default_image

7 years ago

March 17, 2018

पुलिसलाई हराउँदै थ्री स्टारलाई तिलोत्तमा गोल्डकपको उपाधि

45 views

0 Bookmark

पुनरागमन पछिको तेस्रो उपाधि  

दिपक न्यौपाने

बुटवल – नेपाल पुलिस क्लबलाई २-० ले पराजित गर्दै रुस्लान थ्री स्टार क्लबले २० औं तिलोत्तमा गोल्डकपको उपाधि जितेको छ । घरेलु फुटबलमा लामो समय पछि फर्केको थ्री स्टारले पुनरागमन पछि तेस्रो उपाधि जितेको हो । यसअघि थ्री स्टारले इटहरी गोल्डकप र धरान बुढासुब्बा गोल्ड कप जितेको थियो । १६ औं आहा-रारा गोल्ड कपमा पुलिससँग फाइनलमा पराजित थ्री स्टार यसपटक भने बलियो देखिएको हो ।

Three Star Title

तस्बिर : मनोज थापा

सेमिफाइनलमा आयोजक लाली रुपन्देहीलाई पराजित गरेको पुलिसले पहिलो हाफमा १५ औं मिनेटमा गोल गरेपनि  लिएपनि रवि पासवानको उक्त गोल रेफ्री कविन बेञ्जनकारले अफसाइड दिएका थिए ।

पहिलो हाफमा दुवै टोली सन्तुलित देखेपनि दोस्रो हाफमा थ्री स्टारले दुई गोल गर्न सफल भयो । खेलको ६४ औं मिनेटमा सुनिल बलको कर्नरमा निराजन खड्काको हेड क्रसबार माथिबाट बाहिरिएपछि अग्रता लिने अवसर गुमाएको थ्री स्टारले ६६ औं मिनेटमा रविन श्रेष्ठको आत्मघाती गोलबाट अग्रता पायो । विमल घर्ति मगरको क्रसलाई करिब १ वर्ष पछि चोटबाट मैदानमा फर्केका रविनले चेस्ट गर्दै पुलिसका किपर तर्फ दिएपनि पुलिसका गोल किपरबीचको तालमेलका कमीको कारण पुलिस खेलमा पछि पर्यो ।

पुलिसले ७६ औं मिनेटमा बराबरी गर्ने अवसर सिर्जना गरेपनि रवि पासवानले त्यो अवसर सदुपयोग गरेनन् । तेज तामाङको प्रहार थ्री स्टारका डिफेन्डरलाई लागेर फर्किएपछी पाएको अवसरमा रविले फितलो प्रहार गरे ।

थ्री स्टारले ७९औं मिनेटमा अग्रता दोब्बर गर्दै जित सुनिश्चित गर्यो । मिडफिल्डर सुनिलले प्रहार गरेको कर्नरमा हेड गर्दै कप्तान निराजन खड्काले टोलीलाई दोस्रो गोल दिलाए ।

खेलको हाइलाइट्स हेर्नुहोस

September 30, 2024

एन्फा भन्छ- ‘६ युवा खेलाडीको स-सम्मान अन्त्येष्टि गरिनेछ’

काठमाडौं (हाम्रो खेलकुद)- वर्षाका कारण आएको पहिरो परि मृत्यु भएका एन्फा एकेडेमी सिस्नेरीका ६ युवा खेलाडीको अन्तिम संस्कारका लागि प्रक्रिया अघि बढाइएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। असोज ११ र १२ गतेको वर्षाका कारण मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका वडा नं ३ स्थित श्री वात्सल्य देवी उच्च माविको प्रशिक्षण केन्द्रबाट सुरक्षित स्थानतर्फ जाँदै […]

September 30, 2024

युनाइटेडमाथि टोटनहमको जित

एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिएल) म्यानचेस्टर युनाइटेड टोटनहम ह्ट्सपरसँग पराजित भएको छ । आइतवार राति भएको खेलमा युनाइटेड टोटनहमसँग ३-० ले पराजित भएको हो । इपिएलमा युनाइटेडको यो तेस्रो हार हो। युनाइटेडको मैदानमा टोटनहमलाई जित दिलाउन ब्रेनन जोनसन, डेजन कुलुसेभस्की र डोमिनिक सोन्लकेले गोल गरे । खेलको तेस्रो मिनेटमा नै जोनसनले गोल गर्दै टोटनहमलाई अग्रता […]

September 29, 2024

नेपालले ओमानलाई दियो चुनौतीपूर्ण लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपालले ओमानलाई जितका लागि १ सय ७७ रनको चुनौतीपुर्ण लक्ष्य दिएको छ । क्यानडाको किंग सिटी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रनको योगफल तयार गर्यो । नेपालका लागि गुलशन झाले १७ बलमा ३ […]

Success

Thank you for your time.