरुणमान जोशीले फिर्ता लिएको बताइएको छ । न्यौपानेले शेर्पा प्यानलबाट उम्मेदवारी दिएका थिए ।

४ उपाध्यक्षका लागि अब मोहम्मद समिउल्लाह, पंकजविक्रम नेम्वाङ, किशोर राई, गणेश बहादुर चन्द, विराटजंग शाही, सुनिल राणा, कृष्ण थापा, वीर बहादुर खड्का र उपेन्द्रमान सिंहबीच प्रतिस्पर्धा हुनेछ । संस्थापन पक्षबाट मोहम्मद समिउल्लाह, गणेश बहादुर चन्द, विराटजंग शाही, सुनिल राणा रहेका छन् । शेर्पा समूहबाट ५ जनाले उपाध्यक्षको लागि प्रतिस्पर्धा गर्ने भएको छ ।

यस्तै ११ सदस्यको पदको लागि ३५ जनाको उमेदवारी परेपनि ६ जना सदस्यले उमेदवारी फिर्ता लिएपछि २९ जनाबीच प्रतिस्पर्धा हुने भएको छ । सदस्य पदबाट उमेदवारी फिर्ता लिनेहरुमा दीपेन्द्र धिमाल, बसन्त अर्याल, बाबुबाजी बस्नेत, नेपाल कार्की, विश्व पौडेल र प्रकाश पंगेनी रहेका छन् । निर्वाचित कार्यसमितिले महासचिव र कोषाध्यक्ष मनोनयन गर्नेछन् ।

निर्वाचन एन्फासाग आबद्ध ४५ जिल्ला फुटबल संघबाट समान १ , १४ ‘ए’ डिभिजन क्लबबाट समान १ , ‘बी’ डिभिजन मध्येबाट ९,‘सी’ डिभिजन क्लबबाट ५ , महिला समिति, रेफ्री संघ, प्रशिक्षक संघ र खेलाडी संघबाट समान १ ७७ मतदाता रहेका छन् । जसमध्ये भत्तपुर जिल्ला फुटबल संघ, मकवानपुर जिल्ला फुटबल संघ र खेलाडी संघले भोट हाल्न पाउने छैनन् ।

February 8, 2025

एपिएफ ‘बी’ र ग्रिन भिलेजको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- कीर्तिपुरस्थित नेपाल एपिएफ स्कुलमा जारी दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगितामा शनिवार आयोजक ‘बी’ टोली र ग्रिन भिलेज एजुकेशन फाउण्डेशनबिचको खेल २-२ बराबरीमा टुंगिएको छ। खेलमा ग्रिन भिलेजका स्वप्निल निल बस्नेतले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलएका थिए । सो पछि ग्रिन भिलेजबाट आत्मघाती गोल उपहार दिएपछि खेल […]

February 8, 2025

प्लानिङ ब्वाइज फाइनलमा

हिमाल खरेल, बिर्तामो सहिद स्मारक ‘बी’ डिभिजन क्लब प्लानिङ ब्वाइज काठमाडौं झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा आयोजक नव ज्योति युथ क्लबलाई १–० ले हराउँदै प्लानिङ ब्वाइज उपाधिनजिक पुगेको हो । प्लानिङ ब्वाइजका प्रताप राईले खेलको ५८ औँ मिनेटमा गरेको […]

February 8, 2025

पुलिस आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा

पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सर्वाधिक सफल टोली‌ मध्येको एक नेपाल पुलिस क्लब यसपटक पनि सेमिफाइनलमा प्रवेश गरेको छ। आहा राराको जारी २४ औं संस्करणको पहिलो क्वाटरफाइनलमा शनिवार ब्रिगेड ब्वाइज एफसीलाई २-० ले हराउँदै पुलिस अन्तिम चारमा पुगेको हो।पुलिसलाई जित दिलाउन विवेक पाण्डे र कप्तान राम वाजीले गोल गरे। विवेकले २८ औं […]

Success

Thank you for your time.