default_image

7 years ago

March 17, 2018

निराजन तिलोत्तमा गोल्डकपका सर्वोकृष्ट खेलाडी

73 views

0 Bookmark

बुटवल (हाम्रो खेलकुद) – रुस्लान थ्री स्टार क्लबका कप्तान निराजन खड्का बुटवलमा सम्पन्न २० औं तिलोत्तमा गोल्डकपका सर्वोकृष्ट खेलाडी बनेका छन् ।

थ्री स्टारलाई प्रतियोगिता जिताउने क्रममा फाइनलमा पुलिस विरुद्ध २-० को जितमा गोल गरेका मिडफिल्डर निराजन प्रतियोगिताको सर्वोकृष्ट खेलाडी घोषित भएका हुन् । उनले १ थान स्कुटर प्राप्त गरे । करिब १ महिना अघि धरानको बुढासुब्बा गोल्डकपमा पुलिसलाई नै फाइनलमा पराजित गर्दा पनि निराजन प्रतियोगिताको सर्वोकृष्ट खेलाडी बनेका थिए ।

Nirajan Khadka

तस्बिर : मनोज थापा

अन्य विधामा उत्कृष्ट खेलाडिहरुहरुलाई जनही २२ हजार २ सय २२ रुपैया नगद पुरस्कार सहित ट्रफि प्रदान गरियो :

उत्कृष्ट गोलकिपर – एलेन न्यौपाने (थ्री स्टार)

उत्कृष्ट डिफेन्डर –पूर्ण बहादुर श्रेष्ठ  (लाली रुपन्देही)

उत्कृष्ट मिडफिल्डर – भोला सिलवाल (पुलिस)

उत्कृष्ट फरवार्ड – रेजिन सुब्बा (पुलिस)

उत्कृष्ट प्रशिक्षक – मेघराज केसी (थ्री स्टार)

खेलको हाइलाइट्स

February 8, 2025

एपिएफ ‘बी’ र ग्रिन भिलेजको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- कीर्तिपुरस्थित नेपाल एपिएफ स्कुलमा जारी दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगितामा शनिवार आयोजक ‘बी’ टोली र ग्रिन भिलेज एजुकेशन फाउण्डेशनबिचको खेल २-२ बराबरीमा टुंगिएको छ। खेलमा ग्रिन भिलेजका स्वप्निल निल बस्नेतले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलएका थिए । सो पछि ग्रिन भिलेजबाट आत्मघाती गोल उपहार दिएपछि खेल […]

February 8, 2025

प्लानिङ ब्वाइज फाइनलमा

हिमाल खरेल, बिर्तामो सहिद स्मारक ‘बी’ डिभिजन क्लब प्लानिङ ब्वाइज काठमाडौं झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा आयोजक नव ज्योति युथ क्लबलाई १–० ले हराउँदै प्लानिङ ब्वाइज उपाधिनजिक पुगेको हो । प्लानिङ ब्वाइजका प्रताप राईले खेलको ५८ औँ मिनेटमा गरेको […]

February 8, 2025

पुलिस आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा

पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सर्वाधिक सफल टोली‌ मध्येको एक नेपाल पुलिस क्लब यसपटक पनि सेमिफाइनलमा प्रवेश गरेको छ। आहा राराको जारी २४ औं संस्करणको पहिलो क्वाटरफाइनलमा शनिवार ब्रिगेड ब्वाइज एफसीलाई २-० ले हराउँदै पुलिस अन्तिम चारमा पुगेको हो।पुलिसलाई जित दिलाउन विवेक पाण्डे र कप्तान राम वाजीले गोल गरे। विवेकले २८ औं […]

Success

Thank you for your time.