default_image

7 years ago

March 16, 2018

तिलोत्तमा गोल्डकप फाइनल – थ्री स्टार र पुलिसमा कसले मार्ला बाजी ?

51 views

0 Bookmark

दिपक न्यौपाने

बुटवल – रुस्लान थ्री स्टार र नेपाल पुलिस क्लबमध्ये जुन टोलीले २० औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जिते पनि त्यो टोलीको वर्षको तेस्रो उपाधि हुनेछ । ए डिभिजनका स्थापित यी दुई टोलीबीच यो वर्ष फाइनल हुन लागेको पनि तेस्रो प्रतियोगिता हो ।

Final Police vs Three Star

माघमा एक साताबीच भएका दुई नकआउट प्रतियोगिताको फाइनल खेल्दा यी दुई टोलीले एउटा एउटा उपाधि जितेका थिए । माघ २० गते पोखरा आहा रारा गोल्ड कप र माघ २७ गते धरानमा २० औं बुढासुब्बा रेडबुल गोल्ड कपको फाइनल खेलेका थिए । जसमा पोखरामा पुलिसले उपाधि जितेको थियो भने थ्री स्टारले धरानमा आहा गोल्डकप जितेको थियो ।

त्यसयता यी दुई टोलीबीच पहिलो फाइनल हुँदैछ । रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले ७ लाख ७७ हजार ७ सय ७७ तथा दोस्रो हुने टोलीले ४ लाख ४४ हजार ४ सय ४४ रुपैयाँ प्राप्त गर्नेछन् । आहा गोल्डकप जित्नुअघि थ्री स्टार मदन भण्डारी स्मृति इटहरी गोल्ड कप जितेको थियो भने पुलिसले माघको सुरुमा दाङमा राखेप च्याम्पियनसिपमा स्वर्ण पदक जितेको थियो ।

तिलोत्तमामा लक्ष्मी हुण्डाई मनाङ मस्याङदी क्लबलाई २–१ ले हराउँदै थ्री स्टारले फाइनल यात्रा तय गरेको थियो । पुलिसले बुधवार आयोजक लाली रुपन्देही ११ लाइ सडेन डेथमा पराजित गरेको थियो । तिलोत्तमामा भने पुलिसको इतिहास बलियो छ । पुलिसले ४ पटक उपाधि जित्दा थ्री स्टारले भने अहिले सम्म जित्न सकेको छैन ।

फाइनलको अघिल्लो दिन शुक्रबार भएको पत्रकार सम्मेलनमा दुवै टोलीका प्रशिक्षकले उपाधि जित्ने विश्वास गरे । थ्री स्टारका प्रशिक्षक मेघराज केसीले पुलिससँग खेल्न कठिन भएपनि आफ्नो टोली बुटवलमा पहिलो पटक च्याम्पियन हुने आशा व्यक्त गरे । उनले खेलको परिस्थिति अनुसार रक्षात्मक वा आक्रमक हुने बताए ।

पुलिसका प्रशिक्षक अनन्तले दुवै टोलीको उपाधि जित्ने मौका बराबर भएपनि आफनो टोली तुलानात्मक रुपमा युवा टोली भएको बढी सम्भावना रहेको बताए । थ्री स्टारको कप्तानी अनुभव निराजन खड्काले गर्ने छन् भने एक वर्षपछि मैदान फर्केका अर्का अनुभवी खेलाडी रविन श्रेष्ठले पुलिसको कप्तानी गर्नेछन् ।

तिलोत्तमा गोल्ड कप

बुटवल नगरपालिकाले विस २०३१ सालमा स्थापना गरेको प्रतियोगिता २०३३ साल बाट सुरु भएको थियो । नेपालका ए डिभिजन क्लबसहित १० टोलीको सहभागिता रहेको प्रतियोगिताको पछिल्लो संस्करण सिएमजी क्लब संकटाले जितेको थियो । यसपटकको प्रतियोगिता सञ्चालनमा झन्डै ८७ लाख खर्च हुने रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष कुमार केसीले बताए । संघले फाइनलका लागि ३ सय र १ सय ५० रुपैयाँ टिकट दर तोकेको छ ।

February 8, 2025

प्लानिङ ब्वाइज फाइनलमा

हिमाल खरेल, बिर्तामो सहिद स्मारक ‘बी’ डिभिजन क्लब प्लानिङ ब्वाइज काठमाडौं झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा आयोजक नव ज्योति युथ क्लबलाई १–० ले हराउँदै प्लानिङ ब्वाइज उपाधिनजिक पुगेको हो । प्लानिङ ब्वाइजका प्रताप राईले खेलको ५८ औँ मिनेटमा गरेको […]

February 8, 2025

पुलिस आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा

पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सर्वाधिक सफल टोली‌ मध्येको एक नेपाल पुलिस क्लब यसपटक पनि सेमिफाइनलमा प्रवेश गरेको छ। आहा राराको जारी २४ औं संस्करणको पहिलो क्वाटरफाइनलमा शनिवार ब्रिगेड ब्वाइज एफसीलाई २-० ले हराउँदै पुलिस अन्तिम चारमा पुगेको हो।पुलिसलाई जित दिलाउन विवेक पाण्डे र कप्तान राम वाजीले गोल गरे। विवेकले २८ औं […]

February 8, 2025

व्हिल चियर दौडमा सन्तोष र सृजना विजयी

पोखरा (हाम्रो खेलकुद)- १९ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत व्हिल चियर तथा दृष्टिविहीन दौड प्रतियोगिता सम्पन्न भएको छ। पोखरा रंगशालामा आज भएको पुरुष व्हिल चियर २ किलोमिटर दौडमा सन्तोष कार्कीले पहिलो भए। उनले ९ मिनेट ५१. २० सेकेन्डको टाईमिङमा दौड पूरा गरे। दीपक आले मगर १० मिनेट ०१. ३६ सेकेन्डमा निर्धारित दूरी तय गर्दै […]

Success

Thank you for your time.