default_image

7 years ago

March 17, 2018

तिलोत्तमा गोल्डकपको फाइनलमा पुलिस र थ्री स्टार भिड्दै

45 views

0 Bookmark

दिपक न्यौपाने
बुटवल – तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको २० औं संस्करणको फाइनल शनिबार हुँदैछ । देविनगरस्थित एन्फा टेक्निकल सेन्टरमा हुने फाइनलमा दुई ए डिभिजन टोली नेपाल पुलिस क्लब र रुस्लान थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुवै टोली वर्षको तेस्रो उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् ।

Final Police vs Three Star

यी दुई टोलीबीच यो वर्ष फाइनल हुन लागेको पनि तेस्रो प्रतियोगिता हो । माघमा एक साताबीच भएका दुई नकआउट प्रतियोगिताको फाइनल खेल्दा यी दुई टोलीले एउटा एउटा उपाधि जितेका थिए । माघ २० गते पोखरा आहा रारा गोल्ड कप र माघ २७ गते धरानमा २० औं बुढासुब्बा रेडबुल गोल्ड कपको फाइनल खेलेका थिए ।

जसमा पोखरामा पुलिसले उपाधि जितेको थियो भने थ्री स्टारले धरानमा आहा गोल्डकप जितेको थियो । त्यसयता यी दुई टोलीबीच पहिलो फाइनल हुँदैछ । रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले ७ लाख ७७ हजार ७ सस ७७ रुपैयाँ तथा दोस्रो हुने टोलीले ४ लाख ४४ हजार ४ सय ४४ रुपैयाँ प्राप्त गर्नेछन् ।

आहा गोल्डकप जित्नुअघि थ्री स्टार मदन भण्डारी स्मृति इटहरी गोल्ड कप जितेको थियो भने पुलिसले माघको सुरुमा दाङमा राखेप च्याम्पियनसिपमा स्वर्ण पदक जितेको थियो । तिलोत्तमामा लक्ष्मी हुण्डाई मनाङ मस्याङदी क्लबलाई २–१ ले हराउँदै थ्री स्टारले फाइनल यात्रा तय गरेको थियो । पुलिसले बुधवार आयोजक लाली रुपन्देही ११ लाइ सडेन डेथमा पराजित गरेको थियो । तिलोत्तमामा भने पुलिसको इतिहास बलियो छ । पुलिसले ४ पटक उपाधि जित्दा थ्री स्टारले भने अहिले सम्म जित्न सकेको छैन ।

September 30, 2024

एन्फा भन्छ- ‘६ युवा खेलाडीको स-सम्मान अन्त्येष्टि गरिनेछ’

काठमाडौं (हाम्रो खेलकुद)- वर्षाका कारण आएको पहिरो परि मृत्यु भएका एन्फा एकेडेमी सिस्नेरीका ६ युवा खेलाडीको अन्तिम संस्कारका लागि प्रक्रिया अघि बढाइएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। असोज ११ र १२ गतेको वर्षाका कारण मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका वडा नं ३ स्थित श्री वात्सल्य देवी उच्च माविको प्रशिक्षण केन्द्रबाट सुरक्षित स्थानतर्फ जाँदै […]

September 30, 2024

युनाइटेडमाथि टोटनहमको जित

एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिएल) म्यानचेस्टर युनाइटेड टोटनहम ह्ट्सपरसँग पराजित भएको छ । आइतवार राति भएको खेलमा युनाइटेड टोटनहमसँग ३-० ले पराजित भएको हो । इपिएलमा युनाइटेडको यो तेस्रो हार हो। युनाइटेडको मैदानमा टोटनहमलाई जित दिलाउन ब्रेनन जोनसन, डेजन कुलुसेभस्की र डोमिनिक सोन्लकेले गोल गरे । खेलको तेस्रो मिनेटमा नै जोनसनले गोल गर्दै टोटनहमलाई अग्रता […]

September 29, 2024

नेपालले ओमानलाई दियो चुनौतीपूर्ण लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपालले ओमानलाई जितका लागि १ सय ७७ रनको चुनौतीपुर्ण लक्ष्य दिएको छ । क्यानडाको किंग सिटी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रनको योगफल तयार गर्यो । नेपालका लागि गुलशन झाले १७ बलमा ३ […]

Success

Thank you for your time.